• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

भारतमा धर्मान्तरणको ‘लडाइँ’ : इसाईहरूको तीव्र प्रचार र हिन्दूहरूको हिंस्रक प्रतिवाद

जुबैर अहमद आइतबार, फागुन २९, २०७८  ०७:०४
1140x725
गंगा जलले गोडा धोएर हिन्दू धर्ममा फिर्ता गराउँदै बीजेपी नेता प्रबल प्रताप सिंह।

भारतको छत्तीसगढको आदिवासी गाउँ ब्रिम्डेगामा गएको फेब्रुअरीमा भएको एक धार्मिक समारोहमा २२ व्यक्ति इसाईबाट हिन्दू धर्ममा फिर्ता गराइए। धार्मिक समारोहका आयोजकले उक्त प्रक्रियालाई ‘घर फिर्ता’ भनेका थिए। हिन्दूबाट इसाई भएकालाई पुनः हिन्दू नै बनाउने प्रक्रियालाई उनीहरूले यस्तो नाम दिएका हुन्।

हिन्दू धर्ममा फर्किएकामध्ये एक युवक परमेश्वर एक्काका अनुसार उनले कैयौँ महिनासम्म आफ्ना गुरुसँग छलफल गरेपछि हिन्दू धर्ममा फिर्ता हुने निर्णय गरेका थिए। ‘हामी सुरुमा हिन्दू नै थियौँ। अनजानमा एक दुई वर्षका लागि इसाई धर्ममा लाग्यौँँ। उनीहरूले प्रार्थना गरेर दुःख, कष्ट हराउँछ भनेका थिए, वर्षभरि प्राथना गर्दा पनि दुःख गएन। अनि फेरि गुरुबाट हाम्रो धर्म परिवर्तन भयो,’ उनले भने।

ब्रिम्डेगा छत्तीसगढको जशपुर जिल्लामा पर्छ र झारखन्ड तथा ओडिशासँग जोडिएको छ। यो एउटा ठूलो आदिवासी क्षेत्र हो। यो पूरै क्षेत्रमा वर्षौँदेखि हिन्दू धर्ममा फिर्ता ल्याउने अभियान चलिरहेको छ, जसमा आर्य समाज, बीजेपी, आरएसएस, विश्व हिन्दू परिषद्, बजरंग दल र संघ परिवारका कतिपय संगठन लागेका छन्।

भारतको जनगणना अनुसार सन् १९९१ पछि छत्तीसगढ, झारखन्ड र ओडिशाका आदिवासी क्षेत्रमा इसाईको संख्या बढेको थियो। यी क्षेत्रमा भइरहेको ‘घर फिर्ता’ अभियानको नेतृत्व बीजेपीका चिरपरिचित नेता प्रबल प्रताप सिंह जुदेवले गरिरहेका छन्, जसका बाबु दिलीप सिंह जुवेदले पनि सन् १९८५–८६ यो अभियानको सुरुआत गरेका थिए। तिनी प्रधानमन्त्री अटलविहारी वाजपेयीका मन्त्रीमन्डलका सदस्य थिए र यो अभियान अघि बढाउन मुख्य भूमिका खेलेका थिए।

बाबुको मृत्युपछि प्रबल प्रताप सिंहले सन् २०१३ मा धर्म परवर्तन गराउने अभियानलाई निरन्तरता दिए। उनी भन्छन्, ‘मैले अहिलेसम्म १५ हजार व्यक्तिलाई घर वापसी गराइसकेको छु।’

१६ फेब्रुअरीमा ब्रिम्डेगा पुग्दा त्यहाँको माहोल उत्साहपूर्ण थियो। आदिवासी सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। माटोले बनेको एउटा ठूलो घरमा कैयौँ धर्मगुरु यज्ञ गरिरहेका थिए र मन्त्र पढिरहेका थिए। साथमा बसेका गाउँका मानिस साना–साना समूहमा बाँडिएका थिए। 
अन्त्यमा ती २२ व्यक्ति आइपुगे, जसको ‘घर फिर्ता’को लागि समारोह आयोजना गरिएको थियो।

प्रबल प्रताप सिंहले गंगाजलबाट ती सबै २२ जनाका गोडा एक–एक गरी धोइदिए। उनका बाबुले पनि त्यसैगरी गोडा धोइदिएर ‘घर फिर्ता’ गराउने गरेका थिए। आफूले यो अभियानलाई निरन्तरता दिए पनि अघि बढाउन सबै हिन्दूको जिम्मेवारी भएको उनले बताए। नेपाललाई नगन्दा अब भारत एक मात्र हिन्दू राष्ट्र भएको उनले बताए। ‘यो अभियान कुनै खास पार्टी या संगठनका अजेन्डा हुनु हुँदैन। नेपाललाई छाडेर अब भारत एक मात्र हिन्दू राष्ट्र बचेको छ। तर, हामी सक्रिय भएनौँ भने हाम्रो प्राचीन संस्कृतिलाई बचाउनका लागि हाम्रो हिन्दू राष्ट्र बच्ने छैन। सबै परिवर्तन हुने छन्,’ उनले भने।

यहाँ जानकारी दिन आवश्यक छ कि, धर्मान्तरणको आरोप लागिरहे पनि भारत स्वतन्त्र भएदेखि यता हिन्दूको जनघनत्व ८० प्रतिशत छ। जबकि २.३० प्रतिशत इशाई छन्। तर, हिन्दू समाजमा एउटा यस्तो वर्ग छ, जो आफैं असुरक्षित महसुस गर्छ। ब्रिम्डेगामा तीन घन्टासम्म चलेको उक्त समारोहमा सामेल हुने कतिपय व्यक्तिले मलाई भने कि, घर फिर्ता कार्यक्रम हिन्दू जागरणको नतीजा हो र यो हिन्दू राष्ट्र बनाउनका लागि महत्त्वपूर्ण छ।

Ncell 2
Ncell 2
nimb
nimb

धर्मान्तरणको गढ
आदिवासीको घना बस्ती भएको ब्रिम्डेगा ‘घर फिर्ता कार्यक्रम’को मात्र नभएर धर्मान्तरणको पनि एउटा गढ मानिन्छ। प्रबल प्रताप सिंह भन्छन्, ‘जशपुरमा एकदम धेरै धर्मान्तरण भइरहेको छ। जशपुर एउटा आदिवासी र पिछडिएको क्षेत्र हो, यहाँ षडयन्त्रकारी शक्ति बढी काम गरिरहेको छ। सीमामा झारखन्ड छ। उता पनि धेरै नै धर्म परिवर्तन गराइन्छ। अत्यधिक धेरै हिन्दूले धर्म परिवर्तन गरेका छन्।’

इसाई प्राथना सभाहरूमा आक्रमण यति बढेको छ कि यस्ता सभा अब खुलास्थान वा चर्चमा कम हुन थालेको छ। यस्ता प्रार्थना अब घरभित्रै हुन थालेका छन्।

इसाई धर्म अपनाउनेहरू र त्यसका लागि प्रचार गर्नेहरूमाथि अत्याचारका समाचार पनि यहीँबाट सबैभन्दा बढी आउँछन्। तर, भारतमा यो एउटा मात्र यस्तो क्षेत्र भने होइन। उत्तर प्रदेशको पूर्वीक्षेत्रमा सक्रिय इसाईहरू भन्छन् कि दक्षिणपन्थी हिन्दू संस्थाहरू उनहरूको प्राथना हिंसाको भरमा रोक्ने कोसिस गर्छन्, तर यसका बावजुद पुलिस इसाईलाई नै पक्राउ गर्छ। इसाई प्राथना सभाहरूमा आक्रमण यति बढेको छ कि यस्ता सभा अब खुलास्थान वा चर्चमा कम हुन थालेको छ। यस्ता प्रार्थना अब घरभित्रै हुन थालेका छन्।

भारतभरिका लागि धर्मान्तरण विरोधी कुनै कानुन छैन। तर, आठ राज्यले आफ्नो छुट्टै कानुन बनाएर धर्मान्तरणमा रोक लगाएका छन्। बीजेपीले भने यस्तै किसिमको राष्ट्रिय कानुन जरुरी रहेको बताइसकेको छ। 

Xtrem

Xtrem

पछिल्लो वर्ष उत्तर प्रदेशले धर्मान्तरण विरोधी कानुन पारित गरेको थियो। मध्य प्रदेशले पनि आफ्नो सन् १९६८ को कानुनमा संशोधन गरेको थियो। कर्नाटकमा विधानसभाले धर्मान्तरण विरोधी विधेयक पारित गरेको छ, तर विधान परिषदबाट पारित हुन बाँकी छ।

धर्मान्तरणको कानुनको ‘मार’मा धेरै इसाई अनाहकमै पर्ने गरेका छन्।

बनारस शहरको एक सडकमा इसाई धर्मावलम्बीको बस्ती छ। हामी त्यहाँको एक घरभित्र जाँदा प्रार्थना चलिरहेको थियो। पादरी अब्राहम र उनकी पत्नी पादरी प्रतिभा त्यहाँ उपस्थित पुरुष, महिला र बालबालिकालाई ठूलो स्वरमा बजाइएको गीतसँगै प्रार्थना गराइरहेका थिए। पादरी अब्राहम र उनकी पत्नीलाई देखेर यस्तो लागिरहेको थिएन कि, उनी हालै मात्र जेलबाट रिहा भएर आएका छन्। 

उनकी पत्नी तथा पादरी प्रतिभाका अनुसार अघिल्लो नोभेम्बरमा उनीहरू घरमा नै प्रार्थना गरिरहेका थिए। केही ‘मसीहा विरोधी व्यक्ति’ आए र उनीहरूले गरेको प्रार्थना रेकर्ड गरे। अनि उनीहरूले पुलिसलाई ‘धर्मान्तरण गराएको’ उजुरी गरे। त्यसपछि पुलिसले थानामा बोलायो र श्रीमान्, श्रीमतीसहित सात जनालाई जेलमा हालिदियो। जमानतमा छुटेपछि अहिले उनीहरू सतर्क भएर घरभित्रै मात्र प्राथना गर्छन्।

मान्छेहरू किन इसाई धर्म अपनाइरहेछन्?
बनारसका राजेश कुमार आफ्ना केही इसाई साथीहरूका साथ प्रार्थना सभामा सहभागी थिए। उनले भने, ‘केही स्थानीय हिन्दू केटाहरू पुलिसको साथमा आए र भने कि हामी जबर्जस्ती धर्मान्तरण गराइरहेका छौँ।’ प्रहरीले हामीलाई थानामा लिएर गए र गिरफ्तार गरे। ‘१५–१६ जना केटाहरूले उजुरी दिएका थिए। हामीलाई बारम्बार सताइन्छ, तर हामी प्रभुको प्रचार गर्न छाड्दैनौँ,’ उनले भने।

राजेश कुनै बेला हिन्दू थिए, तर इसाई धर्ममा सामेल भएको वर्षौं भइसकेको छ। उनका अनुसार १६ वर्षअघि उनकी बहिनी ब्लड क्यान्सरबाट पीडित थिइन्। जब उनले बाइबल पढ्न थाले, बहिनी ठीक भइन्। यही चमत्कारले आफू इसाई भएको उनी बताउँछन्। ‘म कैयौँ इसाईहरूसँग मिलेको छु, जो यही वर्ष पनि चमत्कारका कारण जीवन पाए र आफ्नो धर्म परिवर्तन गरे,’ उनी भन्छन्।

शिवसेनाका एक स्थानीय युवा नेता प्रमोद सोनकरका अनुसार पहिले उनी इसाईहरूको प्राथना सभालाई बिथोल्न हिँड्थे। त्यति बेला उनी इसाईहरूलाई कुटपिट पनि गर्थे। तर, सन् २०१४ मा आफैं इसाई भए। उनलाई विश्वास छ कि उनी एक अस्पतालको आईसीयूमा दुई घन्टासम्म मरेका थिए। त्यति बेला इसाई धर्मले उनलाई जीवन दान दियो। उनी भन्छन्, ‘मेरा दुवै मिर्गौलामा पत्थर थियो। मेरी बहिनीले इसाई प्राथना सभामा जान र चंगाई नमिले फेरि हिन्दू हुन भनिन्। मेरो अपरेशन भएपछि मलाई आईसीयूमा मृत घोषणा गरेका थिए। तर, मेरा शिव सेनाका र इसाई साथीले दुई घन्टासम्म प्राथना गरेपछि म बाचेँ।’

उनी अहिले आफैं पादरी भएका छन्। इसाई धर्म फैलाउन जोडतोडले लागेका छन्।

विश्वभरि नै दैवी शक्तिका कारण रोगको उपचार भएको दाबी गरिने गरिएको छ। तर, अहिलेसम्म वैज्ञानिक आधार फेला परेको छैन। निर्भ सिंहका अनुसार इसाई धर्मका प्रचारकहरू सोझासाधा हिन्दूलाई यस्तै अन्धविश्वासका प्रयोग गरेर इसाई बनाउने गर्छन्। इसाई मिसनरी भने यस्ता आरोप गलत भएको बताउँछ।

मन्दिरको शहरमा धर्मान्तरण र हिंस्रक विरोध
बनारस मन्दिरहरूको शहर मात्र नभई हिन्दूहरूको एक प्राचीन तीर्थस्थल पनि हो। यहाँ र उत्तर प्रदेशका अन्य शहरमा पनि इसाई धर्म प्रचारक निकै धेरै सक्रिय छन्। पछिल्लो दुई वर्षमा मैले यी क्षेत्रका कतिपय गाउँको भ्रमण गर्दा इसाई धर्मको प्रभाव बढिरहेको देखेको छु।

आफ्नो विवाहपछि पास्टर प्रतिभा राँचीबाट मऊ बसाइँ सरेकी थिइन्। त्यहाँ सर्नुको एक मात्र उद्देश्य धर्म प्रचार गर्नु थियो। उनी भन्छिन्, ‘ईशा मसिहका नाम कोही पनि जान्दैन थिए। तर, आज मऊमा प्रभुको अनुकम्पा यति धेरै भयो कि, एकदम धेरै मानिस क्रिश्चियन धर्ममा लागेका छन्।’

धर्मान्तरण रोक्नका लागि दक्षिणपन्थी हिन्दू  संस्थाहरू जोड–तोडले यस्तो कामको विरोध गरिरहेका छन्। विरोधको शैली प्रायः हिंस्रक हुने गरेका छन्। बनारसको ‘हिन्दू युवा शक्ति’ यस्तै एक संस्था हो, जसको उद्देश्य धर्मान्तरण रोक्ने र देशलाई हिन्दू एकतामा लैजाने रहेको छ।

धर्मान्तरण रोक्नका लागि दक्षिणपन्थी हिन्दू  संस्थाहरू जोड–तोडले यस्तो कामको विरोध गरिरहेका छन्। विरोधको शैली प्रायः हिंस्रक हुने गरेका छन्। बनारसको ‘हिन्दू युवा शक्ति’ यस्तै एक संस्था हो, जसको उद्देश्य धर्मान्तरण रोक्ने र देशलाई हिन्दू एकतामा लैजाने रहेको छ। लाखभन्दा बढी सदस्य भएको यो संस्थाका अध्यक्ष निर्भय सिंहका अनुसार उनी धर्मान्तरण रोक्ने अभियानमा ५०औँ पटक जेल गइसकेका छन्।

कोही हिन्दू आफ्नो इच्छाअनुसार इसाई हुन्छ भने आफूलाई दुःख लागे पनि आपत्ति नभएको उनी बताउँछन्। तर, इसाई प्रचारक रोजगारी र पैसाको प्रलोभन देखाएर सिधासाधा हिन्दूलाई धर्म परिवर्तन गराईरहेको उनको दाबी छ। कतिपयलाई रोग निको हुने ‘झूटो चमत्कार’ अपनाएर पनि इसाई बनाइएको उनी बताउँछन्। यसलाई रोक्न आफूहरूले बल प्रयोग समेत गर्ने गरेको उनी स्वीकार गर्छन्। ‘पहिला हामी हात जोडेर सम्झाउछौँ, जरुरी पर्‍यो भने हात खोलेर पनि सम्झाउछौँ,’ उनी भन्छन्, ‘हाम्रो लागि हाम्रो धर्मभन्दा ठूलो केही पनि हुन सक्दैन।’

उनको समूहले केही दिन पहिला पनि एक चर्चमा हमला गरेको थियो। उक्त चर्चमा जानेहरूलाई पैसाको लोभ देखाइएको कारण त्यसलाई तोड्ने कोसिस गरेको निर्भय बताउँछन्। त्यहाँको प्रार्थना सभा भंग गरेकोमा आफूहरूलाई कुनै पछुतो नभएको उनले बताए। 

तर, हिन्दू संगठनहरूले दाबी गरेजस्तो पैसाको लोभमा चर्चले इसाई धर्ममा लगाएको कुनै प्रमाण भने छैन। बरु इसाई मिसनरीहरू हिन्दू संगठनले स्वच्छेले हुने धर्म परिवर्तनलाई पनि रोकेको आरोप लगाउँछन्। 

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथद्वारा स्थापित हिन्दू युवा वाहिनी पनि धर्मान्तरणको विरोधमा राज्यभर काम गरिरहेको छ।

धर्मान्तरण कानुनलाई चुनौती
बल प्रयोग गरेर वा प्रलोभन देखाएर धर्म परिवर्तन गर्न रोक लगाउन उत्तर प्रदेश र मध्यप्रदेश जस्ता राज्यमा बीजेपी सरकारले धर्मान्तरण विरोधी कानुन लागू गरेको छ। कर्नाटकमा यसका लागि एक अधिनियम लगाइएको छ। यी कानुनअनुसार दोषीलाई वर्षौं कैदको सजाय हुनसक्छ। तर, यसको आडमा इसाईहरूलाई प्रताडित गर्ने गरिएको आरोप पनि लाग्ने गरेको छ।

उत्तर प्रदेशमा यो कानुन गत वर्षको सेप्टेम्बरमा लगाइएको थियो, जसअन्तर्गत अहिलेसम्म ३५ जनाभन्दा बढी इसाई धर्म प्रचारकलाई गिरफ्तार गरिसकिएको छ। प्रहरीले नयाँ कानुनअनुसार इसाई प्रचारकहरूलाई सामूहिक रूपमै पनि मुद्दा चलाइरहेको छ।

यो नयाँ कानुन इलाहबाद उच्च अदालतमा चुनौती दिइएको छ। मध्यप्रदेशमा पनि पछिल्लो वर्ष यस्तै कानुन पारित गरिएको थियो, जसलाई सर्वोच्च अदालतमा चुनौती दिइएको छ। यी दुवै मुद्दामा इलाहबादका शाश्वत आनन्द वकिल छन्। उनी भन्छन्, ‘एक सभ्य देशमा यस्तो हुन सक्दैन। हाम्रो संविधानको धारा २५ मा धर्म मान्ने र प्रचार गर्ने अधिकार छ, तथा धारा २१ मा व्यक्तिगत स्वतन्त्रताका अधिकार पनि छ। धारा १९ मा बोल्ने स्वतन्त्रता र धारा १४ मा समान अधिकार र समान सुरक्षाका प्रावधान छन्। यी कानुनले माथिका सबै अधिकारमा नोक्सान पुर्‍याएका छन्।’

धर्मान्तरण कानुन बनाउन कांग्रेसकै सरकारका पालमा सुरु भएको थियो। विशेष गरी जनजाति र आदिवासीको घना बस्ती भएको राज्यमा धर्म परिवर्तन विरोधी कानुन पारित गरिएका थिए। सन् १९६७ मा ओडिशामा धर्म परिवर्तनको विरुद्ध पहिलो पटक कानुन बनाइएको थियो। मध्यप्रदेशमा सन् १९६८, अरुणाचलमा १९७८ र २००२ मा तमिलनाडुमा यस्तो कानुन बनाइएको हो।

धर्म परिवर्तनविरुद्ध कानुन बनाउने नयाँ दौड भने प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकाल सुरु भएपछि थालिएको हो। उत्तराखन्ड र हिमाचल प्रदेशमा बनाइएको नयाँ कानुनमा विवाहका लागि धर्म परिवर्तन गरिएको भए पनि अनिवार्य रूपमा सूचित गर्नुपर्ने प्रावधान छ।

-बीबीसी हिन्दीबाट

प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई: ‘Ghost Particle’ न्युट्रिनो खोजको सम्मान
डा. मिनेन्द्र रिजालले दिए उपसभापतिमा उम्मेदवारी
खुल्ला सह महामन्त्रीमा अजयबाबु शिवाकोटीद्वारा उम्मेदवारी दर्ता
सम्बन्धित सामग्री
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई: ‘Ghost Particle’ न्युट्रिनो खोजको सम्मान रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले हेल्जेनलाई ‘आइसक्युब न्यूट्रिनो अब्जर्भेटरी’मा महत्त्वपूर्ण योगदान पुर्‍याएको तथा अन्तरिक्षबाट पृ... मंगलबार, असोज २०, २०८३
नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु दक्षिणी नाइजेरियाको बेनिन सहरबाट लागोसतर्फ गइरहेको दुई इन्जिनयुक्त टर्बोप्रप विमान सोमबार ओन्डो राज्यको इग्बोकाडा क्षेत्रमा दुर्घटना... मंगलबार, असोज २०, २०८३
खार्किभमा रुसी आक्रमण, कम्तीमा चार जनाको मृत्यु खार्किभका मेयर इहोर तेरेखोभका अनुसार निर्देशित हवाई बमबाट भएको आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित ३९ जना... मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई: ‘Ghost Particle’ न्युट्रिनो खोजको सम्मान मंगलबार, असोज २०, २०८३
डा. मिनेन्द्र रिजालले दिए उपसभापतिमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
खुल्ला सह महामन्त्रीमा अजयबाबु शिवाकोटीद्वारा उम्मेदवारी दर्ता मंगलबार, असोज २०, २०८३
कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
गण्डकीका मुख्यमन्त्रीले दिए कांग्रेस उपसभापतिमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्