• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, वैशाख २८, २०८२ Sun, May 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
प्रचण्ड र नारायणकाजीबीच मन माझामाझ, अन्य नेता आक्रोश ओकल्ने तयारीमा
64x64
वीरेन्द्र ओली बुधबार, फागुन १८, २०७८  २०:३४
1140x725

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सोही पार्टीका नेता नारायणकाजी श्रेष्ठबीच चिसिँदै गएको सम्बन्ध सुधार भएको छ। गत सोमबार खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले घुमाउरो भाषामा श्रेष्ठले पार्टी छोडेर गए हुन्छ भन्ने अभिव्यक्ति दिएको भन्दै उनी चिढिएका थिए। यसबीचमा प्रचण्ड र नारायणकाजीले भेटेर मन माझामाझ गरेपछि उनीहरुबीच विश्वासको वातावरण बनेको नेताहरुले बताएका छन्।

दुई नेताहरु पार्टी एकतालाई बलियो बनाएर जाने विषयमा एक ठाउँमा रहेको बताइन्छ। तैपनि, शुक्रबारदेखि बस्ने केन्द्रीय समिति बैठकमा एमसीसीका विषयमा थप विवाद हुने आकलन गरिएको छ। शुक्रबारदेखि तीन दिनसम्म चल्ने बैठकमा एमसीसी विरोधी नेताहरुले प्रचण्डको चर्को विरोध गर्ने तयारी गरेका छन्।

पार्टीको आठौं महाधिवेशनबाट पारित प्रस्तावमा एमसीसीलाई संशोधन गरेर मात्रै पारित गर्ने निर्णय गरिएको थियो। तर, प्रचण्डले एक्लौटी ढंगले 'व्याख्यात्मक घोषणा'सहित एमसीसी पारित गर्ने निर्णय गराएको भन्दै नेताहरु आक्रोशित छन्।

केन्द्रीय समिति बैठकमा श्रेष्ठ पक्षका नेताहरुले एमसीसीलाई अनुमोदन गर्ने विषयमा पार्टीको संलग्नतालाई लिएर विरोध गर्ने तयारी गरेका छन्। पार्टी महाधिवेशनले एउटा निर्णय गर्ने तर अर्को तरिकाले कार्यन्वयन गरिएकोमा उनीहरुको असन्तुष्टि देखिन्छ। श्रेष्ठ पक्षका नेताहरु गिरिराजमणि पोखरेल, अञ्जना विशंखे, लिलामणि पोखरेल लगायतका नेताहरु आक्रोशित छन्।

यस्तै, प्रमुख सचेतक देव गुरुङ, प्रवक्ता कृष्णबहादुर महरालगायत नेताहरुले पनि एमसीसी पारित गर्ने पार्टीको निर्णयमा असन्तुष्टि जनाएका थिए। संसद् बैठकमा भने दुई नेताले पार्टीको निर्णय भन्दै स्वीकार गरेका थिए। केन्द्रीय कमिटीको बैठकमा भने उनीहरुले पनि असन्तुष्टि जनाउने तयारी गरेका छन्। केन्द्रीय सदस्य लेखनाथ न्यौपाने पनि असन्तुष्टकै सूचीमा छन्। पार्टीले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने निर्णय लिनासाथ उनले सामाजिक सञ्जालमार्फत् प्रतिवाद गरेका थिए।

नेता लिलामणि पोखरेलले अब बस्ने केन्द्रीय समिति बैठकमा एमसीसीका विषयलाई व्यवस्थित रुपमा उठाइने बताए। ‘अब बस्ने केन्द्रीय समिति बैठकमा एमसीसीका विषयमा मज्जाले उठाउँछौं। पार्टीले महाधिवेशनको म्यान्डेट विरुद्ध निर्णय गर्‍यो। महाधिवेशनले एमसीसी संशोधन भएपछि मात्रै पारित गर्न सकिन्छ भनेको हो,’ उनले भने, ‘व्याख्यात्मक घोषणासहित पारित भनेको संशोधन गरिएको होइन। यसको कुनै 'भ्यालु' छैन। त्यो शून्य 'भ्यालु' हो।’

अमेरिकाले भियना कन्भेन्सनमा हस्ताक्षर नै नगरेको बताउँदै पोखरेलले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्नुको अर्थ नहुने दाबी गरे। ‘अमेरिकाले भियना कन्भेन्सनमा हस्ताक्षर नै गरेको छैन। अमेरिका त्यसको पार्ट नै होइन,’ उनले भने, ‘हामीले संसद्‌बाट पारित गर्‍यौं भन्नुको अर्थ रहन्छ? त्यसलाई अमेरकाले रिकग्नाइज नै गर्दैन।’

तर, केन्द्रीय सदस्य राम कार्कीले एमसीसीका विषयमा अधिकांश नेताहरुले विरोध गरे पनि परिस्थिति डरलाग्दो रुपमा नजाने दाबी गरे। ‘बैठकमा एमसीसीको विषय उठ्न सक्छ। त्यस्तो डरलाग्दो रुपमा उठ्ने स्थिति छैन,’ उनले भने, ‘हामीले सुरुवातदेखि नै एमसीसीविरुद्ध जनस्तरसम्म लग्न सकेको भए, जनताकै तागतमा रोक्न सकिन्थ्यो। त्यो भएन।’ 

Ncell 2
Ncell 2

अब एमसीसीको निर्णयमा मात्रै अल्झिएर बस्न नहुने कार्कीको भनाइ छ। ‘हामीले आफ्नो विकास रणनीति बनाउनु पर्छ। आफ्ना प्राथमिकताहरु निश्चित गर्नु पर्छ,’ उनले भने, ‘अब अतितका विषयमा बाझेर बस्ने होइन। आफ्नो प्राथमिकताहरु सुनिश्चित गर्नतिर लाग्नुपर्छ।’ नेपाललाई शान्ति क्षेत्र घोषणा गरेर गएमा देश विकास गर्न सजिलो हुने कार्कीको भनाइ छ।

प्रचण्ड र श्रेष्ठबीच सम्बन्ध सुधार
अध्यक्ष प्रचण्डको अभिव्यक्तिलाई लिएर श्रेष्ठ केही बिच्किएका थिए। तर, अहिले उनीहरुबीच विश्वासको वातावरण बनेको छ। श्रेष्ठलाई भेट्न मंगलबार प्रचण्ड उनकै निवास हात्तीवन गएपछि विवाद साम्य भएको उनीनिकट एक नेताले बताए। ‘मैले उत्तेजनामा आएर बोलेको हुँ। तपाईं पार्टी छोडेर नजानुस्। मेरो भनाइ तपाईंलाई चिढ्याउने होइन। पार्टी एकता जोगाएर जाऔं,’ प्रचण्ड-श्रेष्ठ संवादबारे जानकार ती नेताले भने, ‘तपाईंका विमति पार्टी बैठकमा राख्नुस्। त्यसमा छलफल गरौं।’

जवाफमा नारायणकाजीले आफूले पार्टी छोड्ने नभनेको बताउँदै तपाईं (प्रचण्ड)ले भनेपछि यस्ता विषय बाहिर आएको बताएका थिए। पार्टी नै छोडेर गए हुन्छ भन्ने खालको अभिव्यक्ति दिएपछि आफूले निकटस्थहरुसँग छलफल गरेको उनले स्वीकार गरेका थिए।

उनीहरुबीच एक दुई दिनमै पुनः भेट्ने तय भएको बताएको छ। तर, पार्टी केन्द्रीय सदस्य राम कार्कीले प्रचण्ड र नारायणकाजीबीचको भेटपछि विवाद मिलिसकेको बताए। ‘अध्यक्ष कमरेडले कुन सन्दर्भमा के भन्नुभयो। पार्टीमा विवाद भयो,’ उनले भने, ‘उहाँहरु भेट्नुभयो। मन माझामाझ भइसक्यो। त्यो विषय थप चर्किँदैन होला।’

shivam cement

shivam cement

एमसीसीको चर्को विरोध गर्नेलाई गाह्रो
माओवादी केन्द्रको आठौं महाधिवेशनले एमसीसी संशोधन गरेर मात्रै पारित गर्ने निर्णय गरेको थियो। त्यही निर्णयलाई टेकेर माओवादी नेताहरुले एमसीसीको चर्को विरोध गरे। अन्तिममा पार्टीले एमसीसीलाई व्याख्यात्मक घोषणासहित पारित गर्ने निर्णय गर्‍यो। तर, माओवादी एमसीसीको पक्षमा उभिएमा जुत्ता हान्ने र पार्टी छाड्नेसम्मका अभिव्यक्ति सार्वजनिक गर्ने नेताहरुलाई अहिले प्रतिरक्षा गर्न गाह्रो परिरहेको छ।

एमसीसीको चर्को विरोध गरेका नेताहरुको भिडियोका अंशहरु सामाजिक सञ्जालमा ट्रोल बनाएर उडाउन थालिएपछि कतिपय नेताहरुले पार्टी नै छोड्न सक्ने बताएको छ। यदि त्यही पार्टीमै बस्ने भएमा आफूले विरोध गरेको विषयलाई कसरी प्रतिरक्षा गरेर जाने भन्ने विषयले नेताहरुलाई पिरोलेको छ।

पार्टी बैठकमा पर्याप्त बहस र छलफल नै नगरी प्रचण्डले महाधिवेशनको निर्णय उल्ट्याएपछि कैयौं नेताहरु अप्ठ्यारोमा परेका हुन्। तिनै मध्येका एक हुन्, नारायणकाजी श्रेष्ठ। आफूले एमसीसीको विरोध गरेको भिडियोलाई टिकटक लगायत सामाजिक सञ्जालमा भाइरल बनाइएको भन्दै श्रेष्ठले अप्ठ्यारो महसुस गरेका छन्। संशोधनबिना एमसीसी पारित हुँदैन भनेर पार्टीले निर्णय गरेकाले ‘एक हजार एक पटक भन्छु, एमसीसी पारित हुँदैन' भनेको विषय भाइरल बनाइएपछि उनी समस्यामा परेको सार्वजनिक रुपमै बताइसकेका छन्।

‘मैले बोलेको कुरालाई टिकटक लगायत सामाजिक सञ्जालमा भाइरल बनाएको विषयले दु:खित बनाइरहेको छ। एक हजार एक पटक भन्छु, एमसीसीको विपक्षमा मतदान गर्छु भनियो। अकस्मात निर्णय फेरियो’, बीबीसीसँग श्रेष्ठले भनेका छन्, ‘त्यसैले अन्तिममा अप्ठ्यारो भएको छ। यसमा पीडा महसुस भएको छ।’

आफूले एमसीसीको विषयमा बोलेको विषयलाई कसरी सच्याउने भन्ने भइरहेको श्रेष्ठले बताए। यस्तै, एमसीसीका विषयमा सुरुदेखि नै चर्को विरोध गर्दै आएका नेता लिलामणि पोखरेललाई पनि अप्ठ्यारो परेको छ। एमसीसी पारित हुँदैन भन्नेमा ढुक्क भएका पोखरेलले पार्टीले एमसीसी संशोधनबिना पारित गर्ने निर्णय गरे पार्टी छोड्ने बताएका थिए। त्यो विषयले पोखरेललाई मुस्किल भइरहेको छ। पोखरेलले बोलेको भन्दा ठीक विपरीत निर्णय पार्टीले लिएपछि पार्टीभित्र र बाहिर फेस सेभ गर्न उनलाई समस्या परेको हो।

‘पार्टीले एमसीसीलाई पारित गर्ने निर्णय गरेछ भने यो पार्टीमा पनि बस्दिनँ,’ एक टेलिभिजनसँगको अन्तर्वार्तामा पोखरेलले भनेका थिए, ‘पार्टीले औपचारिक रुपमा निर्णय गरिसकेको छ। एमसीसीको विपक्षमा भोट हाल्छौँ। हामी फेल गराउन प्रयत्न गर्छौं। भरमग्दुर प्रयत्न गर्ने छौं।’

यस्तै, केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले एमसीसी पारित गर्ने प्रस्ताव गर्नेलाई जुत्ता हान्ने बताएका थिए। ‘पार्टीमा एमसीसी पारित गर्नुपर्छ भन्ने कोही छैन। यदि एमसीसी पारित गर्ने कोही आए त्यहीँ मुर्दावाद भन्छौँ, त्यहीँ जुत्ता हान्छौँ। त्यो कम्युनिस्ट पार्टीको सदस्य हुँदैन। कम्युनिस्ट पार्टीको नेता हुँदैन,’ एक टेलिभिजनसँगको अन्तर्वार्तामा न्यौपानेले भनेका थिए, ‘त्यो अमेरिकी पैसाबाट किनिएको पाल्तु कुकुर हो भनेर हामी त्यहीँ लखेट्ने छौँ।’

सार्वजनिक रुपमा न्यौपानेले जुत्ता हान्दै पार्टीबाट लखेट्ने भनेर बोलेका थिए। उनले भनेको भन्दा विपरीत निर्णय प्रचण्डले लिएपछि न्यौपानेले सामाजिक सञ्जालमार्फत् आधिकारिक नभएको भन्दै विरोध जनाएका थिए।

एमसीसीको यस्तै चर्को विरोध गर्ने प्रमुख सचेक देव गुरुङलाई समेत अप्ठ्यारोमा पारेको छ। उनले पार्टीको निर्णय मानेपनि एमसीसीको विपक्षमा आफ्ना कुरा राखिरहेका छन्। एमसीसीविरुद्ध उभिएका अरु नेताहरुले उत्तेजक ढंगले सार्वजनिक अभिव्यक्ति नदिएकाले त्यति गाह्रो देखिएको छैन।

प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  २०:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित गत १९ वैशाखमा बसेको संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए... आइतबार, वैशाख २८, २०८२
राष्ट्रपति र उपराष्ट्रपति कार्यालयमा एउटै कर्मचारी व्यवस्था गर्नुपर्ने कांग्रेस सांसद खतिवडाको सुझाव सरकारको आगामी आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै उनले खर्च कटौतीका लागि राष्ट्रपति र उपराष्ट्रपति कार्यालयक... आइतबार, वैशाख २८, २०८२
प्रेम सुवालले भने : प्रधानमन्त्रीज्यू! जनताको बहुदलीय जनवाद पुँजीवादी सरकारमा जाने भर्‍याङ मात्र हो ? प्रतिनिधिसभाको आइतवारको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएका प्रधानमन्त्री ओलीसँग स्पष्टीकरण माग गर्दै सांसद सुवा... आइतबार, वैशाख २८, २०८२
ताजा समाचारसबै
गर्मी बढेसँगै सर्पको बिगबिगी आइतबार, वैशाख २८, २०८२
भुसमुनि भेटियो ७२ लाखको सामान आइतबार, वैशाख २८, २०८२
गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा आइतबार, वैशाख २८, २०८२
सिरियामा चार दिनदेखि डढेलो, नियन्त्रणमा चुनौती आइतबार, वैशाख २८, २०८२
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी आइतबार, वैशाख २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
अमेरिकी विदेशमन्त्रीले भारतीय विदेशमन्त्री र पाकिस्तानी सेना प्रमुखलाई यस्तो भने शनिबार, वैशाख २७, २०८२
भारत–पाकिस्तानबीच युद्धविराम शनिबार, वैशाख २७, २०८२
आफै अमेरिका छाड्न चाहने अवैध आप्रवासीले अब बोनस पाउने आइतबार, वैशाख २८, २०८२
पाकिस्तानमा एमबीबीएस र अन्य विषय अध्ययनरत नेपालीले भने, ‘नेपाल सुरक्षित फर्कन चाहन्छौं’ शनिबार, वैशाख २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्