• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

भारतबाट ९ लाख मेट्रिक टन मल ल्याउने सम्झौता, नाकामै थन्कियो चीनबाट आउने मल

64x64
डुक्पा छिरिङ मोक्तान मंगलबार, फागुन १७, २०७८  ०७:०८
1140x725

काठमाडौं–  खेती गर्ने बेला सधैं मलको हाहाकार खेप्दै आएका बेला सरकारले भारतबाट रासायनिक मल ल्याउने सम्झौता गरेको छ। सोमबार नेपाल सरकार र भारतबीच सरकारस्तरीय (जीटुजी) प्रक्रियाबाट आगामी पाँच वर्षका लागि रासायनिक मल ल्याउने सम्झौता भएको हो। 

सोमबार कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मा र भारत सरकारको तर्फबाट रसायन तथा मलखाद मन्त्रालयका सचिव राजेशकुमार चतुर्वेदीले भर्चुअल रुपमा आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौताअनुसार भारत सरकारले पाँच वर्षको लागि नेपाललाई  युरिया र डिएपी मल उपलब्ध गराउनेछ। 

ग्लोबल टेन्डरबाट मल खरिद गर्दा पाँच छ महिना लाग्ने भएकाले जीटुजी प्रक्रियाबाट मल ल्याउने सम्झौता गरेको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए। पहिलो चरणमा करिब डेढ लाख मेट्रिक टन रासायनिक मल ल्याइनेछ, जसमध्ये एक लाख टन युरिया र ५० हजार टन डिएपी हुनेछ। टेन्डर प्रक्रियाबाट मल नआउँदा मर्कामा परेका किसानका लागि जीटुजी प्रक्रियाबाट मल ल्याउन लागेको उल्लेख गर्दै उनले भने, ‘पाँच वर्षको लागि बार्षिक सम्झौता भएको छ। पहिलो चरणमा एक लाख ५० हजार मेट्रिक टन मल ल्याइनेछ।’

मन्त्रालयका अनुसार सम्झौताअन्तर्गत् भारतबाट पाँच वर्षमा ५ लाख ६५ हजार मेट्रिक टन युरिया र ३ लाख ७० हजार मेट्रिक टन डिएपी मल आउनेछ। यो वर्ष (सन् २०२१/२२ मा) युरिया एक लाख मेट्रिक टन र डिएपी ५० हजार टन आउनेछ। २०२२/२३ मा एक लाख १० हजार मेट्रिक टन युरिया र ६० हजार मेट्रिक टन डिएपी, २०२३/२४ मा एक लाख १५ हजार मेट्रिक टन युरिया र ८० हजार टन डिएपी, २०२४/२५ म एक लाख २० हजार मेट्रिक टन युरीया र ९० हजार टन डिएपी तथा २०२५/२६ मा पनि एक लाख २० हजार मेट्रिक टन युरिया र ९० हजार टन डिएपी मल ल्याउन लागिएको मन्त्रालयले जानकारी दिएको छ।  

दुई वर्षअघि तत्कालीन कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालको पालामा अघि बढेको सम्झौता कोरोना महामारीका कारण प्रभावित भएको थियो। सम्झौता भएको मल आउँदो चैते धान, गहुँको लागि आइपुग्ने सञ्जेलले बताए। 

चीनतर्फबाट आएको मल भने नाकामै थन्कियो 
किसानको मल अभावलाई सम्बोधन गर्न भारतबाट चाँडै मल आउने टुंगो लागिरहँदा उत्तरी छिमेक, चीनतर्फबाट भने समयमै मल आपूर्ति नहुँदा किसानले चैते धान र गहुँका लागि मल पाउने सम्भावना न्यून छ।

कृषि सामग्री कम्पनीले यसअघि चीनबाट रासायनिक मल आयात गर्न ठेक्का सम्झौता गरेको थियो। सो सम्झौताअनुसार कम्पनीले चीनबाट ल्याउन लागेको ५५ हजार मेट्रिक टन डिएपी र ५८ हजार ५३५ मेट्रिक टन युरियासमेत गरेर कुल एक लाख १३ हजार ५३५ मेट्रिक टन मल चिनियाँ नाकामै थन्किएको छ। 

चिनियाँ नीतिका कारण आउन लागेको मल उत्तरी नाकामा थन्किएको र चिनियाँ नीतिले गर्दा मल आयात गर्न समस्या भएको कृषि सामग्री कम्पनीका निमित्त प्रमुख राजेन्द्रबहादुर कार्कीले बताए। ‘हाम्रोमा अधिकांश मल चीनबाट ल्याउने गरी ठेक्का सम्झौता भएको थियो। तर, उसको नीतिको कारणले गर्दा समस्या भएको हो,’ उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

कम्पनीले ल्याउन लागेको मल मध्ये रुसबाट ७ हजार मेट्रिक टन पोटास, इजिप्टबाट २५ सय मेट्रिक टन डिएपी मल भने यही महिना आयात भइसक्ने कम्पनीले जनाएको छ। हाल कृषि सामग्री कम्पनीसँग ६३८ मेट्रिक टन युरिया, ७५ मेट्रिक टन डिएपी र २८५ मेट्रिक टन पोटास गरेर ९९८ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको कार्कीले बताए। 

मल किन्न बजेट अभाव, सिजनमा सधैं मल अभाव 
चालू आर्थिक वर्षमा रासायनिक मल खरिदका लागि सरकारले १५ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराएको थियो। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले यो बजेटबाट तीन लाख नौ हजार टन मल खरिद गर्न सक्ने आकलन गरी कृषि सामग्री कम्पनीलाई दुई लाख नौ हजार मेट्रिक टन र साल्ट ट्रेडिङलाई एक लाख टन खरिदको स्वीकृति दिएको थियो। 

मन्त्रालयले रासायनिक मल किन्न थप १३ अर्ब २० करोड बजेट मागेकोमा अर्थ मन्त्रालयले ९६ करोड रुपैयाँ मात्र दिएको छ। सरकारले दुई लाख नौ हजार मेट्रिक टन मल खरिद गर्न भनेपनि रकम अपुग भएपछि एक लाख ९७ हजार मेट्रिक टन मल मात्र आयात गर्न लागेको कार्कीले बताए। 

अहिले नेपालमा बार्षिक ५ लाख मेट्रिक टन रासायनिक मल आवश्यक छ।  कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पाेरेसनले स्थानीय सहकारीमार्फत किसानलाई मल बिक्री गर्दै आएका छन्। अहिले साल्ट ट्रेडिङसँग मलको मौज्दात रित्तिएको छ। 

Xtrem

Xtrem

कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्र राय यादवले अहिले गहुँ किसानलाई एकैचोटि मल आवश्यक भएकाले समस्या आएको बताए। सरकारले खरिद गरेको मल चीन सरकारको नीतिका कारण त्यहाँबाट आउन सक्ने अवस्था नरहेको उल्लेख गर्दै उनले भने, ‘हामीले धेरै प्रयास गर्यौं, तर चीनतर्फबाट मल आउन सकेन।’

नेपालमा रासायनिक मल कारखाना स्थापनाको चर्चा पनि चल्दै आएको छ। मन्त्री यादव कारखाना खोल्नको लागि लगानी बोर्डमा केही प्रस्तावहरु पेश भइसकेको बताउँछन्। 

पछिल्लो समय अन्तराष्ट्रिय बजारमा मलका लागि आवश्यक कच्चा पदार्थको मुल्य अत्यधिक बढेकाले माग अनुसारको मल आपुर्ति गर्न नसकेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले बताए। उत्पादक कम्पनीहरुले नै कच्चा पदार्थ नपाएकाले बजारमा मलको समस्या झन् बढेको उनको भनाई छ। 

प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७८  ०७:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डुक्पा छिरिङ मोक्तान
लेखकबाट थप
अपर तामाकोशी र एमसीसी परियोजनाले थातथलो छाड्नुपर्ने चिन्ता
हिमाल आरोहण दलको नेतृत्व गर्ने मायाको अबको रहर– गाउँपालिकाको नेतृत्व
एमसीसी परियोजनामा जग्गाप्राप्ति र वातावरणीय प्रभाव मूल्यांकनको काम सुरु, सडकमा नयाँ प्रविधि भित्रिँदै
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्