काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंक घटेको छ।
अघिल्लो कारोबार दिन बुधबार ३०.३६ अंक घटेर २५१४.५८ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा २.५५ अंक घटेर २५१२.०४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०५ अंक घटेको छ।
बिहीबार प्रि ओपन सेसनमा ५ कम्पनीकोे १३ लाख ४० हजार ९५९ रुपैयाँ ५० पैसा बराबरको १ हजार २७० कित्ता सेयर खरिदबिक्री भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।