काठमाडौं- रुसले युक्रेनको सुमी सहरमा गरेको हवाई आक्रमणमा २२ जनाको मृत्यु भएको छ। मृतकमध्ये तीन बालबालिका रहेको सुमीका प्रशासक दिमित्रो झिभित्सकीले बताए।
उनका अनुसार रुसले आवासीय क्षेत्रमा राति बम आक्रमण गरेको थियो। उनले एकै रातमा तीनवटा बम प्रहार गरिएको दाबी गरेका छन्।
‘एउटै घरमा ९ जनाको मृत्यु भयो। ६ वटा घर ध्वस्त भएको छ भने २० वटामा आंशिक क्षति पुगेको छ,’ उनले भने।
रुसले उक्त सहरमा बम आक्रमण गर्न रोक्ने र मानिसहरुलाई अन्यत्र जान बाटो दिने बताएको छ। सुमीबाट अहिलेसम्म ५ हजार मानिसलाई अन्यत्र पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।