• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

डाक्टरले बनाएको ‘भाइरल घर’ : फोटो र भिडियो खिच्नेको भिडले बस्नै छाडे

रिता लम्साल सोमबार, फागुन २३, २०७८  ०७:०६
1140x725

काठमाडौं– चितवनको ठिमुरास्थित नारायणी किनारामा एउटा सुन्दर घर छ। पुरानो शैलीको छानो, बार्दली, पुराना शैलीका झ्याल र ढोका। ठाउँ–ठाउँमा लाल्टिन तथा थुन्छे राखिएको छ।

झट्ट हेर्दा नेपालका ग्रामीण बस्तीहरुमा बिजुली बत्ती पुग्नुअघि बनाइनेजस्तै घर छ। उहिले रातोमाटो र कमेरो लगाइए जस्तै, रातो र सेतो रङको मिश्रणले घरको मौलिक स्वरूपलाई दुरुस्तै देखाएको छ। 

२०७२ सालको भूकम्पपछि ग्रामीण बस्तीहरुमा समेत पुराना शैलीका घर हराउँदै गएका छन्। ढलान गरिएका आरसीसी घरले पुराना शैलीका घरहरुको ठाउँ लिएका छन्। तर, यो घरले त्यही पुरानो समयलाई सम्झाइरहेको छ।

अहिले यसले नयाँ नाम पाएको छ– भाइरल घर।

यो घर पछिल्लो समय सामाजिक सन्जालमा खुब छायो। यहाँ पुगेर टिकटिक बनाउनेहरूका कारण घर भाइरल भयो। 

हामी ‘भाइरल घर’मा पुग्दा आँगन, पिँढी, बार्दली सबैतिर मानिसहरुको भिड थियो। कोही टिकटक बनाउँदै थिए। कोही भिडियो र फोटो लिँदै थिए।

को हुन्, यस्तो भाइरल घर बनाउने व्यक्ति?

उनी हुन्, अर्थोपेडिक्स सर्जन डा. प्रमोद लामिछाने। डा. लामिछानेको पुर्ख्यौली घर लमजुङ हो। तर, त्यहाँको घर २०७२ सालको भूकम्पले भत्कायो। अनि, त्यही शैलीमा ठिमुरामा नयाँ घर बनाए। उनको नयाँ घर अहिले ‘पर्यटकीय’ बनेको छ। तर, उनले गाउँको घर बिर्सिन नसकेकाले मात्र पुरानो शैलीमा बनाएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

‘खासमा यो घर बस्नको लागि बनाएको थिएँ, टिकटकमा भाइरल भयो। अहिले मान्छेहरु आउँछन्, हेर्छन्, टिकटक बनाउँछन्,’ डा. लामिछानेले भने, ‘चिकित्सा पेसाले मात्र होइन, घरले पनि चिनिएको छु, खुसी लाग्छ।’

घर भाइरल भएपछि हेर्ने मानिसहरुको भिड बढ्दै गयो। त्यसपछि डा. लामिछानेले यो घरलाई पर्यटकका लागि खुला गरे। ‘परिवार, बच्चाहरु भ्याकेसनमा आएर बस्थे, म बिहान बेलुका आउने गरेको थिएँ,’ उनले भने, ‘धेरै पर्यटकहरु घर हेर्न आउन थालेपछि डिस्टर्ब भयो, त्यसपछि बस्न छाडिएको छ।’

यो घर बनावटको शैली मात्र पुरातन छैन, पराम्परागत सामान पनि राखिएको छ। नेपालका मौलिक वस्तुहरु ढिकी, जाँतो, खुर्पेटो, मादल, सारंगी देख्न पाइन्छ। तर, यो घर ढुंगामाटोले बनेको भने होइन। कंक्रिटले बनेको घरको डिजाइन मात्र परम्परागत छ। यस घरलाई करिब ४० लाख रुपैयाँ खर्च गरेर बनाएको डा. लामिछानेले बताए। 

‘भाइरल घरको डाक्टर भनेर चिनिदा कस्तो लाग्छ?’ घरको अवलोकन पछि हामीले सोध्यौं।

‘यो घरले मलाई एकैपटक ह्वात्तै प्रचारमा ल्याएको हो। तर, म १० वर्षको मिहिनेत र लगनशीलताले यसअघि नै चिनिएको हुँ। मलाई अस्पतालले एउटा डाक्टरको रूपमा चिनाएको हो,’ उनले भने, ‘घरको आफ्नै पहिचान छ, कसको घर भन्दा बल्ल मेरो नाम आउँछ।’

भाइरल घरको कारण भन्दा पनि बिरामीको सेवा गरेर चिकित्सकको रुपमा चिनिन पाउँदा खुसी लाग्ने उनले सुनाए। ‘मलाई आफ्नो चिकित्सा पेसा नै प्यारो लाग्छ,’ उनले भने, ‘हड्डी टुक्राटुक्रा भएका बिरामीलाई निको पार्ने डाक्टर भनेर चिनिँदा खुसी हुन्छु।’

स्कुल पढ्दा सधैं प्रथम
डा. लामिछाने लमजुङमा २०३८ सालमा जन्मिएका हुन्। उनको स्कुले जीवन भने कहिले पोखरा त कहिले लमजुङ गर्दै बित्यो। उनले लमजुङको भक्ति नमूना माविबाट एसएलसी उत्तीर्ण गरे। 

बाल्यकालमा लामिछाने चुलबुले स्वभावका थिए। आमाबुबाले पोखरामा बोर्डिङ स्कुलमा भर्ना गराएका थिए। ५ कक्षसम्म बोर्डिङ पढेपछि ६ र ७ कक्षा नपढाइ सरकारी विद्यालयमा ८ कक्षामा भर्ना गरियो। त्यतिबेलासम्म पढ्नुपर्छ भन्ने भावनाको विकास भयो।

आफ्नो स्कुले जीवनमा र चिकित्साशास्त्र पढ्दा पनि कतै शुल्क तिर्नु नपरेको उनी बताउँछन्। स्कुल पढ्दा कक्षामा कहिल्यै दोस्रो भएनन्। ‘स्कुल पढ्दादेखि एमबीबीएस, एमएस गर्दा कहिल्यै पैसा तिर्नु परेन,’ लामिछानेले गर्वका साथ सुनाए, ‘स्कुल पढ्दा म सधैं फस्ट भएको भएर, एमबीबीएस सरकारको छात्रवृत्ति भयो, एमएस गर्दा केयुमा पढ्न बी एण्ड बीले छात्रवृत्ति दियो।’

स्कुल पढ्दासम्म लामिछानेलाई भविष्यमा के बन्ने भन्ने कुनै योजना थिएन। उनी राम्रो पढ्ने र स्कुलमा सधैं प्रथम हुने भएकाले उनका बुबाले भने डाक्टर बनाउने सपना बनाएका थिए। बुबाकै सपना र अध्ययन क्षमताले लामिछाने चिकित्सा शिक्षा अध्ययन गर्न प्रेरित भए।

‘डा. उपेन्द्र देवकोटाहरुले पढेको, काम गरेको देखिरहनुभएको बुबाले, डाक्टर नै बनाउने सोच गर्नु भएछ,’ डा. लामिछानेले भने, ‘पढ्दै गएपछि आफूलाई पनि डाक्टर नै बन्न मन लाग्यो।’

उनले एसएलसी उत्तीर्ण गरेपछि काठमाडौंको लैनचौरस्थित नेसनल स्कुल अफ साइन्सेसमा कक्षा ११ र १२ पढे। त्यसपछि एक वर्ष घरमै बसेर एमबीबीएस अध्ययनको तयारी गरे। अनि भरतपुरको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) बाट सन् २००० मा एमबीबीएस अध्ययन सुरु गरे। एमबीबीएस अध्ययनपछि करिब तीन महिना पुरानो मेडिकल कलेजमै चिकित्सा अभ्यास गरे।  त्यसपछि अपांग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्रमा १० महिना काम गरे।

उनले काठमाडौं विश्वविद्यालय अन्तर्गत बी एण्ड बी अस्पताल र बाल पुर्नस्थापना केन्द्र बनेपाबाट एमएस अर्कोपेडिक्स अध्ययन गरे। त्यतिबेला एमबीबीएस अध्ययन गरेकाहरु अमेरिका जाने गर्थे। डा लामिछाने पनि अमेरिका जाने प्रयासमा थिए। उनको कार्यक्षेत्र अपांग  बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रमा थियो। जसले उनलाई अर्थोपेडिक्स पढ्नुपर्छ भन्ने सोचको विकास गरायो। त्यसपछि अमेरिका जाने प्रक्रिया त्याग गरे। 

डा. लामिछाने सन् २०१० देखि चितवनमा छन्। उनले चिकित्सा शिक्षामा स्नातकोत्तर अध्ययन पूरा गरेपछि चितवनमा आफैले अस्पताल सञ्चालन गरेर बसेका हुन्।

श्रीमती गहना  बेचेर अस्पतालमा लगानी
एमएसको अध्ययन पूरा गरेको करिब आठ महिनापछि लामिछानेले चितवनमा ‘एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर’ स्थापना गरे। अस्पताल सञ्चालन गर्दा श्रीमतीको गहना नै बेचेर स्वास्थ्य सामग्री खरिद गरेको डा. लामिछानेलाई अझै स्मरण छ। ‘धेरै दुःख गरेर यो ठाउँसम्म आइपुगेको हो,’ उनले भने, ‘त्यतिबेला श्रीमतीको गहनासमेत बेचेर हस्पिटलको सामान किनेका थियौं।’  

आफैंले सञ्चालन गरेको अस्पतालमा रहेर १० वर्षदेखि बिरामीको सेवामा खटिएका डा. लामिछानेसँग बिरामीसँग जोडिएका अनेकन अनुभव छन्। उनले हाडजोर्नी तथा नशा रोग सम्बन्धी सामान्य तथा जटिल शल्यक्रिया धेरै पटक गरेका छन्। अस्पताल स्थापनाकालदेखि हालसम्म करिब १८ हजार जटिल शल्यक्रिया गरिसकेको उनी बताउँछन्।

उनले विशेषगरी दुर्घटनामा परेका अर्थोपेडिक्स केसहरु, घाँटीभन्दा मुनिका भागहरु भाँचिएको, ठूला–ठूला घाउ तथा चोटपटक लागेको, नशा चुडिएको, रगत बग्ने, ढाडका नशा च्यापिएको, ढाड भाँचिएका लगायतकाको उपचार गर्दै आएका छन्। 

अपांगताको समस्या भएका व्यक्तिहरुको उपचार र शल्यक्रिया सेवा पनि च्यारिटीमार्फत गर्ने गरेको उनले सुनाए। १० वर्षमा हजारौं बिरामी हेरेका डा. लामिछाने केही बिरामीको उपचारका केसहरुलाई आफ्नो कार्यको सन्तुष्टिपूर्ण क्षण मान्छन्।

‘सम्झान लायक केसहरु भन्नुपर्दा विदेशमा गएर उपचारमा लागेर आर्थिक अवस्थाले धान्न नसकेर नेपाल फर्किएकाहरु, खुट्टा काट्नुपर्छ भनिएका बिरामीलाई खुट्टा नकाटी उपचारमार्फत हिड्न सक्ने बनाइएको केसहरु धेरै छन्,’ डा. छामिछानेले भने, ‘आठ वर्षदेखि ओछ्यानमा थलिएका बिरामीको उपचार गरेर काम गर्न सक्ने बनाइएको थियो। भरतपुर महानगरमा गोली काण्ड हुँदा खुट्ना छिन्ने अवस्थाका व्यक्तिलाई तीन वर्षसम्म उपचार गरेपछि अहिले अटोरिक्सा लचाइरहेका छन्। यस्तो थुप्रै घटनाहरु सम्झदा खुसी लाग्छ।’

यसरी बनाए भाइरल घर र रिसोर्ट
डा. लामिछानेको चितवनमा अस्पताल मात्र होइन, भाइरल घरसँगै ठूलो रिसोर्ट पनि छ। उनको भाइरल घर र रिसोर्ट ठिमुरामा छ। तर, ठिमुरामा जग्गा किन्दै गर्दा त्यहाँ  अपांगता भएकाहरुका लागि पुर्नस्थापना केन्द्र बनाउने सोच बनाएका थिए।

उनकी श्रीमतीले जग्गा देखेपछि ठिमुरामा पुर्नस्थापना केन्द्र भन्दा पनि रिसोर्ट बनाउन उपयुक्त हुने सुझाइन्। श्रीमतीकै चाहना र संलग्नतामा रिसोर्ट बनाउन थाले। उक्त रिसोर्ट भाइरल घरसँगै छ। 

तर, रिसोर्टको निर्माण योजना बनाएकी उनकी श्रीमति भने रहिनन्। ‘रिसोर्ट बनाउन थालेको एक–डेढ वर्षपछि दुर्भाग्यबस् श्रीमतीलाई क्यान्सर देखियो, उपचार सम्भव भएन,’ डा लामिछानेले सुनाए, ‘म भए पनि नभए पनि रिसोर्ट कम्प्लिट गर्नू भन्थिन्, उसैको चाहना पूरा गर्न यो बनाएँ। श्रीमतीले देख्न त पाउनुभएन, तर मैले उहाँको सपनालाई पूरा गरेँ।’

डा. लामिछानेको दुखान्त कहानीबारे जानकारी पाउनेहरु ठिमुरा रिसोर्टलाई नियाल्दै भन्ने गर्छन्, ‘मुमताजले बनाएको ताजमहल अथवा खड्गशमशेरको ताजमहलजस्तै डा लामिछानेले भाइरल घर र रिसोर्ट बनाएका छन्। यो उनको प्रेमको प्रतीक हो।’

क्यान्सर भएकी श्रीमतीलाई बाँचुन्जेल खुसी राखे
डा. लामिछानेले एमएस सकिएलगत्तै विवाह गरेका गरेका थिए। उनकी श्रीमती पनि चिकित्सक नै थिइन्। 

२०७३ माघदेखि श्रीमती एक्कासी दुब्दाउदै गइन्। खान रुच्न छाड्यो। चिकित्सक नै भएकाले सुरुसुरुमा डाइटिङ गरेर तौल घटाएको होला भन्ने पर्‍यो। तर, एक दिन छोरासँग खेल्दैगर्दा पेटमा चोट लाग्यो, सोही क्रममा त्यहाँ डल्ला भेटियो।

पेटमा डल्ला देखिँदा सुरुमा ठोक्किएको होला भन्ने सोचे। तर, केही दिनसम्म पनि दुखाइ कम नभएपछि भिडियो एक्सरे गराए। भिडियो एक्सरेको रिपोर्टले डाक्टर दम्पतीलाई झस्कायो। पेटको क्यान्सर भएर फैलिएको अवस्थामा रहेछ।

क्यान्सर पत्ता लाग्दा नै चौथौं स्टेजको भएकाले निको हुन सम्भव नभएको नेपाली क्यान्सर रोग विशेषज्ञले बताए। ‘क्यान्सर पत्ता लाग्दा चौंथो स्टेजमा पुगिसकेको रहेछ, डाक्टरहरुले त तीन देखि ६ महिना बाँच्ने हो, बाँचुन्जेल खुसी राख्नू भन्नुभयो,’ डा लामिछानेले श्रीमतीलाई क्यान्सर पत्ता लागेको दिन सम्झिए।

भनिन्छ, सास छउन्जेल आस रहन्छ। उनी श्रीमतीको उपचारका लागि भारत, जापानलगायतका देशहरूमा पनि पुगे। उनको हेरचाह र उपचारको प्रयास तथा श्रीमतीको आत्मबलले चिकित्सकले भनेको ६ महिनाको समय लम्बियो। 

‘श्रीमतीको मृत्यु भएको दुईवर्ष पुग्यो। उहाँ मृत्युको दुई हप्ताअगाडिसम्म पनि एक्टिभ नै हुनुहुन्थ्यो। अन्तिम दुई हप्ता भने गाह्रो बनायो,’ डा. लामिछानेले भने, ‘क्यान्सर भएको तीन वर्षको जीवन खुसीयालीमै बिताउनुभयो।’ डा. लामिछानेको १० वर्षका छोरा छन्।

प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  ०७:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै
पुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, आइतबार साँझदेखि यातायात सञ्चालनमा
तीन वटा संसदीय समितिको बैठक बस्दै
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै सोमबार, असोज ५, २०८३
पुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, आइतबार साँझदेखि यातायात सञ्चालनमा सोमबार, असोज ५, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै सोमबार, असोज ५, २०८३
नक्कली ब्लुबुक बनाउने व्यक्ति ४ राउण्ड गोली लोड भएको पेस्तोलसहित पक्राउ सोमबार, असोज ५, २०८३
कास्कीमा एक महिनामै ५६ जना फरार प्रतिवादी पक्राउ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्