काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८०१ जनाको पीसीआर परीक्षण गर्दा ७७ जना र २ हजार ५२७ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा कोरोना पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा शून्य मृत्यु रहेको छ। यही अवधिमा ४२९ जना संक्रमणमुक्त भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ३४० रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।