• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर २२, २०८२ Mon, Dec 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

किन चाहिन्छ फिल्म समीक्षा?

64x64
युवराज भट्टराई शुक्रबार, फागुन २०, २०७८  ०७:०१
1140x725

काठमाडौं– फिल्म हेर्न रुचाउने र यसबारे जानकारी राख्न चाहनेका लागि ‘सिनेमा के हो?’ भन्ने प्रश्नभन्दा महत्वपूर्ण हुन्छ, ‘सिनेमा के होइन?’ सुरुवाती प्रश्नको जवाफ वृहत हुन्छ। अन्तिम प्रश्नको जवाफ सहज छ– ‘सिनेमा केवल समय कटाउने मनोरञ्जनको साधन होइन। सिनेमा केवल व्यापार गर्ने माध्यम होइन। सिनेमा कलाको उच्चतम् माध्यम हो।’

सिनेमा अभिव्यक्तिको लोकतान्त्रिक माध्यम हो। सर्जकले राजनीतिदेखि आर्थिक विषयवस्तु सम्पूर्णलाई एउटै सिनेमामा विभिन्न पटकथाको रूपमा प्रस्तुत गर्न सक्छन्। दुई वा अढाई घण्टाको फिल्मको मूल मर्ममा यी कथाहरूको समान महत्त्व हुन्छ।

तर, यावत् विशेषताबीच नेपाली सिनेमा क्षेत्रमा एउटा समस्या छ। अधिकांश नेपाली चलचित्रकर्मीहरू कसैले कमजोरी औँल्याइदिएको मन पराउँदैनन्। अर्थात्, फिल्मको समीक्षा बुझ्ने सवालमा समस्या छ। उनीहरू फिल्म समीक्षा भनेपछि ‘पानीबाहिरको माछो’ भइदिन्छन्। फिल्मकर्मीहरूले आफ्नो चाहना र पक्षअनुरूप समीक्षा नआए गर्ने तर्क एउटै हुन्छ, ‘दुई तीन वर्ष लगाएर र लाखौं खर्च गरेर बनाएको हाम्रो सिनेमा नराम्रो भन्ने? मानवता छैन? तपाईँको को हो यसलाई नराम्रो भन्ने?’

उनीहरूको यो प्रश्नमा यति मात्र जवाफ हुन्छ, ‘सिर्जना बाहिर आएपछि त्यो सार्वजनिक विषय बन्छ र त्यसका राम्रो तथा नराम्रो पक्ष केलाउन जोकोही स्वतन्त्र हुन्छ।’

फिल्म निर्देशक सचिन घिमिरेको शब्दमा सिनेमा भनेको सार्वजनिक उत्पादनको एक हिस्सा हो। प्रेमपत्रजस्तो आफूसँगै राखिने वस्तु नभएकाले यसको समीक्षा हुनुपर्छ। समीक्षा हुँदा पक्ष वा विपक्षमा धारणाहरू आउँछन्। तर, यी धारणा फगत व्यक्तिगत विचार हुनु हुँदैन।

तर, समीक्षामा नकारात्मक पाटो आउँदा व्यापारमा असर पुग्ने त्रासमा देखिन्छन् धेरै फिल्मकर्मी। स्वाभाविक हो कि, दर्शकले आफूले हेर्न चाहेको फिल्म कस्तो छ भन्ने जान्न चाहन्छन्। यसको माध्यम समीक्षा नै हो। कुनै फिल्म हेर्न मन हुनु वा नहुनुको निर्धारण गर्न समीक्षाले महत्त्वपूर्ण भूमिका खेल्छ। तर, फिल्म हलसम्म दर्शकलाई तान्ने वा विमुख गराउने यो नै निर्णायक माध्यम होइन। 

‘एउटा समीक्षाले महान् कलालाई प्रेरित गर्न सक्छ’, अरस्तुको यो भनाइ यहाँ उधृत गर्न आवश्यक छ।

फिल्म समीक्षा समीक्षकको व्यक्तिगत विचारको उपज मात्रै होइन। प्रायः समीक्षकलाई सिनेकर्मीहरूले आफ्नो सिनेमामाथि व्यक्तिगत रूपमा विचार प्रस्तुत गरेको र घृणात्मक टिप्पणी गरेको आरोप लगाउँछन्। तर, समीक्षाको यथार्थ यस्तो होइन। सिनेमाको इतिहासमा फर्किँदा स्पष्ट रुपमा फिल्म समीक्षाको आवश्यकता देखिन्छ। 

Ncell 2
Ncell 2

विश्वव्यापी रूपमा सिनेमा अहिलेको स्थानसम्म आइपुग्न सर्जकको जति हात छ, त्यति नै योगदान समीक्षकको पनि पक्कै छ। १९ औं शताब्दीको सुरुवातमा जब फिल्म क्षेत्र विकासोन्मुख थियो, समीक्षाहरू पनि त्यही स्तरका थिए र यो क्षेत्र विकासका लागि घच्घचाइरहेका थिए। सन् १९०८ मा पहिलो पटक फिल्म समीक्षा गरिएको थियो। सन् १९११ मा फ्रान्सेली फिल्म सिद्धान्तकार रक्किओट्टो कनुडोले फिल्मलाई ‘छैटौं कलाको माध्यम’ भनेका थिए। जति बेला सिनेमा चित्रकला, मूर्तिकलालगायत कलाका माध्यम व्यापक भइसकेका थिएनन्, त्यति बेला कनुडोले सिनेमालाई आममानिसमा लैजान समीक्षाको बाटो रोजेका थिए। 

सन् १९२० सम्म आइपुग्दा समीक्षकहरूले सिनेमालाई मनोरञ्जनभन्दा माथि उठेर समीक्षा गर्न थालेका थिए। यही समयमा फिल्म समीक्षकहरूलाई पनि पत्रपत्रिकाहरूले ‘पत्रकार’कै दर्जा दिएका थिए। समयक्रममा फिल्म समीक्षा विकास हुँदै निबन्धको रूपमा आउन थाल्यो। सिनेमाको शैलीदेखि ध्वनी व्यवस्थापन, रङ संयोजन, सम्पादनलगायतका प्राविधिक पक्षहरूलाई विश्लेषण गर्दै जेम्स एगी, एन्ड्रउ सेरीसजस्ता समीक्षकले समीक्षा लेखे। आधुनिक समयमा रोजर इब्रट र पिटर ट्राभेर्सको नाम अग्रपंतिमै आउँछ। इब्रटलाई फिल्म समीक्षाकै लागि सन् १९७५ मा पत्रकारिताको प्रतिष्ठित ‘पुलित्जर पुरस्कार’ प्रदान गरिएको थियो।

सेकेण्डको सीमितताबाट अघि बढ्दै सिनेमा मिनेट र कैयौं घण्टासम्म आइपुग्दा समीक्षकहरूले पनि यसको विकासमा योगदान दिएको तथ्य खुला नै छ। त्यसै कारण कथावस्तुदेखि संगीत, पाश्र्वध्वनीजस्ता आयामहरूको विकास हुँदै गयो। यीसँगै ‘फ्रेन्च न्यु वेब’ हामीले अहिले हेर्ने सिनेमाको कथावस्तु, प्रस्तुतिको शैली, सुमधुर सम्पादनजस्ता कुराहरूको कारण हो। सिनेमाको यो ‘क्रान्ति’ सुरु गर्ने पनि समीक्षकहरू नै थिए। फ्रेन्सिस ट्रफ्फौट, आन्द्रे बेजिन, जिन लुक गोडार्ड, जेक्वेस रिभिट्टे, एरिक रोह्मेरजस्ता समीक्षकले सिनेमामा फरकपन ल्याएका थिए। 

सिनेमामा नयाँ विषयवस्तुको प्रवेशसँगै समीक्षा पनि अर्को चरणमा प्रवेश गरेको हो। अब समीक्षकहरूले छाँयामा परेका फिल्महरूलाई सतहमा ल्याउन भूमिका खेले। फिल्म निर्देशक अल्फ्रेड हिचकच चर्चामा आउनुको कारक समीक्षक नै हुन्। हिचकचका सिनेमाहरू चर्चित थिएनन्। यद्यपि, उनले ‘सस्पेन्स’ विधालाई अपनाएर निर्माण गरेका सिनेमा फरक थिए। समीक्षक जिन लुक गोडार्डलगायतले हिचकचले अपनाएको शैलीको विश्लेषण गर्न थाले। ‘फ्रेम बाइ फ्रेम’ अध्ययनपछि यिनै समीक्षकले उनका सिनेमालाई दर्शकमाझ चर्चित बनाउन सघाए। 

यो पनि पढ्नुहोस्

फिल्म समीक्षाप्रति किन हुन्छ नेपाली चलचित्रकर्मीको वितृष्णा?

यही प्रसंगको अर्का उदाहरण हुन् अमेरिकी फिल्म समीक्षक रोजर इबर्ट र पौलिन कैल। उनीहरूले सन् १९६० र १९७० को दशकमा स्वतन्त्र अमेरिकी निर्देशकहरूका सिनेमाको विश्लेषणात्मक समीक्षा गरेका थिए। उनीहरूकै समीक्षाले फिल्मका दर्शकलाई नौलो कथा भन्ने निर्देशकहरूसँग परिचित गराए। यस्ता निर्देशकमध्ये एक हुन, अहिलेका प्रसिद्ध निर्देशक मार्टिक स्करसेजी। पछिल्लो समय इबर्टले अमेरिकी फिल्म निर्देशक एभा डुभर्नेको सिर्जनालाई दर्शकमाझ लैजान लेखिएका समीक्षालाई लिएर २७ पटकसम्म ट्विट गरेका थिए।

समीक्षाको महत्त्व फिल्मलाई नयाँ आयाममा पुग्न मद्दत गर्ने मात्र नभई नयाँ कथा भन्ने र नयाँ शैली भित्र्याउने निर्देशक तथा फिल्मकर्मीलाई प्रोत्साहन गर्ने नै हुन्छ। यो सन्दर्भ नेपालमा बढी महत्वपूर्ण छ। नेपालमा सिनेमामा भनिने कथाहरू एउटै विषयका छन्। पछिल्लो दशकमा बनिरहेका सिनेमा पनि केही छाडेर अधिकांश उही भेलमा पसेका छन्। 

यो क्षेत्रमा निश्चित फिल्मकर्मीहरूको वर्चश्व छ। परिवारभित्रकै कलाकार, निर्माण कम्पनी, निर्देशकलगायतले एउटै किसिमको सिर्जना गरिरहेका छन्। हास्यव्यंग्यमा दीपकराज गिरी र दीपाश्री निरौलाको समूह, प्रेममा झरना थापा, सुनिल थापा र सुहाना थापा तथा भुवन केसी र अनमोल केसीको परिवार छन्। त्यसैगरी विकासराज आचार्यलगायतका सीमित निर्देशकहरू छन्, जसले आफ्नै लगानीमा वर्षेनी फिल्म सिर्जना गरिरहेका छन्। उनीहरूको सिर्जनामा नयाँपनको अभाव छ। हरेक सिनेमामा उनीहरू एउटै खालको कथालाई लिएर हिँडेका छन्। 

सीमित कथा र कथा भन्नेहरूको बर्चश्वकाबीच फरक कथा भन्नेहरू छाँयामा छन्। रंग पत्रकारिता गर्नेहरूकै माझमा पनि धेरै सिनेकर्मीहरू अपरिचित बनेका छन्। फरक धारमा बनेका सिनेमालाई स्थापित गर्न नसक्दा नै यो परिस्थिति आएको हो। 

समीक्षकको पनि ‘समीक्षा’ जरुरी छ
फिल्म समीक्षा आवश्यक छ। योसँगै समीक्षा लेख्ने समिक्षकहरूको पनि ‘समीक्षा’ हुन आवश्यक छ। 

फिल्म समीक्षाका दुई पाटा छन्। पहिलो, फिल्म समीक्षकको आँखाबाट हेरिनु। दोस्रो, सामान्य दर्शकको आँखाबाट। 

निश्चित विषयमा लेख्नका लागि विज्ञता हुनु आवश्यक हुन्छ। तर, विज्ञता देखाउने ठाउँ कुन हो भन्ने पनि उत्तिकै महत्पूर्ण पक्ष हो। नेपालमा जे जति फिल्म बनेका छन्, तीमध्ये एकाधमा समीक्षकले सामान्य दर्शकको आँखा र बुझाइबाट नभई आफ्नै नजरबाट हेरेर समीक्षा गर्न सक्छन्। तर, समीक्षकको आफ्नो विचार निर्माणको पक्षमा नेपाली समीक्षक कति क्रियशील छन् त? फिल्ममाथि प्रश्न गर्ने सम्पूर्ण समीक्षकहरूले आफूलाई पनि यो प्रश्न सोध्न आवश्यक छ।

अधिकांश नेपाली सिनेमा व्यापारलाई केन्द्रमा राखेर निर्माण गरिन्छन्। दर्शकलाई कुन कथा हेराउन चाहनेभन्दा पनि दर्शकले हेर्न चाहेका सिनेमा बनाउने फिल्मकर्मीको जमात ठूलो छ। यसरी निर्माण भएका सिनेमाको समीक्षामा विविध आयामहरूको विश्लेषण सजिलो हुन्न। उदाहरणका लागि दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म ‘छक्का पञ्जा’ मा अपिचात्पोङ विरासेथकुलको ‘मेमोरिया’मा भएको सिनेमेटिक पक्षजस्तै समीक्षा गर्न सकिँदैन। यस्ता आयामबाट समीक्षा असंभव भए पनि ‘छक्का पञ्जा’को तथ्यगत समीक्षा हुनसक्छ। कथासार मात्रै नभएर फिल्मको शैली, पात्र चयन, चरित्र निर्माण, दृश्यांकनको भाषा, संवाद, ध्वनीको व्यवस्थापनजस्ता आयामलाई समीक्षाको विषय बनाउन सकिन्छ। 

समीक्षकको ध्यान ती सिनेमाहरूमा पनि जान आवश्यक छ, जसमा दर्शकले ध्यान दिन सकेका छैनन्। दर्शकमाझमा वैकल्पिक र मूलधारमा निर्माण भइरहेका सिनेमाभन्दा फरक सिनेमालाई परिचित गराउने कर्तव्य समीक्षकको पनि हो। प्रकाश आङदम्बे निर्देशिक ‘देश खोज्दै जाँदा’, शिरिष गुरुङ निर्देशित ‘लाटोकोसेरो’, सहारा शर्मा निर्देशित ‘इन्द्रेणी खोज्दै जाँदा’, प्रशान्त रसाईली निर्देशित ‘कथा’जस्ता फिल्मबारे धेरै नेपाली दर्शक अनविज्ञ छन्। यस्ता थुप्रै फिल्म छन्, जसको कथादेखि प्रस्तुतिसम्म चलिआएको शैलीभन्दा फरक छन्। 

समीक्षकले सिनेमाको सारंश भन्ने होइन। प्रशंसा र आलोचनामा तार्किक शक्ति प्रयोग हुन्छ। यो आलोचना सिनेमाको कथाको मात्रै होइन, कथा भन्ने शैलीदेखि प्रकाशको प्रयोगजस्ता यावत् पक्षहरूको बारेमा गर्न आवश्यक छ।

प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८  ०७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
रहेनन् बलिउड अभिनेता धर्मेन्द्र यसको पुष्टि पारिवारिक सदस्यहरूले नै गरेका छन्। उनको अन्तिम संस्कार विले पार्ले श्मशान भूमिमा हुने भारतीय मिडियाले जनाएका छन्। उनलाई... सोमबार, मंसिर ८, २०८२
‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’ बुधबार साँझ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा गरिएको प्रदर्शनीमा चलचित्रकर्मी तथा कलाकर्मीको उपस्थिति रहेको थियो। बिहीबार, भदौ ५, २०८२
‘कश्यप’ मार्फत टिकटकर आभा ढुंगानाको डेब्यु पक्का, रिद्वी खत्री पनि अडिसनबाट छनोट आभाले यसै फिल्मका लागि एक्सन दृश्यको बिशेष प्रशिक्षण लिईरहेकी छिन्, जसले उनको भूमिकामा थप दमदार र यथार्थता परक बनाउने अपेक्षा गरिएको... मंगलबार, साउन २७, २०८२
ताजा समाचारसबै
पोखरा विमानस्थलमा अनियमितता: ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा आइतबार, मंसिर २१, २०८२
हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित आइतबार, मंसिर २१, २०८२
कर्णालीविरूद्ध जनकपुरले पहिले बलिङ गर्ने आइतबार, मंसिर २१, २०८२
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट आइतबार, मंसिर २१, २०८२
महाधिवेशन उद्‌घाटनमा सहभागी हुने सदस्यलाई अध्यक्ष ओलीले पठाए पत्र आइतबार, मंसिर २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
शिक्षामन्त्री पुनको दुर्गा प्रसाईंलाई चुनौती : कति साह्रै हावा कुरा गरेको हाउ भाइ शनिबार, मंसिर २०, २०८२
धादिङ दुर्घटना अपडेट : २ जनाको मृत्यु, ३३ घाइते आइतबार, मंसिर २१, २०८२
उज्यालो नेपाली पार्टीको केन्द्रीय सदस्यबाट विद्या श्रेष्ठले दिइन् राजीनामा शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्