काठमाडौं– अन्तर्राष्ट्रिय नारी दिवसका दिन (फागुन २४ गते मंगलबार) बैंक तथा सेयर बजार बन्द हुने भएका छन्।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सार्वजनिक विदाका कारण मंगलबार बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले बताए।
यसैगरी, यस दिन सेयर बजार पनि बन्द रहने नेप्सेले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।