काठमाडौं- आनुवंशिक परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गरिएका मानिसको मृत्यु भएको छ।
मुटु रोगी डेभिड बेनेटको शरीरमा अमेरिकामा सुँगुरको मुटु दुई महिना अघि प्रत्यारोपण गरिएको थियो।
उनको स्वास्थ्य अवस्था केही दिनदेखि बिग्रिएको बाल्टिमोरस्थित उनका चिकित्सकले बताएका छन्। ५७ वर्षीय बेनेटको मंगलबार निधन भएको बीबीसीले उल्लेख गरेको छ।
आनुवंशिक परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण सफल भएपछि यसले मुटु रोगीहरुलाई फाइदा पुग्ने बताइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।