• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ ४, २०८२ Sun, May 18, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
डाक्टरले बनाएको ‘भाइरल घर’ : फोटो र भिडियो खिच्नेको भिडले बस्नै छाडे
रिता लम्साल सोमबार, फागुन २३, २०७८  ०७:०६
1140x725

काठमाडौं– चितवनको ठिमुरास्थित नारायणी किनारामा एउटा सुन्दर घर छ। पुरानो शैलीको छानो, बार्दली, पुराना शैलीका झ्याल र ढोका। ठाउँ–ठाउँमा लाल्टिन तथा थुन्छे राखिएको छ।

झट्ट हेर्दा नेपालका ग्रामीण बस्तीहरुमा बिजुली बत्ती पुग्नुअघि बनाइनेजस्तै घर छ। उहिले रातोमाटो र कमेरो लगाइए जस्तै, रातो र सेतो रङको मिश्रणले घरको मौलिक स्वरूपलाई दुरुस्तै देखाएको छ। 

२०७२ सालको भूकम्पपछि ग्रामीण बस्तीहरुमा समेत पुराना शैलीका घर हराउँदै गएका छन्। ढलान गरिएका आरसीसी घरले पुराना शैलीका घरहरुको ठाउँ लिएका छन्। तर, यो घरले त्यही पुरानो समयलाई सम्झाइरहेको छ।

अहिले यसले नयाँ नाम पाएको छ– भाइरल घर।

यो घर पछिल्लो समय सामाजिक सन्जालमा खुब छायो। यहाँ पुगेर टिकटिक बनाउनेहरूका कारण घर भाइरल भयो। 

हामी ‘भाइरल घर’मा पुग्दा आँगन, पिँढी, बार्दली सबैतिर मानिसहरुको भिड थियो। कोही टिकटक बनाउँदै थिए। कोही भिडियो र फोटो लिँदै थिए।

को हुन्, यस्तो भाइरल घर बनाउने व्यक्ति?

उनी हुन्, अर्थोपेडिक्स सर्जन डा. प्रमोद लामिछाने। डा. लामिछानेको पुर्ख्यौली घर लमजुङ हो। तर, त्यहाँको घर २०७२ सालको भूकम्पले भत्कायो। अनि, त्यही शैलीमा ठिमुरामा नयाँ घर बनाए। उनको नयाँ घर अहिले ‘पर्यटकीय’ बनेको छ। तर, उनले गाउँको घर बिर्सिन नसकेकाले मात्र पुरानो शैलीमा बनाएका थिए।

Ncell 2
Ncell 2

‘खासमा यो घर बस्नको लागि बनाएको थिएँ, टिकटकमा भाइरल भयो। अहिले मान्छेहरु आउँछन्, हेर्छन्, टिकटक बनाउँछन्,’ डा. लामिछानेले भने, ‘चिकित्सा पेसाले मात्र होइन, घरले पनि चिनिएको छु, खुसी लाग्छ।’

घर भाइरल भएपछि हेर्ने मानिसहरुको भिड बढ्दै गयो। त्यसपछि डा. लामिछानेले यो घरलाई पर्यटकका लागि खुला गरे। ‘परिवार, बच्चाहरु भ्याकेसनमा आएर बस्थे, म बिहान बेलुका आउने गरेको थिएँ,’ उनले भने, ‘धेरै पर्यटकहरु घर हेर्न आउन थालेपछि डिस्टर्ब भयो, त्यसपछि बस्न छाडिएको छ।’

यो घर बनावटको शैली मात्र पुरातन छैन, पराम्परागत सामान पनि राखिएको छ। नेपालका मौलिक वस्तुहरु ढिकी, जाँतो, खुर्पेटो, मादल, सारंगी देख्न पाइन्छ। तर, यो घर ढुंगामाटोले बनेको भने होइन। कंक्रिटले बनेको घरको डिजाइन मात्र परम्परागत छ। यस घरलाई करिब ४० लाख रुपैयाँ खर्च गरेर बनाएको डा. लामिछानेले बताए। 

‘भाइरल घरको डाक्टर भनेर चिनिदा कस्तो लाग्छ?’ घरको अवलोकन पछि हामीले सोध्यौं।

shivam cement

shivam cement

‘यो घरले मलाई एकैपटक ह्वात्तै प्रचारमा ल्याएको हो। तर, म १० वर्षको मिहिनेत र लगनशीलताले यसअघि नै चिनिएको हुँ। मलाई अस्पतालले एउटा डाक्टरको रूपमा चिनाएको हो,’ उनले भने, ‘घरको आफ्नै पहिचान छ, कसको घर भन्दा बल्ल मेरो नाम आउँछ।’

भाइरल घरको कारण भन्दा पनि बिरामीको सेवा गरेर चिकित्सकको रुपमा चिनिन पाउँदा खुसी लाग्ने उनले सुनाए। ‘मलाई आफ्नो चिकित्सा पेसा नै प्यारो लाग्छ,’ उनले भने, ‘हड्डी टुक्राटुक्रा भएका बिरामीलाई निको पार्ने डाक्टर भनेर चिनिँदा खुसी हुन्छु।’

स्कुल पढ्दा सधैं प्रथम
डा. लामिछाने लमजुङमा २०३८ सालमा जन्मिएका हुन्। उनको स्कुले जीवन भने कहिले पोखरा त कहिले लमजुङ गर्दै बित्यो। उनले लमजुङको भक्ति नमूना माविबाट एसएलसी उत्तीर्ण गरे। 

बाल्यकालमा लामिछाने चुलबुले स्वभावका थिए। आमाबुबाले पोखरामा बोर्डिङ स्कुलमा भर्ना गराएका थिए। ५ कक्षसम्म बोर्डिङ पढेपछि ६ र ७ कक्षा नपढाइ सरकारी विद्यालयमा ८ कक्षामा भर्ना गरियो। त्यतिबेलासम्म पढ्नुपर्छ भन्ने भावनाको विकास भयो।

आफ्नो स्कुले जीवनमा र चिकित्साशास्त्र पढ्दा पनि कतै शुल्क तिर्नु नपरेको उनी बताउँछन्। स्कुल पढ्दा कक्षामा कहिल्यै दोस्रो भएनन्। ‘स्कुल पढ्दादेखि एमबीबीएस, एमएस गर्दा कहिल्यै पैसा तिर्नु परेन,’ लामिछानेले गर्वका साथ सुनाए, ‘स्कुल पढ्दा म सधैं फस्ट भएको भएर, एमबीबीएस सरकारको छात्रवृत्ति भयो, एमएस गर्दा केयुमा पढ्न बी एण्ड बीले छात्रवृत्ति दियो।’

स्कुल पढ्दासम्म लामिछानेलाई भविष्यमा के बन्ने भन्ने कुनै योजना थिएन। उनी राम्रो पढ्ने र स्कुलमा सधैं प्रथम हुने भएकाले उनका बुबाले भने डाक्टर बनाउने सपना बनाएका थिए। बुबाकै सपना र अध्ययन क्षमताले लामिछाने चिकित्सा शिक्षा अध्ययन गर्न प्रेरित भए।

‘डा. उपेन्द्र देवकोटाहरुले पढेको, काम गरेको देखिरहनुभएको बुबाले, डाक्टर नै बनाउने सोच गर्नु भएछ,’ डा. लामिछानेले भने, ‘पढ्दै गएपछि आफूलाई पनि डाक्टर नै बन्न मन लाग्यो।’

उनले एसएलसी उत्तीर्ण गरेपछि काठमाडौंको लैनचौरस्थित नेसनल स्कुल अफ साइन्सेसमा कक्षा ११ र १२ पढे। त्यसपछि एक वर्ष घरमै बसेर एमबीबीएस अध्ययनको तयारी गरे। अनि भरतपुरको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) बाट सन् २००० मा एमबीबीएस अध्ययन सुरु गरे। एमबीबीएस अध्ययनपछि करिब तीन महिना पुरानो मेडिकल कलेजमै चिकित्सा अभ्यास गरे।  त्यसपछि अपांग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्रमा १० महिना काम गरे।

उनले काठमाडौं विश्वविद्यालय अन्तर्गत बी एण्ड बी अस्पताल र बाल पुर्नस्थापना केन्द्र बनेपाबाट एमएस अर्कोपेडिक्स अध्ययन गरे। त्यतिबेला एमबीबीएस अध्ययन गरेकाहरु अमेरिका जाने गर्थे। डा लामिछाने पनि अमेरिका जाने प्रयासमा थिए। उनको कार्यक्षेत्र अपांग  बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रमा थियो। जसले उनलाई अर्थोपेडिक्स पढ्नुपर्छ भन्ने सोचको विकास गरायो। त्यसपछि अमेरिका जाने प्रक्रिया त्याग गरे। 

डा. लामिछाने सन् २०१० देखि चितवनमा छन्। उनले चिकित्सा शिक्षामा स्नातकोत्तर अध्ययन पूरा गरेपछि चितवनमा आफैले अस्पताल सञ्चालन गरेर बसेका हुन्।

श्रीमती गहना  बेचेर अस्पतालमा लगानी
एमएसको अध्ययन पूरा गरेको करिब आठ महिनापछि लामिछानेले चितवनमा ‘एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर’ स्थापना गरे। अस्पताल सञ्चालन गर्दा श्रीमतीको गहना नै बेचेर स्वास्थ्य सामग्री खरिद गरेको डा. लामिछानेलाई अझै स्मरण छ। ‘धेरै दुःख गरेर यो ठाउँसम्म आइपुगेको हो,’ उनले भने, ‘त्यतिबेला श्रीमतीको गहनासमेत बेचेर हस्पिटलको सामान किनेका थियौं।’  

आफैंले सञ्चालन गरेको अस्पतालमा रहेर १० वर्षदेखि बिरामीको सेवामा खटिएका डा. लामिछानेसँग बिरामीसँग जोडिएका अनेकन अनुभव छन्। उनले हाडजोर्नी तथा नशा रोग सम्बन्धी सामान्य तथा जटिल शल्यक्रिया धेरै पटक गरेका छन्। अस्पताल स्थापनाकालदेखि हालसम्म करिब १८ हजार जटिल शल्यक्रिया गरिसकेको उनी बताउँछन्।

उनले विशेषगरी दुर्घटनामा परेका अर्थोपेडिक्स केसहरु, घाँटीभन्दा मुनिका भागहरु भाँचिएको, ठूला–ठूला घाउ तथा चोटपटक लागेको, नशा चुडिएको, रगत बग्ने, ढाडका नशा च्यापिएको, ढाड भाँचिएका लगायतकाको उपचार गर्दै आएका छन्। 

अपांगताको समस्या भएका व्यक्तिहरुको उपचार र शल्यक्रिया सेवा पनि च्यारिटीमार्फत गर्ने गरेको उनले सुनाए। १० वर्षमा हजारौं बिरामी हेरेका डा. लामिछाने केही बिरामीको उपचारका केसहरुलाई आफ्नो कार्यको सन्तुष्टिपूर्ण क्षण मान्छन्।

‘सम्झान लायक केसहरु भन्नुपर्दा विदेशमा गएर उपचारमा लागेर आर्थिक अवस्थाले धान्न नसकेर नेपाल फर्किएकाहरु, खुट्टा काट्नुपर्छ भनिएका बिरामीलाई खुट्टा नकाटी उपचारमार्फत हिड्न सक्ने बनाइएको केसहरु धेरै छन्,’ डा. छामिछानेले भने, ‘आठ वर्षदेखि ओछ्यानमा थलिएका बिरामीको उपचार गरेर काम गर्न सक्ने बनाइएको थियो। भरतपुर महानगरमा गोली काण्ड हुँदा खुट्ना छिन्ने अवस्थाका व्यक्तिलाई तीन वर्षसम्म उपचार गरेपछि अहिले अटोरिक्सा लचाइरहेका छन्। यस्तो थुप्रै घटनाहरु सम्झदा खुसी लाग्छ।’

यसरी बनाए भाइरल घर र रिसोर्ट
डा. लामिछानेको चितवनमा अस्पताल मात्र होइन, भाइरल घरसँगै ठूलो रिसोर्ट पनि छ। उनको भाइरल घर र रिसोर्ट ठिमुरामा छ। तर, ठिमुरामा जग्गा किन्दै गर्दा त्यहाँ  अपांगता भएकाहरुका लागि पुर्नस्थापना केन्द्र बनाउने सोच बनाएका थिए।

उनकी श्रीमतीले जग्गा देखेपछि ठिमुरामा पुर्नस्थापना केन्द्र भन्दा पनि रिसोर्ट बनाउन उपयुक्त हुने सुझाइन्। श्रीमतीकै चाहना र संलग्नतामा रिसोर्ट बनाउन थाले। उक्त रिसोर्ट भाइरल घरसँगै छ। 

तर, रिसोर्टको निर्माण योजना बनाएकी उनकी श्रीमति भने रहिनन्। ‘रिसोर्ट बनाउन थालेको एक–डेढ वर्षपछि दुर्भाग्यबस् श्रीमतीलाई क्यान्सर देखियो, उपचार सम्भव भएन,’ डा लामिछानेले सुनाए, ‘म भए पनि नभए पनि रिसोर्ट कम्प्लिट गर्नू भन्थिन्, उसैको चाहना पूरा गर्न यो बनाएँ। श्रीमतीले देख्न त पाउनुभएन, तर मैले उहाँको सपनालाई पूरा गरेँ।’

डा. लामिछानेको दुखान्त कहानीबारे जानकारी पाउनेहरु ठिमुरा रिसोर्टलाई नियाल्दै भन्ने गर्छन्, ‘मुमताजले बनाएको ताजमहल अथवा खड्गशमशेरको ताजमहलजस्तै डा लामिछानेले भाइरल घर र रिसोर्ट बनाएका छन्। यो उनको प्रेमको प्रतीक हो।’

क्यान्सर भएकी श्रीमतीलाई बाँचुन्जेल खुसी राखे
डा. लामिछानेले एमएस सकिएलगत्तै विवाह गरेका गरेका थिए। उनकी श्रीमती पनि चिकित्सक नै थिइन्। 

२०७३ माघदेखि श्रीमती एक्कासी दुब्दाउदै गइन्। खान रुच्न छाड्यो। चिकित्सक नै भएकाले सुरुसुरुमा डाइटिङ गरेर तौल घटाएको होला भन्ने पर्‍यो। तर, एक दिन छोरासँग खेल्दैगर्दा पेटमा चोट लाग्यो, सोही क्रममा त्यहाँ डल्ला भेटियो।

पेटमा डल्ला देखिँदा सुरुमा ठोक्किएको होला भन्ने सोचे। तर, केही दिनसम्म पनि दुखाइ कम नभएपछि भिडियो एक्सरे गराए। भिडियो एक्सरेको रिपोर्टले डाक्टर दम्पतीलाई झस्कायो। पेटको क्यान्सर भएर फैलिएको अवस्थामा रहेछ।

क्यान्सर पत्ता लाग्दा नै चौथौं स्टेजको भएकाले निको हुन सम्भव नभएको नेपाली क्यान्सर रोग विशेषज्ञले बताए। ‘क्यान्सर पत्ता लाग्दा चौंथो स्टेजमा पुगिसकेको रहेछ, डाक्टरहरुले त तीन देखि ६ महिना बाँच्ने हो, बाँचुन्जेल खुसी राख्नू भन्नुभयो,’ डा लामिछानेले श्रीमतीलाई क्यान्सर पत्ता लागेको दिन सम्झिए।

भनिन्छ, सास छउन्जेल आस रहन्छ। उनी श्रीमतीको उपचारका लागि भारत, जापानलगायतका देशहरूमा पनि पुगे। उनको हेरचाह र उपचारको प्रयास तथा श्रीमतीको आत्मबलले चिकित्सकले भनेको ६ महिनाको समय लम्बियो। 

‘श्रीमतीको मृत्यु भएको दुईवर्ष पुग्यो। उहाँ मृत्युको दुई हप्ताअगाडिसम्म पनि एक्टिभ नै हुनुहुन्थ्यो। अन्तिम दुई हप्ता भने गाह्रो बनायो,’ डा. लामिछानेले भने, ‘क्यान्सर भएको तीन वर्षको जीवन खुसीयालीमै बिताउनुभयो।’ डा. लामिछानेको १० वर्षका छोरा छन्।

प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  ०७:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
शक्तिशाली आँधीका कारण अमेरिकामा २१ जनाको मृत्यु
परराष्ट्रमन्त्री डा राणासँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट
अछाम पुगेका प्रचण्डले गरे सहकार्यका लागि भीम रावललाई आग्रह
सम्बन्धित सामग्री
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
चुरे समिति खारेजीः छलफल गरी निर्णय लिनुपर्नेमा जोड वन तथा वातावरण मन्त्रालयले समितिको संरचना खारेज गरेर मन्त्रालयमा गाभ्ने तयारीका साथ प्रक्रिया अगाडि बढाएको भन्दै समितिले आपत्ति जनाए... मंगलबार, माघ १५, २०८१
सुन्तला बेचेर बार्षिक २० लाख आम्दानी भारतीय गोर्खा सैनिकबाट सेवानिवृत्त भएर २१ वर्षअघि सुन्तलाखेती शुरू गरेका खत्रीका बगैँचाका तीन सय बोटले उत्पादन दिन्छन् । हुर्किरहेका... मंगलबार, माघ १५, २०८१
ताजा समाचारसबै
शक्तिशाली आँधीका कारण अमेरिकामा २१ जनाको मृत्यु शनिबार, जेठ ३, २०८२
परराष्ट्रमन्त्री डा राणासँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट शनिबार, जेठ ३, २०८२
अछाम पुगेका प्रचण्डले गरे सहकार्यका लागि भीम रावललाई आग्रह शनिबार, जेठ ३, २०८२
प्रचण्ड र देउवाबीचको कुराकानी समान्य विषय भएको कांग्रेसको दाबी, भन्यो– माओवादीसँग गठबन्धनको कुनै योजना छैन शनिबार, जेठ ३, २०८२
तीनपटक सत्तामा पुर्‍याउने कुनै कांग्रेस एमाले होइनन्, जनता हुन् : प्रचण्ड शनिबार, जेठ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
उच्च अदालत पोखरामा रवि लामिछानेको सुनुवाइ हेर्दा हेर्दैमा शुक्रबार, जेठ २, २०८२
धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या, घटनापछि आत्महत्याको पर्यास शुक्रबार, जेठ २, २०८२
हङकङ र बहराइनबीचको खेल रद्द भएसँगै नेपाल ‘सुपर थ्री’ मा शुक्रबार, जेठ २, २०८२
हावाहुरीको वितन्डाले लुम्बिनीमा पाँच जनाको मृत्यु, ८ घाइते शुक्रबार, जेठ २, २०८२
लमजुङ तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ३ जना घाइते शनिबार, जेठ ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्