काठमाडौं– नेपाली बजारमा आज सुन तथा चाँदी दुबैको मूल्य घटेको छ। बुधबार प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको सुनको मूल्य बिहीबार ३ हजार ५ सयले घटेको हो।
बुधबार हालसम्मकै उच्च मूल्यमा पुगेको सुन आज १ लाख २ हजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १ हजार ५ रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।
आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला १४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।