काठमाडौं- रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनको राजधानी किएभलाई दुई दिनमा कब्जा गर्ने योजना बनाएको अमेरिकी गुप्तचर निकाय सीआईएका प्रमुख विलियम बर्न्सले बताएका छन्।
संसदीय सुनुवाइको क्रममा बोल्दै बर्न्सले अमेरिकी सांसदहरूलाई पुटिन आक्रोशित र हतास रहेको बताएका हुन्। 'मलाई लाग्छ अहिले पुटिन आक्रोशित र हताश छन्।
गैरसैनिक हताहत हुने कुरालाई बेवास्ता गर्दै उनले अझ बल गरेर युक्रेनी सेनालाई दमन गर्ने प्रयास गर्न सक्ने सम्भावना छ' उनले भने।
उनले पुटिन महत्वकांक्षामा डुबेको र फेब्रुअरी २४ मा युक्रेनमाथि पुटिनको निजी दृढ विश्वासका कारण भएको उनले टिप्पणी गरेको बीबीसीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।