काठमाडौं– नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले 'टी प्लस टु'मा सेटलमेन्टमा लगानीकर्ताको पैसा नदिने ब्रोकरलाई तत्काल कारबाही गर्ने बताएका छन्।
लगानीकर्तालाई पैसा समयमा नदिने र अन्य क्षेत्रमा ब्याजमा लगानी गर्ने ब्रोकरलाई कारबाहीको दायरामा ल्याउने अध्यक्ष हमालले बताएका छन्। यसको लागि लगानीकर्ताले नियमक निकायमा उजुरी गर्नु पर्ने उनले बताएका छन्।
यसैगरी, हमालले आफ्नो कार्यकाल दुईवर्ष भित्र नेपाल धितोपत्र बोर्डको आफ्नै भवन बन्ने निश्चित हुने दाबी गरेका छन्। बोर्डमा 'अहिले सामान्य कार्यक्रम गर्नको लागि पनि हल छैन्, उनी भन्छन्, ‘नेपाल धितोपत्र बोर्ड सञ्चालनमा आएको २७ वर्ष भइसक्यो । तर, बोर्डको एउटा आफ्नो भवन छैन्। यसकारण उपयुक्त ठाउँको छनोट गरेर बोर्डको आफ्नै भवन बनाउने काम मेरो कार्यकालमा अगाडी बढाउने छु।’
उनले आफ्नो कार्यकालमा भवन नबने पनि शिलान्यास गर्ने दाबी गरे। हमालले अहिलेको अवस्था भनेको साना लगानीकर्ताको हितमा काम गर्नुपर्ने आवश्यकमता रहेको बताएका छन्। आज काठमाडौंमा आयोजित कार्यक्रम बोल्दै उनले बोर्डको कामलाई ६ भागमा बाँडिएको बताएछन्। हमालले बजार बढेको समयमा बोर्डको क्षमता बढाउन आवश्यक रहेको तर्क गरे। हमालले सूचना प्रविधिमा पनि काम गर्ने बताए । उनले आर्थिक पत्रकारसँगको भेटघाटमा यस्तो बताएका हुन् ।
अन्य देशमा सिकेको ज्ञान सीप नेपालमा लागू गर्नुपर्ने उनको भनाइ छ। उनले बोर्डमा ५६ जना कर्मचारी मात्रै रहेको भन्दै अब कर्मचारी र क्षमता बढाउने बताए। हमालले अहिलेको बजारलाई प्रभावकारी बनाउन, यसको विकास गर्न प्रडक्ट ल्याउने जानकारी दिए। उनले साना लगानीकर्ताको हितमा काम गर्ने उल्लेख गरे। यसका लागि चुस्त दुरुस्त नियमन आवश्यक रहेको उनको भनाइ छ । उनले ऐन नियमको रिफर्म पनि गर्ने दाबी गरे।
कार्यक्रममा हमालले वित्तीय साक्षरता कम रहेको भन्दै अहिले १८.५ प्रतिशत रहेको वित्तीय साक्षरता बढाउनका लागि योजना अनुसार नै काम गर्ने बताए। नेप्से, सिडिएससी, ब्रोकर, मर्चेन्ट बैकर्ससँग मिलेर कार्ययोजना बनाएर काम गर्ने बताए। कार्यक्रममा हमालले बन्ड मार्केट, पुर्वाधार बन्ड सूचीकरण गर्ने योजना सुनाए।
‘बुक बिल्डिङ प्रक्रिया अघि बढाउने, भूमिका निष्पक्ष बनाउने छौं,’ उनले भने, ‘हामीले राम्रो देशको अभ्यासलाई हेरर काम गर्ने छौं, हामीले यस्ता कम्पनीलाई स्वागत गर्छौ, उहाँहरुको लागि हामी पनि गर्न तयार छौं। यस्ता कम्पनी आउने हो भने राज्यको कर बढ्ने उनले बताए।
यसमा बोर्डको भूमिका महत्त्वपूर्ण हुने भन्दै उनले उत्पादन मुलक कम्पनीलाई आफू स्वागत गर्न तयार रहेको बताए। यसैगरी, हमालले टीएमएसमा देखिएको समस्या साधान गर्ने, गुनासो व्यवस्थापन गर्न एप बनाउने बताए। यसका लागि कम्बोडिटी बजारलाई आवश्यक नियमावली, निर्देशिका बनाएर सुरु गर्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।