काठमाडौं– चालु आर्थिक वर्षको माघ समान्तसम्ममा फलामे छड उत्पादन गर्ने स्पन्ज आइरनको आयात ८९ प्रतिशतले बढेको छ।
भन्सार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा सरकारले भन्सार शुल्कमा छुट दिएसँगै स्पोन्स आइरन ८९ प्रतिशतले बढेको बताए। महानिर्देशक भट्टराईले प्रतिनिधि सभा अन्र्तगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै यस्तो जानकारी दिए।
उनले स्पन्ज आइरनमा सरकारले भन्सारमा लाग्ने अन्तःशुल्कमा सतप्रतिशत छुट दिएसँगै आयातको परिणाम र रकम दुवै बढ्दा राजश्व संकलनमा कमि आएको बताए। पछिल्लो माघ मसान्तसम्ममा स्पन्ज आइरनको गत आर्थिक वर्षको माघमसान्तसम्म १ लाख १२ हजार मेट्रिक टन आयात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा २ लाख १३ हजार मेट्रिक टन आयात भएको भट्टराईले बताए।
उनले सीआईएफको मूल्यको आधारमा चालु आर्थिक वर्षको माघ मसान्तसम्म ११ अर्ब ४८ करोड रुपैयाँको मात्रै आयात भएको बताए। उनले चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा फलामे छड उत्पादन गर्ने कच्चा पदार्थ विलेट्सको ४ लाख १६ हजार मेट्रिक टन आयात भएको बताए।
गत आर्थिक वर्षमा ६ लाख ८० हजार मेट्रिक टन विलेट्स आयात भएकाले यो वर्ष आयातमा कमि आएको बताए। भट्टराईले विलेट्स आयात गत आर्थिक वर्षको तुलनामा यो वर्ष ३८ पतिशतले घटेको बताए।
त्यस्तै, समितिको छलफलमा अर्थ मन्त्रालयका राजश्व सचिव कृष्णहरि पुष्करले फलामे छड उत्पादन गर्ने कच्चा पदार्थ विलेट्स आइरन र स्पोन्ज आइरन भन्सार शुल्क छुट आर्थिक ऐन संसदबाट पास भएकाले सचिवले जवाफ दिनु राम्रो नहुने बताए।
उनले संसदमा सांसदहरुले नै पास गरेर ऐन कार्यान्वयनमा आएको बताए। अर्थ मन्त्रालयले आर्थिक ऐन बनाउँदा सबै सरोकारवाला निकायहरुसँग प्राप्त छलपल गरेर ल्याएको दाबी सचिव पुष्करले गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।