काठमाडौं– आठौं संस्करणको प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिता अर्को महिना आयोजना हुने भएको छ।
आयोजक बाँके जिल्ला भलिबल संघले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै यसपटकको प्रधानमन्त्री कप चैत १० देखि १४ गतेसम्म नेपालगञ्ज रंगशालास्थित कभर्ड हलमा हुने जनाएको हो।
पछिल्लो दुई वर्ष फागुनमा प्रतियोगिता आयोजना हुने गरेको थियो। तर, कोरोना महामारीको तेस्रो लहरका कारण यसपटक विगतमा भन्दा केही ढिला प्रतियोगिता आयोजना हुन लागेको बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरीले जनाकारी दिए।
यसपटकको प्रतियोगितामा देशका चर्चित क्लबहरुसँगै भारतका क्लबलाई पनि सहभागी गराउने प्रयास भइरहेको उनले बताए।
प्रतियोगिताको उपाधि एपीएफले सर्वाधिक तीन पटक जितेको छ। एपीएफले दोस्रो, पाँचौमा र छैठौंमा उपाधि जितेको थियो।
त्यस्तै, नेपाल पुलिस क्लब र भारतको रेलवे इण्डियाले समान दुई पटक उपाधि जितेका छन्।
पहिलो संस्करण पुलिस, तेस्रो र चौंथोमा रेलवे इण्डिया र छैठौंमा पुलिस च्याम्पियन बनेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।