• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

किन चाहिन्छ फिल्म समीक्षा?

64x64
युवराज भट्टराई शुक्रबार, फागुन २०, २०७८  ०७:०१
1140x725

काठमाडौं– फिल्म हेर्न रुचाउने र यसबारे जानकारी राख्न चाहनेका लागि ‘सिनेमा के हो?’ भन्ने प्रश्नभन्दा महत्वपूर्ण हुन्छ, ‘सिनेमा के होइन?’ सुरुवाती प्रश्नको जवाफ वृहत हुन्छ। अन्तिम प्रश्नको जवाफ सहज छ– ‘सिनेमा केवल समय कटाउने मनोरञ्जनको साधन होइन। सिनेमा केवल व्यापार गर्ने माध्यम होइन। सिनेमा कलाको उच्चतम् माध्यम हो।’

सिनेमा अभिव्यक्तिको लोकतान्त्रिक माध्यम हो। सर्जकले राजनीतिदेखि आर्थिक विषयवस्तु सम्पूर्णलाई एउटै सिनेमामा विभिन्न पटकथाको रूपमा प्रस्तुत गर्न सक्छन्। दुई वा अढाई घण्टाको फिल्मको मूल मर्ममा यी कथाहरूको समान महत्त्व हुन्छ।

तर, यावत् विशेषताबीच नेपाली सिनेमा क्षेत्रमा एउटा समस्या छ। अधिकांश नेपाली चलचित्रकर्मीहरू कसैले कमजोरी औँल्याइदिएको मन पराउँदैनन्। अर्थात्, फिल्मको समीक्षा बुझ्ने सवालमा समस्या छ। उनीहरू फिल्म समीक्षा भनेपछि ‘पानीबाहिरको माछो’ भइदिन्छन्। फिल्मकर्मीहरूले आफ्नो चाहना र पक्षअनुरूप समीक्षा नआए गर्ने तर्क एउटै हुन्छ, ‘दुई तीन वर्ष लगाएर र लाखौं खर्च गरेर बनाएको हाम्रो सिनेमा नराम्रो भन्ने? मानवता छैन? तपाईँको को हो यसलाई नराम्रो भन्ने?’

उनीहरूको यो प्रश्नमा यति मात्र जवाफ हुन्छ, ‘सिर्जना बाहिर आएपछि त्यो सार्वजनिक विषय बन्छ र त्यसका राम्रो तथा नराम्रो पक्ष केलाउन जोकोही स्वतन्त्र हुन्छ।’

फिल्म निर्देशक सचिन घिमिरेको शब्दमा सिनेमा भनेको सार्वजनिक उत्पादनको एक हिस्सा हो। प्रेमपत्रजस्तो आफूसँगै राखिने वस्तु नभएकाले यसको समीक्षा हुनुपर्छ। समीक्षा हुँदा पक्ष वा विपक्षमा धारणाहरू आउँछन्। तर, यी धारणा फगत व्यक्तिगत विचार हुनु हुँदैन।

तर, समीक्षामा नकारात्मक पाटो आउँदा व्यापारमा असर पुग्ने त्रासमा देखिन्छन् धेरै फिल्मकर्मी। स्वाभाविक हो कि, दर्शकले आफूले हेर्न चाहेको फिल्म कस्तो छ भन्ने जान्न चाहन्छन्। यसको माध्यम समीक्षा नै हो। कुनै फिल्म हेर्न मन हुनु वा नहुनुको निर्धारण गर्न समीक्षाले महत्त्वपूर्ण भूमिका खेल्छ। तर, फिल्म हलसम्म दर्शकलाई तान्ने वा विमुख गराउने यो नै निर्णायक माध्यम होइन। 

‘एउटा समीक्षाले महान् कलालाई प्रेरित गर्न सक्छ’, अरस्तुको यो भनाइ यहाँ उधृत गर्न आवश्यक छ।

फिल्म समीक्षा समीक्षकको व्यक्तिगत विचारको उपज मात्रै होइन। प्रायः समीक्षकलाई सिनेकर्मीहरूले आफ्नो सिनेमामाथि व्यक्तिगत रूपमा विचार प्रस्तुत गरेको र घृणात्मक टिप्पणी गरेको आरोप लगाउँछन्। तर, समीक्षाको यथार्थ यस्तो होइन। सिनेमाको इतिहासमा फर्किँदा स्पष्ट रुपमा फिल्म समीक्षाको आवश्यकता देखिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

विश्वव्यापी रूपमा सिनेमा अहिलेको स्थानसम्म आइपुग्न सर्जकको जति हात छ, त्यति नै योगदान समीक्षकको पनि पक्कै छ। १९ औं शताब्दीको सुरुवातमा जब फिल्म क्षेत्र विकासोन्मुख थियो, समीक्षाहरू पनि त्यही स्तरका थिए र यो क्षेत्र विकासका लागि घच्घचाइरहेका थिए। सन् १९०८ मा पहिलो पटक फिल्म समीक्षा गरिएको थियो। सन् १९११ मा फ्रान्सेली फिल्म सिद्धान्तकार रक्किओट्टो कनुडोले फिल्मलाई ‘छैटौं कलाको माध्यम’ भनेका थिए। जति बेला सिनेमा चित्रकला, मूर्तिकलालगायत कलाका माध्यम व्यापक भइसकेका थिएनन्, त्यति बेला कनुडोले सिनेमालाई आममानिसमा लैजान समीक्षाको बाटो रोजेका थिए। 

सन् १९२० सम्म आइपुग्दा समीक्षकहरूले सिनेमालाई मनोरञ्जनभन्दा माथि उठेर समीक्षा गर्न थालेका थिए। यही समयमा फिल्म समीक्षकहरूलाई पनि पत्रपत्रिकाहरूले ‘पत्रकार’कै दर्जा दिएका थिए। समयक्रममा फिल्म समीक्षा विकास हुँदै निबन्धको रूपमा आउन थाल्यो। सिनेमाको शैलीदेखि ध्वनी व्यवस्थापन, रङ संयोजन, सम्पादनलगायतका प्राविधिक पक्षहरूलाई विश्लेषण गर्दै जेम्स एगी, एन्ड्रउ सेरीसजस्ता समीक्षकले समीक्षा लेखे। आधुनिक समयमा रोजर इब्रट र पिटर ट्राभेर्सको नाम अग्रपंतिमै आउँछ। इब्रटलाई फिल्म समीक्षाकै लागि सन् १९७५ मा पत्रकारिताको प्रतिष्ठित ‘पुलित्जर पुरस्कार’ प्रदान गरिएको थियो।

सेकेण्डको सीमितताबाट अघि बढ्दै सिनेमा मिनेट र कैयौं घण्टासम्म आइपुग्दा समीक्षकहरूले पनि यसको विकासमा योगदान दिएको तथ्य खुला नै छ। त्यसै कारण कथावस्तुदेखि संगीत, पाश्र्वध्वनीजस्ता आयामहरूको विकास हुँदै गयो। यीसँगै ‘फ्रेन्च न्यु वेब’ हामीले अहिले हेर्ने सिनेमाको कथावस्तु, प्रस्तुतिको शैली, सुमधुर सम्पादनजस्ता कुराहरूको कारण हो। सिनेमाको यो ‘क्रान्ति’ सुरु गर्ने पनि समीक्षकहरू नै थिए। फ्रेन्सिस ट्रफ्फौट, आन्द्रे बेजिन, जिन लुक गोडार्ड, जेक्वेस रिभिट्टे, एरिक रोह्मेरजस्ता समीक्षकले सिनेमामा फरकपन ल्याएका थिए। 

सिनेमामा नयाँ विषयवस्तुको प्रवेशसँगै समीक्षा पनि अर्को चरणमा प्रवेश गरेको हो। अब समीक्षकहरूले छाँयामा परेका फिल्महरूलाई सतहमा ल्याउन भूमिका खेले। फिल्म निर्देशक अल्फ्रेड हिचकच चर्चामा आउनुको कारक समीक्षक नै हुन्। हिचकचका सिनेमाहरू चर्चित थिएनन्। यद्यपि, उनले ‘सस्पेन्स’ विधालाई अपनाएर निर्माण गरेका सिनेमा फरक थिए। समीक्षक जिन लुक गोडार्डलगायतले हिचकचले अपनाएको शैलीको विश्लेषण गर्न थाले। ‘फ्रेम बाइ फ्रेम’ अध्ययनपछि यिनै समीक्षकले उनका सिनेमालाई दर्शकमाझ चर्चित बनाउन सघाए। 

यो पनि पढ्नुहोस्

फिल्म समीक्षाप्रति किन हुन्छ नेपाली चलचित्रकर्मीको वितृष्णा?

यही प्रसंगको अर्का उदाहरण हुन् अमेरिकी फिल्म समीक्षक रोजर इबर्ट र पौलिन कैल। उनीहरूले सन् १९६० र १९७० को दशकमा स्वतन्त्र अमेरिकी निर्देशकहरूका सिनेमाको विश्लेषणात्मक समीक्षा गरेका थिए। उनीहरूकै समीक्षाले फिल्मका दर्शकलाई नौलो कथा भन्ने निर्देशकहरूसँग परिचित गराए। यस्ता निर्देशकमध्ये एक हुन, अहिलेका प्रसिद्ध निर्देशक मार्टिक स्करसेजी। पछिल्लो समय इबर्टले अमेरिकी फिल्म निर्देशक एभा डुभर्नेको सिर्जनालाई दर्शकमाझ लैजान लेखिएका समीक्षालाई लिएर २७ पटकसम्म ट्विट गरेका थिए।

समीक्षाको महत्त्व फिल्मलाई नयाँ आयाममा पुग्न मद्दत गर्ने मात्र नभई नयाँ कथा भन्ने र नयाँ शैली भित्र्याउने निर्देशक तथा फिल्मकर्मीलाई प्रोत्साहन गर्ने नै हुन्छ। यो सन्दर्भ नेपालमा बढी महत्वपूर्ण छ। नेपालमा सिनेमामा भनिने कथाहरू एउटै विषयका छन्। पछिल्लो दशकमा बनिरहेका सिनेमा पनि केही छाडेर अधिकांश उही भेलमा पसेका छन्। 

यो क्षेत्रमा निश्चित फिल्मकर्मीहरूको वर्चश्व छ। परिवारभित्रकै कलाकार, निर्माण कम्पनी, निर्देशकलगायतले एउटै किसिमको सिर्जना गरिरहेका छन्। हास्यव्यंग्यमा दीपकराज गिरी र दीपाश्री निरौलाको समूह, प्रेममा झरना थापा, सुनिल थापा र सुहाना थापा तथा भुवन केसी र अनमोल केसीको परिवार छन्। त्यसैगरी विकासराज आचार्यलगायतका सीमित निर्देशकहरू छन्, जसले आफ्नै लगानीमा वर्षेनी फिल्म सिर्जना गरिरहेका छन्। उनीहरूको सिर्जनामा नयाँपनको अभाव छ। हरेक सिनेमामा उनीहरू एउटै खालको कथालाई लिएर हिँडेका छन्। 

सीमित कथा र कथा भन्नेहरूको बर्चश्वकाबीच फरक कथा भन्नेहरू छाँयामा छन्। रंग पत्रकारिता गर्नेहरूकै माझमा पनि धेरै सिनेकर्मीहरू अपरिचित बनेका छन्। फरक धारमा बनेका सिनेमालाई स्थापित गर्न नसक्दा नै यो परिस्थिति आएको हो। 

समीक्षकको पनि ‘समीक्षा’ जरुरी छ
फिल्म समीक्षा आवश्यक छ। योसँगै समीक्षा लेख्ने समिक्षकहरूको पनि ‘समीक्षा’ हुन आवश्यक छ। 

फिल्म समीक्षाका दुई पाटा छन्। पहिलो, फिल्म समीक्षकको आँखाबाट हेरिनु। दोस्रो, सामान्य दर्शकको आँखाबाट। 

निश्चित विषयमा लेख्नका लागि विज्ञता हुनु आवश्यक हुन्छ। तर, विज्ञता देखाउने ठाउँ कुन हो भन्ने पनि उत्तिकै महत्पूर्ण पक्ष हो। नेपालमा जे जति फिल्म बनेका छन्, तीमध्ये एकाधमा समीक्षकले सामान्य दर्शकको आँखा र बुझाइबाट नभई आफ्नै नजरबाट हेरेर समीक्षा गर्न सक्छन्। तर, समीक्षकको आफ्नो विचार निर्माणको पक्षमा नेपाली समीक्षक कति क्रियशील छन् त? फिल्ममाथि प्रश्न गर्ने सम्पूर्ण समीक्षकहरूले आफूलाई पनि यो प्रश्न सोध्न आवश्यक छ।

अधिकांश नेपाली सिनेमा व्यापारलाई केन्द्रमा राखेर निर्माण गरिन्छन्। दर्शकलाई कुन कथा हेराउन चाहनेभन्दा पनि दर्शकले हेर्न चाहेका सिनेमा बनाउने फिल्मकर्मीको जमात ठूलो छ। यसरी निर्माण भएका सिनेमाको समीक्षामा विविध आयामहरूको विश्लेषण सजिलो हुन्न। उदाहरणका लागि दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म ‘छक्का पञ्जा’ मा अपिचात्पोङ विरासेथकुलको ‘मेमोरिया’मा भएको सिनेमेटिक पक्षजस्तै समीक्षा गर्न सकिँदैन। यस्ता आयामबाट समीक्षा असंभव भए पनि ‘छक्का पञ्जा’को तथ्यगत समीक्षा हुनसक्छ। कथासार मात्रै नभएर फिल्मको शैली, पात्र चयन, चरित्र निर्माण, दृश्यांकनको भाषा, संवाद, ध्वनीको व्यवस्थापनजस्ता आयामलाई समीक्षाको विषय बनाउन सकिन्छ। 

समीक्षकको ध्यान ती सिनेमाहरूमा पनि जान आवश्यक छ, जसमा दर्शकले ध्यान दिन सकेका छैनन्। दर्शकमाझमा वैकल्पिक र मूलधारमा निर्माण भइरहेका सिनेमाभन्दा फरक सिनेमालाई परिचित गराउने कर्तव्य समीक्षकको पनि हो। प्रकाश आङदम्बे निर्देशिक ‘देश खोज्दै जाँदा’, शिरिष गुरुङ निर्देशित ‘लाटोकोसेरो’, सहारा शर्मा निर्देशित ‘इन्द्रेणी खोज्दै जाँदा’, प्रशान्त रसाईली निर्देशित ‘कथा’जस्ता फिल्मबारे धेरै नेपाली दर्शक अनविज्ञ छन्। यस्ता थुप्रै फिल्म छन्, जसको कथादेखि प्रस्तुतिसम्म चलिआएको शैलीभन्दा फरक छन्। 

समीक्षकले सिनेमाको सारंश भन्ने होइन। प्रशंसा र आलोचनामा तार्किक शक्ति प्रयोग हुन्छ। यो आलोचना सिनेमाको कथाको मात्रै होइन, कथा भन्ने शैलीदेखि प्रकाशको प्रयोगजस्ता यावत् पक्षहरूको बारेमा गर्न आवश्यक छ।

प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८  ०७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको तेस्रो दिन आइतबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ। सोमबार, असोज ५, २०८३
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण... आइतबार, भदौ २८, २०८३
विवाहअघि नै भावी श्रीमतीलाई कुशलको सर्त : ‘पहिला झिँगेदाउ २ हेर्न भन्छु’ चलचित्र ‘झिँगेदाउ २’ असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रको प्रचारप्रसारमा व्यस्त अभिनेता कुशल बिष्टले ‘झिँगेदाउ २’ पह... शनिबार, भदौ २७, २०८३
ताजा समाचारसबै
एसियाली खेलकुदमा नेपालले सात खेलमा प्रतिस्पर्धा गर्दै बुधबार, असोज ७, २०८३
ऊर्जामन्त्री श्रेष्ठले प्रतिनिधि सभालाई सम्बोधन गर्ने बुधबार, असोज ७, २०८३
बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनालले गरे न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्