काठमाडौं– मलेसियाले झण्डै दुई वर्षपछि विदेशी पर्यटकका लागि पनि प्रवेश खुला गर्न लागेको छ। आगामी अप्रिल १ देखि लागु हुनेगरी विदेशी पर्यटकलाई प्रवेश दिइने निर्णय भएको सरकारी अधिकारीले जानकारी दिएका छन्।
कोरोनाभाइरसको महामारीका कारण मलेसियाले सन् २०२० को मार्चदेखि पर्यटकलाई स्वदेश भित्रिन प्रतिवन्ध लगाएको थियो।
कोरोनाभाइरसको महामारी कम भएको र प्रतिबन्धात्मक व्यवस्था हटाइएकोले विदेशी पर्यटकलाई पनि स्वदेश प्रवेशमा खुला गर्न लागिएको सरकारी अधिकारीलाई उद्धृत गर्दै समाचारहरुमा जनाइएको छ।
विश्वका धेरै देशमा पनि महामारी कम भएको र ती देशहरुले समेत विदेशी पर्यटकलाई खुला गरेकाले प्रतिवन्ध लगाइरहनु आवश्यक नरहेको अधिकारीले निश्कर्ष निकालेका हुन्।
दक्षिण एसियाली मुलुक मलेसियामा पर्यटकहरुको ठूलो भीड लाग्ने गर्दछ। मलेसियाले पर्यटन व्यवसायबाट ठूलो आम्दानी गर्ने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।