काठमाडौं- युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन आह्वान गरेका छन्।
उनले रुसले युक्रेनविरुद्धको योजना नत्यागेकोले रुसमाथि थप प्रतिबन्ध लगाउन आह्वान गरेका हुन्। जेलेन्स्कीले रुसी निर्यातहरू बहिष्कार गर्न, विशेषगरी रुसको तेल र तेलयुक्त उत्पादनहरूमा रोक लगाउन आह्वान गरेका हुन्।
मस्कोले युक्रेनका सहरहरूमा लडाइँ तीव्र पार्ने तयारी गरिरहँदा सिरियाका भाडाका दक्ष लडाकु भर्ती गर्न थालेको छ।
अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै द वाल स्ट्रीट जर्नलका अनुसार युक्रेनविरुद्ध लड्न त्यस्ता भाडाका कति लडाकु भर्ती हुन तयार भएका छन् भन्नेबारे बताउन अमेरिकी अधिकारीहरूले अस्वीकार गरेका छन्।
तर, उनीहरूका अनुसार कतिपय भाडाका लडाकु रुस पुगिसकेका छन् र युक्रेनमा खटिने तयारीमा छन्। युक्रेनका लागि लड्न इजरेलका अवकाशप्राप्त अनुभवी सैनिकहरू उपस्थित भइरहेका बताइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।