काठमाडौं- रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभले युक्रेनी विदेशमन्त्री दिमिट्रो कुलेबासँग भेट्ने भएका छन्।
रुसले युक्रेनमाथि आक्रमण जारी राखेको अवस्थामा यो भेटवार्ता हुन लागेको हो। रुसी समाचारमाध्यमका अनुसार भेट बिहीवार टर्कीको अनटाल्यामा हुने छ।
युक्रेनले त्यहाँको सहरहरूका आवासीय क्षेत्रमा रकेट आक्रमण जारी रहेको र राजधानी किएभले पूर्ण स्तरको आक्रमणको सामना गर्नु पर्ने हुनसक्ने बताएको छ।
त्यस्तै, युक्रेनी र रुसी पक्षबीच केही घण्टामा तेस्रो चरणको वार्ता हुने बताइएको छ। युक्रेनी अधिकारीहरूका अनुसार किएभको समयानुसार दिउँसोको ४ बजे वार्ता सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।