काठमाडौं – भारतका पाँच प्रदेशको मतगणनामा उत्तरप्रदेशमा भारतीय जनता पार्टी र पञ्जावमा आम आद्मी पार्टी बहुमततर्फ अघि बढिरहेको देखिएका छन्।
भारतीय समयअनुसार बिहान ८ बजेदेखि सुरु मत गणनामा उत्तर प्रदेशमा भाजपा ४ सय २ मध्ये एक सय ९७ सिटमा अघि छ। त्यसैगरी प्रतिद्वन्द्वी समाजवादी पार्टीले ७७ सिटमा अग्रता लिइरहेको छ।
यसैगरी पञ्जावमा आपले स्पष्ट बहुमत ल्याउने संकेत गरेको छ। जम्मा १ सय १७ सिटमध्ये आप ८२ सिटमा अघि छ। सत्तारुढ कांग्रेस भने १५ सिटमा मात्रै अगाडि छ।
कांग्रेसका तर्फबाट वर्तमान मुख्य मन्त्री चन्नी सिंह आफ्ना दुवै सिटमा पछाडि छन्। त्यहीँ केन्द्रीय सरकारको नेतृत्व गरिरहेको भाजपा जम्मा पाँच सिटमा अगाडि छ।
उत्तराखण्डमा विजेपी ३८ सिटमा अघि र कांग्रेसले २२ सिटमा अग्रता लिइरहेका छन्। यसैगरी गोवामा विजेपीले २१ सिटमा र कांग्रेसले १५ सिटमा अग्रता कायम गरेका छन्। मणिपुरमा विजेपी २९ र कांग्रेसले ८ सिटमा अग्रता लिइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।