काठमाडौं– पछिल्लो समय लगातार रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचकमा बुधबार पनि गिरावट आएको छ।
नेप्से परिसूचकसँगै पछिल्लो दुई हप्तादेखि निरन्तर रुपमा कारोबार रकम पनि घटेको छ। बुधबार नेप्से सूचक ३०.२९ अंकले घटेर २ हजार ५१४.६५ विन्दुमा झरेको छ।
यस्तै, सेन्सेटिभ सूचक पनि ५.४६ अंकले घटेर ४८७.०७ विन्दुमा झरेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स २.०९ अंक र फ्लोट इन्डेक्स २.१९ अंकले घटेको छ।
बुधबार कारोबारमा आएका २२९ कम्पनीको ४९ लाख ५९ हजार ९१९ कित्ता सेयर २ अर्ब ३५ करोड २३ लाख १७ हजार १४२ रुपैयाँ बराबरको कारोबार भएको छ।
बुधबार कारोबारमा आएका नेप्सेका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन्। जसमा व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै ३.०३ प्रतिशत घटेको छ।
बुधबार नेप्से परिसूचकमा गिरावट आए पनि माउन्टेन इनर्जी हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै ८.१० प्रतिशतले बढेको छ। त्यस्तै, इमर्जीङ नेपाल, आइसीएफसी फाइनान्स र प्रभु लाइफ इन्स्योरेन्सको सेयरमूल्य बढेको छ।
यता विशाल बजार कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै ५.७८ प्रतिशतले घटेको छ। सामुदायिक लघुवित्त, बुद्धभूमि हाइड्रोपावर र माउन्टेन हाइड्रोको सेयरमूल्य घटेको छ।
कारोबारमा आएको नेपाल दूरसञ्चार कम्पनीको सबैभन्दा धेरै १० करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ। एनआईसी एशिया बैंकको १० करोड ४८ लाख र हिमालयन डिस्टिलरीको ७ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।