• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, वैशाख २८, २०८२ Sun, May 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
माओवादी–समाजवादीलाई एमसीसीको पक्षमा ‘यूटर्न’ गराउने त्यो कारण  
64x64
वीरेन्द्र ओली आइतबार, फागुन १५, २०७८  २२:५२
1140x725

काठमाडौं– राजनीतिक नेतृत्वले राजनीति, समाज र अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत हदैसम्म गिजोल्नेगरी अति विवादित बनाएको अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता संसद्‌बाट अनुमोदन भएको छ। आइतबार एकै दिन दुई पटक बैठक बसेको प्रतिनिधि सभाले (ध्वनि मतको) बहुमतबाट एमसीसी सम्झौता अनुमोदन गरेको हो। र, यो अनुमोदनमा सबभन्दा अर्थपूर्ण बन्यो, सत्तागठबन्धनका दुई घटक नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले अन्तिम घडीमा गरेको आफ्नै अडानसँग विरोधाभाष हुने निर्णय।

यो किन पनि हो भने माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीको प्रखर विरोधी बनेर उभिएका थिए। एमसीसी सम्झौताको पक्षमा उभिनै नसक्ने, बरु सरकारबाट बाहिरिने घोषणा गरिरहेका थिए। सम्झौताको बिरोधमा सडकमा कार्यकर्ता उतारेका थिए। र, सरकार, सदन र सडक तीनवटै मोर्चाबाट एमसीसी सम्झौताको प्रतिवाद गर्ने चेतावनी दिइरहेका थिए। सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस मात्र थियो जो सम्झौता अविलम्ब अनुमोदन गर्नुपर्ने पक्षमा देखिएको थियो। गठबन्धनको अर्को घटक, जनता समाजवादी पार्टी (जसपा) दुई धारमा विभाजित भइ अनिर्णित रहे पनि र राष्ट्रिय जनमोर्चाले सुरुदेखि सम्झौता खारेज हुनुपर्ने मत राख्दै आएपनि प्रमुख सवाल माओवादी केन्द्र र एकीकृत समाजवादीमै अडिएको थियो। 

माओवादी केन्द्र र एकीकृत समाजवादी सम्झौताको विपक्षमा उभिँदा सत्तागठबन्धनबाट यो अनुमोदन हुनै सक्दैन्थ्यो। त्यसले बरु सरकार नै अल्पमतमा परेको अर्थ लाग्थ्यो। र, यही अवस्था आउनै लागेको आकलन गरेर प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष नेकपा एमालेसँग सहकार्यको हात बढाइसकेका थिए। तर, आइतबार बिहानसम्म आइपुग्दा परिस्थिति फेरियो। माओवादी केन्द्र र एकीकृत समाजवादी सम्झौता अनुमोदन गर्ने निर्णयमा पुगे। प्रधानमन्त्री देउवाले एमालेसँग सहकार्यको ‘विकल्प’ रोज्नु परेन। आखिर के कारण थियो जसले माओवादी र एकीकृत समाजवादीलाई यस्तो ‘यूटर्न’ गरायो? अनि त्यो के कारण थियो जसले एमालेसँग सहकार्यको हात बढाएका प्रधानमन्त्री देउवालाई त्यहाँ पुग्नबाट रोक्यो?

माधवको पार्टी सिद्धिने र माओवादी सडकमा पुग्ने त्यो त्रास
खासमा माओवादी र एकीकृत समाजवादी एमसीसी सम्झौता संसद्‌मा टेबलसम्म गर्न नदिने पक्षमा थिए। तर, एमालेसँग सहकार्यको हात अघि बढाउने प्रधानमन्त्री देउवाको ‘रणनीतिक मूभ’ले उनीहरुलाई सम्झौता टेबल गर्न राजी हुने अवस्थामा पुर्याएको थियो।

तर, टेबल भइसकेपछि यो स्वाभाविक प्रक्रियामा जान पाएन। त्यसको कारण थियो, माओवादी र एकीकृत समाजवादीकै यथास्थितिमा सम्झौताको विपक्षमा उभिने निर्णय। माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई यसमा आफ्ना पार्टीभित्र एमसीसी विरोधीको चर्को आवाजले चेपुवामा पारेको थियो। त्यही भएर उनीहरु पार्टीमा चर्का एमसीसी विरोधी कुरा गर्थे, गठबन्धन बैठकमा भने गोलमटोल कुरा गर्थे। यो अवस्था भने धेरै दिन चल्नेवाला थिएन। किनभने, अमेरिका फागुन १६ भित्र सम्झौता अनुमोदन गर्न समयसीमा तोक्दै दबाबकै तहमा ओर्लिएको थियो।

एकातिर अमेरिकासँगको सम्बन्ध बिग्रन सक्नेगरी देखिएको जोखिम, त्यहीबीचमा द्विपक्षीय यो मामिलामा आक्रामक खेलाडीका रुपमा देखिन थालेको उत्तरी छिमेकी चीनका सार्वजनिक अभिव्यक्ति अनि गठबन्धन भित्रकै यस्तो रमिताले प्रधानमन्त्री देउवाको चिडचिडाहट बढ्नु स्वाभाविकै थियो। त्यहीकारण उनले फेरि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्यका लागि संवाद तीब्र बनाए। आफ्नो पार्टी (नेपाली कांग्रेस)का नेताहरुमार्फत् उनले एमसीसीको विपक्षमा उभिने हो भने सरकारबाट बाहिरिन सार्वजनिक दबाब दिन लगाए। र, गठबन्धन तोडेरै भए पनि आफूले एमसीसी सम्झौता अनुमोदन गर्ने प्रष्ट सन्देश दिए।

यतिञ्जेल पनि माओवादी र एकीकृत समाजवादी यो विषयलाई अल्झाइरहने रणनीतिमै थिए। तर, एमालेसँगको संवादमा जब देउवा एमालेको मागबमोजिम सभामुखलाई हटाउन र एकीकृत समाजवादीका १४ सांसदको पद रिक्त गर्न तयार भएको सन्देश प्रवाह भयो, परिस्थिति फेरियो। ‘हामी माओवादी र एकीकृत समाजवादी एमसीसी अनुमोदन गर्नुहुन्न भन्नेमा दृढ थियौं। एमसीसीविरुद्ध उभिएरै चुनावी मुद्दा बनाउने हाम्रो लक्ष्य थियो’, अध्यक्ष प्रचण्डनिकट माओवादीका एक नेताले आइतबार साँझ नेपाल लाइभसँग भने, ‘तर, कांग्रेस र एमालेबीच सहकार्य भएर एमसीसी अनुमोदन हुने स्थिति भयो। त्यति भएर पनि केही थिएन, हामीले धेरै भए सरकार त छाड्नुपर्ला भन्ने थियो। तर, अवस्था त्योभन्दा भयानक बनिसकेको रहेछ।’

उनले सभामुख अग्निप्रसाद सापकोटालाई महाभियोग लगाएर हटाउने र एकीकृत समाजवादीका १४ सांसदको पद रिक्त गर्ने कांग्रेस र एमालेबीच हुनलागेको भनिएको समझदारी माओवादी र एकीकृत समाजवादी दुबै पार्टीलाई सिध्याउने डिजाइनअन्तर्गत् भएको बुझेपछि परिस्थिति फेरिएको दाबी गरे। ‘पार्टीको अस्तित्व नै मेट्ने षडयन्त्रअन्तर्गत् यो सब भइरहेको बुझेपछि हामीले सुझबुझपूर्ण निर्णय लियौं’, उनको दाबी छ। यद्यपि एमससी सम्झौता अनुमोदन गर्ने निर्णयविरुद्ध यी दुवै पार्टीमा औपचारिक असन्तुष्टि र फरक मर्त दर्ज भएको छ। नेताहरुले सार्वजनिक रुपमा मात्र होइन, संसद्‌मै समेत त्यसलाई दर्ज गराएका छन्।

Ncell 2
Ncell 2

एकीकृत समाजवादीका प्रवक्ता समेत रहेका उपमहासचिव जगन्नाथ खतिवडाले पार्टीले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरे पनि धेरै नेता त्यसमा सहमत नरहेको बताए। उनले भने, ‘पार्टीको निर्णय भएकाले स्वीकार नगर्ने कुरा भएन, तर असन्तुष्टि धेरै छ र त्यसको असर पार्टीमा विस्तारै देखिन सक्छ।’ सत्ता गठबन्धनमा सहभागी अन्य दलको दबाबमा यो निर्णयमा पुग्नुपरेको उल्लेख गरे। 

खासमा माओवादी र एकीकृत समाजवादीलाई एमसीसी सम्झौता स्वीकार्न सहज बनाउने उपायको खोजी केही दिनदेखि भएको थियो। कांग्रेस महामन्त्री गगनकुमार थापा, माओवादी नेता शक्तिबहादुर बस्नेत तथा एकीकृत समाजवादीका नेताहरु रामकुमारी झाँक्री र जीवनराम श्रेष्ठसँगै अन्तर्राष्ट्रिय कानुनका जानकार गोविन्द बन्दीले एमसीसी सम्झौतासँगै संसद्‌बाट व्याख्यात्मक घोषणासमेत अनुमोदन गर्नेगरी अगाडि बढाएको छलफलले अन्ततः माओवादी र एकीकृत समाजवादीलाई यो विन्दुमा ल्याइपुर्‍याएको थियो। आइतबार प्रतिनिधि सभाबाट एमसीसी सम्झौतासँगै १२ बुँदे व्याख्यात्मक घोषणा पनि अनुमोदन भएको छ।

अनि देउवाको त्यो भय
गठबन्धनको प्रमुख घटक कांग्रेसका नेताहरुमात्र होइन, अन्य घटकहरु माओवादी र एकीकृत समाजवादीका नेताहरुकै दाबी पत्याउने हो भने पनि प्रधानमन्त्री देउवा एमसीसी सम्झौता अनुमोदन गर्ने विकल्पमा निकै अघि बढिसकेका थिए। जब कांग्रेस र एमालेबीचको संवाद निर्णायक चरणमा पुगेको भनिँदै थियो, एक त एमालेको प्रष्ट आश्वासन प्रधानमन्त्री देउवाले पाइरहेका थिएनन्। त्यसमाथि एमालेले अघि सारेका सर्तले देउवालाई पनि झस्कायो।

सभामुख हटाउने र एकीकृत समाजवादीका १४ सांसदको पद रिक्त गर्ने निर्णय लिन त देउवा तयार नै देखिएका थिए भलै १४ सांसदसम्बन्धी निर्णय सर्वोच्च अदालतको हातमा पुग्ने निश्चित किन नहोस्। तर, त्यसपछिको परिस्थितिको आकलनले उनलाई झस्काएको थियो। ‘राष्ट्रपति एमालेकै, सभामुख पनि एमालेकै हुने स्थिति त यसले देखाएकै थियो’, कांग्रेसका एक नेता भन्छन्, ‘ओलीले चुनावी सरकारको नेतृत्व पनि एमालेलाई दिनुपर्ने सर्त थप्दा स्थिति सहज भएन।’

shivam cement

shivam cement

एकीकृत समाजवादीका एक नेता भने देउवाले गठबन्धनमा दबाब बढाउनकै लागि रणनीतिक रुपले ओलीसँग संवाद अघि बढाएको बताउँछन्। तर, यो सबै घटनाक्रममा माओवादी अध्यक्ष प्रचण्डको भूमिका नै निर्णायक देखिन्छ, एमसीसीलाई गिजोल्न र अनुमोदन गर्न पनि। उनी निकट एक नेताको भनाइले प्रचण्डले ठूलो विरोधमा रहेको पार्टी पंक्तिलाई कसरी एमसीसीको पक्षमा ल्याए भन्ने देखाउँछ। ती नेताले आइतबार साँझ नेपाल लाइभसँग भने, ‘ओलीको प्रतिगमनभन्दा अझ ठूलो प्रतिगन हुने खतरा भयो। माधव नेपालको पार्टी सिध्याउने, सभामुख हटाउने र प्रधानन्यायाधीशविरुद्धको महाभियोग उल्ट्याउनेदेखि शान्ति प्रक्रियालाई उल्ट्याएर माओवादीलाई संकटमा पार्ने षड्यन्त्र भयो। हामीले लडेर ल्याएका उपलब्धी सबै उल्टिने खतरा भएपछि हामी यो बाटोमा आयौं।’

प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  २२:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित गत १९ वैशाखमा बसेको संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए... आइतबार, वैशाख २८, २०८२
राष्ट्रपति र उपराष्ट्रपति कार्यालयमा एउटै कर्मचारी व्यवस्था गर्नुपर्ने कांग्रेस सांसद खतिवडाको सुझाव सरकारको आगामी आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै उनले खर्च कटौतीका लागि राष्ट्रपति र उपराष्ट्रपति कार्यालयक... आइतबार, वैशाख २८, २०८२
प्रेम सुवालले भने : प्रधानमन्त्रीज्यू! जनताको बहुदलीय जनवाद पुँजीवादी सरकारमा जाने भर्‍याङ मात्र हो ? प्रतिनिधिसभाको आइतवारको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएका प्रधानमन्त्री ओलीसँग स्पष्टीकरण माग गर्दै सांसद सुवा... आइतबार, वैशाख २८, २०८२
ताजा समाचारसबै
गर्मी बढेसँगै सर्पको बिगबिगी आइतबार, वैशाख २८, २०८२
भुसमुनि भेटियो ७२ लाखको सामान आइतबार, वैशाख २८, २०८२
गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा आइतबार, वैशाख २८, २०८२
सिरियामा चार दिनदेखि डढेलो, नियन्त्रणमा चुनौती आइतबार, वैशाख २८, २०८२
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी आइतबार, वैशाख २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
अमेरिकी विदेशमन्त्रीले भारतीय विदेशमन्त्री र पाकिस्तानी सेना प्रमुखलाई यस्तो भने शनिबार, वैशाख २७, २०८२
भारत–पाकिस्तानबीच युद्धविराम शनिबार, वैशाख २७, २०८२
आफै अमेरिका छाड्न चाहने अवैध आप्रवासीले अब बोनस पाउने आइतबार, वैशाख २८, २०८२
पाकिस्तानमा एमबीबीएस र अन्य विषय अध्ययनरत नेपालीले भने, ‘नेपाल सुरक्षित फर्कन चाहन्छौं’ शनिबार, वैशाख २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्