काठमाडौं– नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले पुनः एक रुपैयाँको सिक्का ल्याउने भएको छ।
साविककै आकार तथा सुनौलो रङमा टकमरी गरिएको २०७७ साल लेखिएको एक रुपैयाँको सिक्का बुधबारदेखि प्रचलनमा ल्याइने राष्ट्र बैंकले जनाएको छ।
सिक्काको अग्र भागमा बृत्ताकार चौसठ्ठी थोप्ला छन्। त्यहाँ हिमाल, पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेशसहित लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ नक्सा राखिएको छ।
सिक्कामा फरक क्षमता भएका (दृष्टिविहीन) हरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्नका लागि एउटा मोटो थोप्लो पनि रहेको बैंकले जनाएको छ।
सिक्कामा चन्द्र, सूर्यका साथै सगरमाथाको आकृति र अंग्रेजीमा सगरमाथा नेपाल लेखिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।