काठमाडौं- युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युक्रेनमा रुसी सैन्य आक्रमणको पहिलो दिन बिहीबार १३७ जना मारिएको बताएका छन्। जसमा सैनिक र सर्वसाधारण पनि छन्।
जेलिस्कीले सर्वसाधारणलाई संगठित गर्ने आदेशमा हस्ताक्षर गरेका छन्।यो आदेश अनुसार सबै भर्ती र आरक्षित सैनिकलाई अनिवार्य फिर्ता बोलाइएको छ।
यो आदेश ९० दिनसम्म लागू हुनेछ। यता, युक्रेनका विभिन्न सहरबाट मानिसहरूलाई बाहिर जान सजिलो बनाइदिन सोमबार रुसले बाटो खोलिदिन लागेको रुसी सरकारद्वारा सञ्चालित सञ्चारमाध्यमहरूले प्रकाशित गरेका छन्।
उक्त युद्धविराम स्थानीय समयानुसार बिहान १० बजे सुरु हुने रुसको रक्षा मन्त्रालयले जनाएको छ।
रुसले ठूलो आक्रमण गरिरहेका किएभ, खार्किभ, मारिऊपोल र सुमी सहरबाट मानिसहरूलाई बाहिर जान दिइने बताइएको छ। यद्पि, युक्रेनी अधिकारीहरूले यसको पुष्टि गर्न बाँकी छ।
सप्ताहान्तमा देशको दक्षिणपूर्वी सहर मारिऊपोलबाट मानिसहरूलाई बाहिर जान दिन बाटो खोल्ने दुईवटा प्रयास असफल भएका थिए।
युक्रेनी अधिकारीहरूका अनुसार रुसले युद्धविराम गर्ने सहमति गरेको समयमा पनि उक्त सहरमा गोलाबारी कायम राखेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।