उत्तराखण्ड- भारतको उत्तराखण्डमा भारतीय जनता पार्टी (भाजपा)ले बहुमत ल्याउने निश्चित भएको छ। ७० सिटमा भाजपाले ३३ जितेको छ। यस्तै, भाजपा १५ सिटमा अगाडि रहेको छ।
प्रतिद्वन्दी कांग्रेसले भने १२ सिटमा जितेको छ। यस्तै, ६ सिटमा कांग्रेस अगाडि छ। पार्टीले जिते पनि मुख्यमन्त्री पुष्कर सिंह धामीले भने पराजित भएका छन्।
खटीमा विधानसभा सीटमा धामीले हार बेहोर्नु परेको हो। उनलाई भारतीय कांग्रेसका नेता भुवन कापडीले हराएका हुन्।
युवा नेता कापडी उत्तराखण्ड कांग्रेसका कार्यकारी अध्यक्ष हुन्। युवाबीच लोकप्रिय उनी सन् २०१७ मा धामीसँग २ हजार सय ९ भोटले पराजित भएका थिए। यसपल्ट ६ हजार भन्दा बढी मतअन्तरले विजयी भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।