काठमाडौं- युक्रेनका विभिन्न सहरबाट मानिसहरूलाई बाहिर जान दिन रुसले तयारी गरेको समाचारहरु सार्वजनिक भएको छ।
रुसी सरकारद्वारा सञ्चालित सञ्चारमाध्यमहरूका अनुसार युक्रेनमा मानिसहरुलाई जान दिन लागिएको बताएका छन्। उक्त युद्धविराम स्थानीय समयानुसार बिहान १० बजे सुरु हुने रुसको रक्षा मन्त्रालयले जनाएको छ।
रुसले ठूलो आक्रमण गरिरहेका किएभ, खार्किभ, मारिऊपोल र सुमी सहरबाट मानिसहरूलाई बाहिर जान दिइने बताइएको छ। तर युक्रेनी अधिकारीहरूले यसको पुष्टि गर्न बाँकी रहेको बीबीसीले जनाएको छ।
यसअघि देशको दक्षिणपूर्वी सहर मारिऊपोलबाट मानिसहरूलाई बाहिर जान दिन बाटो खोल्ने दुईवटा प्रयास असफल भएका थिए।
युक्रेनी अधिकारीहरूका अनुसार रुसले युद्धविराम गर्ने सहमति गरेको समयमा पनि उक्त सहरमा गोलाबारी कायम राखेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।