काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६९३६ पीसीआर परीक्षण गर्दा ६८ जना र ३१५६ जनाको एन्टिजेन परीक्षण गर्दा १५८ जनामा कोरोना पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा शून्य मृत्यु रहेको छ। यही अवधिमा २५१ जना संक्रमणमुक्त भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।