• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ १४, २०८३ Sun, Aug 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रचण्ड र नारायणकाजीबीच मन माझामाझ, अन्य नेता आक्रोश ओकल्ने तयारीमा

64x64
वीरेन्द्र ओली बुधबार, फागुन १८, २०७८  २०:३४
1140x725

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सोही पार्टीका नेता नारायणकाजी श्रेष्ठबीच चिसिँदै गएको सम्बन्ध सुधार भएको छ। गत सोमबार खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले घुमाउरो भाषामा श्रेष्ठले पार्टी छोडेर गए हुन्छ भन्ने अभिव्यक्ति दिएको भन्दै उनी चिढिएका थिए। यसबीचमा प्रचण्ड र नारायणकाजीले भेटेर मन माझामाझ गरेपछि उनीहरुबीच विश्वासको वातावरण बनेको नेताहरुले बताएका छन्।

दुई नेताहरु पार्टी एकतालाई बलियो बनाएर जाने विषयमा एक ठाउँमा रहेको बताइन्छ। तैपनि, शुक्रबारदेखि बस्ने केन्द्रीय समिति बैठकमा एमसीसीका विषयमा थप विवाद हुने आकलन गरिएको छ। शुक्रबारदेखि तीन दिनसम्म चल्ने बैठकमा एमसीसी विरोधी नेताहरुले प्रचण्डको चर्को विरोध गर्ने तयारी गरेका छन्।

पार्टीको आठौं महाधिवेशनबाट पारित प्रस्तावमा एमसीसीलाई संशोधन गरेर मात्रै पारित गर्ने निर्णय गरिएको थियो। तर, प्रचण्डले एक्लौटी ढंगले 'व्याख्यात्मक घोषणा'सहित एमसीसी पारित गर्ने निर्णय गराएको भन्दै नेताहरु आक्रोशित छन्।

केन्द्रीय समिति बैठकमा श्रेष्ठ पक्षका नेताहरुले एमसीसीलाई अनुमोदन गर्ने विषयमा पार्टीको संलग्नतालाई लिएर विरोध गर्ने तयारी गरेका छन्। पार्टी महाधिवेशनले एउटा निर्णय गर्ने तर अर्को तरिकाले कार्यन्वयन गरिएकोमा उनीहरुको असन्तुष्टि देखिन्छ। श्रेष्ठ पक्षका नेताहरु गिरिराजमणि पोखरेल, अञ्जना विशंखे, लिलामणि पोखरेल लगायतका नेताहरु आक्रोशित छन्।

यस्तै, प्रमुख सचेतक देव गुरुङ, प्रवक्ता कृष्णबहादुर महरालगायत नेताहरुले पनि एमसीसी पारित गर्ने पार्टीको निर्णयमा असन्तुष्टि जनाएका थिए। संसद् बैठकमा भने दुई नेताले पार्टीको निर्णय भन्दै स्वीकार गरेका थिए। केन्द्रीय कमिटीको बैठकमा भने उनीहरुले पनि असन्तुष्टि जनाउने तयारी गरेका छन्। केन्द्रीय सदस्य लेखनाथ न्यौपाने पनि असन्तुष्टकै सूचीमा छन्। पार्टीले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने निर्णय लिनासाथ उनले सामाजिक सञ्जालमार्फत् प्रतिवाद गरेका थिए।

नेता लिलामणि पोखरेलले अब बस्ने केन्द्रीय समिति बैठकमा एमसीसीका विषयलाई व्यवस्थित रुपमा उठाइने बताए। ‘अब बस्ने केन्द्रीय समिति बैठकमा एमसीसीका विषयमा मज्जाले उठाउँछौं। पार्टीले महाधिवेशनको म्यान्डेट विरुद्ध निर्णय गर्‍यो। महाधिवेशनले एमसीसी संशोधन भएपछि मात्रै पारित गर्न सकिन्छ भनेको हो,’ उनले भने, ‘व्याख्यात्मक घोषणासहित पारित भनेको संशोधन गरिएको होइन। यसको कुनै 'भ्यालु' छैन। त्यो शून्य 'भ्यालु' हो।’

अमेरिकाले भियना कन्भेन्सनमा हस्ताक्षर नै नगरेको बताउँदै पोखरेलले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्नुको अर्थ नहुने दाबी गरे। ‘अमेरिकाले भियना कन्भेन्सनमा हस्ताक्षर नै गरेको छैन। अमेरिका त्यसको पार्ट नै होइन,’ उनले भने, ‘हामीले संसद्‌बाट पारित गर्‍यौं भन्नुको अर्थ रहन्छ? त्यसलाई अमेरकाले रिकग्नाइज नै गर्दैन।’

तर, केन्द्रीय सदस्य राम कार्कीले एमसीसीका विषयमा अधिकांश नेताहरुले विरोध गरे पनि परिस्थिति डरलाग्दो रुपमा नजाने दाबी गरे। ‘बैठकमा एमसीसीको विषय उठ्न सक्छ। त्यस्तो डरलाग्दो रुपमा उठ्ने स्थिति छैन,’ उनले भने, ‘हामीले सुरुवातदेखि नै एमसीसीविरुद्ध जनस्तरसम्म लग्न सकेको भए, जनताकै तागतमा रोक्न सकिन्थ्यो। त्यो भएन।’ 

nimb
nimb

अब एमसीसीको निर्णयमा मात्रै अल्झिएर बस्न नहुने कार्कीको भनाइ छ। ‘हामीले आफ्नो विकास रणनीति बनाउनु पर्छ। आफ्ना प्राथमिकताहरु निश्चित गर्नु पर्छ,’ उनले भने, ‘अब अतितका विषयमा बाझेर बस्ने होइन। आफ्नो प्राथमिकताहरु सुनिश्चित गर्नतिर लाग्नुपर्छ।’ नेपाललाई शान्ति क्षेत्र घोषणा गरेर गएमा देश विकास गर्न सजिलो हुने कार्कीको भनाइ छ।

प्रचण्ड र श्रेष्ठबीच सम्बन्ध सुधार
अध्यक्ष प्रचण्डको अभिव्यक्तिलाई लिएर श्रेष्ठ केही बिच्किएका थिए। तर, अहिले उनीहरुबीच विश्वासको वातावरण बनेको छ। श्रेष्ठलाई भेट्न मंगलबार प्रचण्ड उनकै निवास हात्तीवन गएपछि विवाद साम्य भएको उनीनिकट एक नेताले बताए। ‘मैले उत्तेजनामा आएर बोलेको हुँ। तपाईं पार्टी छोडेर नजानुस्। मेरो भनाइ तपाईंलाई चिढ्याउने होइन। पार्टी एकता जोगाएर जाऔं,’ प्रचण्ड-श्रेष्ठ संवादबारे जानकार ती नेताले भने, ‘तपाईंका विमति पार्टी बैठकमा राख्नुस्। त्यसमा छलफल गरौं।’

जवाफमा नारायणकाजीले आफूले पार्टी छोड्ने नभनेको बताउँदै तपाईं (प्रचण्ड)ले भनेपछि यस्ता विषय बाहिर आएको बताएका थिए। पार्टी नै छोडेर गए हुन्छ भन्ने खालको अभिव्यक्ति दिएपछि आफूले निकटस्थहरुसँग छलफल गरेको उनले स्वीकार गरेका थिए।

उनीहरुबीच एक दुई दिनमै पुनः भेट्ने तय भएको बताएको छ। तर, पार्टी केन्द्रीय सदस्य राम कार्कीले प्रचण्ड र नारायणकाजीबीचको भेटपछि विवाद मिलिसकेको बताए। ‘अध्यक्ष कमरेडले कुन सन्दर्भमा के भन्नुभयो। पार्टीमा विवाद भयो,’ उनले भने, ‘उहाँहरु भेट्नुभयो। मन माझामाझ भइसक्यो। त्यो विषय थप चर्किँदैन होला।’

एमसीसीको चर्को विरोध गर्नेलाई गाह्रो
माओवादी केन्द्रको आठौं महाधिवेशनले एमसीसी संशोधन गरेर मात्रै पारित गर्ने निर्णय गरेको थियो। त्यही निर्णयलाई टेकेर माओवादी नेताहरुले एमसीसीको चर्को विरोध गरे। अन्तिममा पार्टीले एमसीसीलाई व्याख्यात्मक घोषणासहित पारित गर्ने निर्णय गर्‍यो। तर, माओवादी एमसीसीको पक्षमा उभिएमा जुत्ता हान्ने र पार्टी छाड्नेसम्मका अभिव्यक्ति सार्वजनिक गर्ने नेताहरुलाई अहिले प्रतिरक्षा गर्न गाह्रो परिरहेको छ।

एमसीसीको चर्को विरोध गरेका नेताहरुको भिडियोका अंशहरु सामाजिक सञ्जालमा ट्रोल बनाएर उडाउन थालिएपछि कतिपय नेताहरुले पार्टी नै छोड्न सक्ने बताएको छ। यदि त्यही पार्टीमै बस्ने भएमा आफूले विरोध गरेको विषयलाई कसरी प्रतिरक्षा गरेर जाने भन्ने विषयले नेताहरुलाई पिरोलेको छ।

पार्टी बैठकमा पर्याप्त बहस र छलफल नै नगरी प्रचण्डले महाधिवेशनको निर्णय उल्ट्याएपछि कैयौं नेताहरु अप्ठ्यारोमा परेका हुन्। तिनै मध्येका एक हुन्, नारायणकाजी श्रेष्ठ। आफूले एमसीसीको विरोध गरेको भिडियोलाई टिकटक लगायत सामाजिक सञ्जालमा भाइरल बनाइएको भन्दै श्रेष्ठले अप्ठ्यारो महसुस गरेका छन्। संशोधनबिना एमसीसी पारित हुँदैन भनेर पार्टीले निर्णय गरेकाले ‘एक हजार एक पटक भन्छु, एमसीसी पारित हुँदैन' भनेको विषय भाइरल बनाइएपछि उनी समस्यामा परेको सार्वजनिक रुपमै बताइसकेका छन्।

‘मैले बोलेको कुरालाई टिकटक लगायत सामाजिक सञ्जालमा भाइरल बनाएको विषयले दु:खित बनाइरहेको छ। एक हजार एक पटक भन्छु, एमसीसीको विपक्षमा मतदान गर्छु भनियो। अकस्मात निर्णय फेरियो’, बीबीसीसँग श्रेष्ठले भनेका छन्, ‘त्यसैले अन्तिममा अप्ठ्यारो भएको छ। यसमा पीडा महसुस भएको छ।’

आफूले एमसीसीको विषयमा बोलेको विषयलाई कसरी सच्याउने भन्ने भइरहेको श्रेष्ठले बताए। यस्तै, एमसीसीका विषयमा सुरुदेखि नै चर्को विरोध गर्दै आएका नेता लिलामणि पोखरेललाई पनि अप्ठ्यारो परेको छ। एमसीसी पारित हुँदैन भन्नेमा ढुक्क भएका पोखरेलले पार्टीले एमसीसी संशोधनबिना पारित गर्ने निर्णय गरे पार्टी छोड्ने बताएका थिए। त्यो विषयले पोखरेललाई मुस्किल भइरहेको छ। पोखरेलले बोलेको भन्दा ठीक विपरीत निर्णय पार्टीले लिएपछि पार्टीभित्र र बाहिर फेस सेभ गर्न उनलाई समस्या परेको हो।

‘पार्टीले एमसीसीलाई पारित गर्ने निर्णय गरेछ भने यो पार्टीमा पनि बस्दिनँ,’ एक टेलिभिजनसँगको अन्तर्वार्तामा पोखरेलले भनेका थिए, ‘पार्टीले औपचारिक रुपमा निर्णय गरिसकेको छ। एमसीसीको विपक्षमा भोट हाल्छौँ। हामी फेल गराउन प्रयत्न गर्छौं। भरमग्दुर प्रयत्न गर्ने छौं।’

यस्तै, केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले एमसीसी पारित गर्ने प्रस्ताव गर्नेलाई जुत्ता हान्ने बताएका थिए। ‘पार्टीमा एमसीसी पारित गर्नुपर्छ भन्ने कोही छैन। यदि एमसीसी पारित गर्ने कोही आए त्यहीँ मुर्दावाद भन्छौँ, त्यहीँ जुत्ता हान्छौँ। त्यो कम्युनिस्ट पार्टीको सदस्य हुँदैन। कम्युनिस्ट पार्टीको नेता हुँदैन,’ एक टेलिभिजनसँगको अन्तर्वार्तामा न्यौपानेले भनेका थिए, ‘त्यो अमेरिकी पैसाबाट किनिएको पाल्तु कुकुर हो भनेर हामी त्यहीँ लखेट्ने छौँ।’

सार्वजनिक रुपमा न्यौपानेले जुत्ता हान्दै पार्टीबाट लखेट्ने भनेर बोलेका थिए। उनले भनेको भन्दा विपरीत निर्णय प्रचण्डले लिएपछि न्यौपानेले सामाजिक सञ्जालमार्फत् आधिकारिक नभएको भन्दै विरोध जनाएका थिए।

एमसीसीको यस्तै चर्को विरोध गर्ने प्रमुख सचेक देव गुरुङलाई समेत अप्ठ्यारोमा पारेको छ। उनले पार्टीको निर्णय मानेपनि एमसीसीको विपक्षमा आफ्ना कुरा राखिरहेका छन्। एमसीसीविरुद्ध उभिएका अरु नेताहरुले उत्तेजक ढंगले सार्वजनिक अभिव्यक्ति नदिएकाले त्यति गाह्रो देखिएको छैन।

प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  २०:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
भोटेकोशी बाढीको चौथो दिन: प्रधानमन्त्री बालेनले सुनाए बाढी प्रभावित क्षेत्रमा सरकारले गरेका कामको फेहरिस्त बाढीबाट विस्थापित करिब ३ हजार ५०० जनाका लागि अस्थायी आवासको व्यवस्था गरिएको छ। रसुवा, नुवाकोटलगायत प्रभावित क्षेत्रमा राहत शिविर सञ्... शनिबार, भदौ १३, २०८३
नेपाली काँग्रेस फुटउन्मुख, डा. शशांकद्धारा महाधिवेशनको छुट्टै कार्यतालिका ल्याउने घोषणा १५ औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन्। शनिबार, भदौ १३, २०८३
विपद्पछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग लिने सरकारको तयारी, दाता सम्मेलनको संकेत परराष्ट्र मन्त्रालयको प्रेस ब्रिफिङमा शनिबार मन्त्री खनालले पूर्वाधार, सडक सञ्जाल, पुल तथा जलविद्युत् आयोजनालगायतका क्षेत्रमा व्यापक... शनिबार, भदौ १३, २०८३
ताजा समाचारसबै
मियामीको जितमा मेसीको ४ गोल आइतबार, भदौ १४, २०८३
बाढीमा हराएका व्यक्तिहरूको पोस्टरले भरिन थाले अस्पतालका भित्ता (तस्बिर) आइतबार, भदौ १४, २०८३
कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध आइतबार, भदौ १४, २०८३
स्वास्थ्यमन्त्री भन्छिन्– शव गाड्नु नष्ट गर्नु होइन, संरक्षण गर्नु हो आइतबार, भदौ १४, २०८३
भोटेकोशी बाढी प्रभावितका लागि एमएडब्लू ग्रुपद्वारा १ करोड ११ लाख सहयोग आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध आइतबार, भदौ १४, २०८३
भोटेकोशी बाढीको चौथो दिन: प्रधानमन्त्री बालेनले सुनाए बाढी प्रभावित क्षेत्रमा सरकारले गरेका कामको फेहरिस्त शनिबार, भदौ १३, २०८३
चौधरी फाउन्डेसन र नबिल बैंकका अध्यक्षद्वारा बाढी प्रभावित समुदायका लागि बहुचरणीय राहत तथा पुनर्स्थापना कार्यक्रमको घोषणा शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्