• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

नारायणगढ–मुग्लिन खण्डमा कमजोर सडक सुरक्षा

64x64
नेपाल लाइभ सोमबार, असार १८, २०७५  ००:३७
1140x725

चितवन– गत जेठ २१ गते बेलुका नारायणगढ–मुग्लिन सडकखण्ड (३३ दशमलब २ किलोमिटर) अन्तर्गत ३ वटै खण्डमा पहिलो चरणको पिच गर्ने काम सकियो। सरोकारवाला सबै पक्षबीच बाँकी रहेका काम सुरक्षित तवरबाट सम्पन्न गर्ने सहमति भएपछि त्यसको भोलिपल्टबाटै २४सै घन्टा सवारी आवागमन सुचारु भयो।

तर, फराकिलो बनेको भनिएको सडकमा लगातार झरिरहेको पहिरो र ढुंगा, घुमाउरो बाटो, ट्रफिक चिन्हहरुको कम प्रयोग, कार्य सम्पादनका क्रममा कमजोर सुरक्षा सतर्कता, साघुँरा तथा जीर्ण पुल आदिका कारण दुर्घटनाको दर बढिरहेको छ। यस्तो अवस्था आउनुमा सरोकारवाला निकायहरुले विविध कारणको फेहरिस्ता अगाडि सारेर उम्किने कोसिस गरे पनि सो सडकमा यात्रा गर्न उच्च जोखिम रहनुको प्रमुख कारण समयमै पहिरो नियन्त्रणको काम नगरिनु हो। 

यो पनि पढ्नोस्ः 'नारायणगढ–मुग्लिन सडकको डिपिआर नै त्रुटिपूर्ण'

काठमाडौं दूध पुर्याएर फर्किने क्रममा इच्छाकामना गाउँपालिका–६, कालीखोलामा भेटिएका ट्रक चालक रमेश खत्री यो भनाइमा सहमत छन्। गत मंगलबार जाममा भेटिएका उनले आयोजनाको काम गर्ने तरिका नै गलत भएको बताए। ‘भित्ता ताछिसकेपछि तत्कालै पर्खाल लगाएर जानुपर्ने थियो। तर, तल ताछेर भित्ता खोक्रो बनाइयो र धराप बनाएर त्यत्तिकै छोडियो,’ उनले भने, ‘हामीले देख्दा ठेकेदारले बदमासी गरेका हुन् जस्तो लाग्छ।’

यही सडकखण्डमा ट्रक चलाउँदा चलाउँदा अनुभवी भइसकेका खत्रीले पानी पर्दा एक दिन मात्र नभएर यो सडकखण्ड हप्तादिनसम्म पनि अवरुद्ध हुनसक्ने दाबी गरे। 

अन्तर्राष्ट्रिय अभ्यास अनुसार पनि पहिले जोखिम नियन्त्रण (यो खण्डका हकमा विशेष गरी पहिरो नियन्त्रण) को काम सम्पन्न गरेर मात्र पिच लगायतका अन्य काम गर्नुपर्ने थियो। तर, सडक विस्तारको सम्पूर्ण जिम्मेवारी पाएको नारायणगढ–मुग्लिन सडक आयोजना तथा निर्माण कम्पनीहरुले प्रगति देखाइहाल्नका लागि सुरुमा पिचको काममा ध्यान दिएर पहिरो नियन्त्रणमा चासो नदेखाएको अवस्था छ। सडक विस्तारको काम र तरिका हेर्दा यस्तो लाग्छ, निर्माण कम्पनीहरु लगातारको दबाव र चुनौती कम गर्न ‘तातै खाऊँ, जली मरौं’को मानसिकतामा देखिन्छन्। 

३ नम्बर खण्डको ठेकेदार कम्पनी सुप्रिम रौताहा जेभीका डेपुटी कन्ट्र्याक्ट म्यानेजर रञ्जन चौधरीले पहिरो नियन्त्रणका लागि समयमै काम सुरु भएको दाबी गर्दै यसपालि पानी पर्ने क्रम अलि चाँडै सुरु भएकाले काममा ढिलाइ भएको तर्क गरे। ‘हामीले काम ढिलो गरेको होइन। ठेकेदारले ढिला गरेर केही पनि फाइदा छैन। हामीलाई जति ढिलो गर्यो उती महँगो पर्न जान्छ,’ चौधरीले भने, ‘यसपाला पानी चाँडै परेकाले पनि अप्ठेरो परेको हो।’

‘समयमै सुरक्षा सावधानी अपनाउन चुक्यौं’

Ncell 2
Ncell 2
nimb
nimb

संवेदनशील भू–सतहमा रहेको यो सडक विस्तारका क्रममा पहरो काट्ने काम सँगसँगै पहिरो नियन्त्रणको काम पनि आगाडि बढाउनुपर्नेमा आयोजना चुकेको स्वीकार गर्छन् कन्सलट्यान्ट इन्जिनियरका रुपमा कार्यरत आयोजनाका सहायक आवासीय इन्जिनियर ज्ञानेन्द्र घिमिरे। यसका अलावा सडक विस्तारका क्रममा अपनाउनुपर्ने अन्य सावधानीका उपाय पनि ढिलो गरी मात्रै कार्यान्वयनमा ल्याइएको उनले बताए। 

‘यो भू–सतहमा गर्नुपर्ने प्रोटेक्सनको मिजर (सुरक्षा सावधानी) अपनाउन हामी चुक्यौं,’ उनले नेपाल लाइभलाई भने, ‘जसका लागि कटिङ र प्रोटेक्सन मिजर एकै पटक अपनाउनुपर्ने थियो। तर, त्यसलाई हामीले सँगसँगै अगाडि लैजान सकेनौं।’

इन्जिनियर घिमिरेले पहिरो नियन्त्रणका लागि ढिलै भए पनि काम अगाडि बढाएकाले केही समयमा यो स्थान आफ्नो पुरानो अवस्थामा फर्किने आशा व्यक्त गरे। उनले तेस्रो खण्डमा ‘कटिङ स्लोप’ कम दिएको तर सो क्षेत्रको पहरो खनिरहँदा बाहिरी आवरणमा मात्र चट्टान भेटिएको र भित्र स–साना ढुंगासहितको माटोको डिस्को पाइएकाले हाल बढी मात्रामा पहिरो खसिरहेको जनाए। 

पछिल्लो समय दुर्घटना बढिरहेको भन्ने प्रश्नमा इन्जिनियर घिमिरेले पहिरोकै कारण गम्भीर दुर्घटना नभएको दाबी गरे। कमजोर सडक सुरक्षाको कारण नै सडक दुर्घटनाको दर बढेको उनी मान्न तयार छैनन्। ‘मानिसहरुले दुर्घटनाको दर बढ्यो भनिरहेका छन्। ३ वर्षको अवधिलाई विश्लेषण गर्ने हो भने पछिल्लो समय एकाध गम्भीर खालका घटना भएका छन्। तर, ती घटना पहिरोका कारण नभएर अन्य कारणले भएका छन्,’ घिमिरे भन्छन्, ‘रोड सेफ्टी नभएर घटना घटेजस्तो हामीलाई लाग्दैन। यसका लागि हामी सावधान छौं।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

डिपिआरमा उल्लेख नभए पनि कुल सडकखण्डको ४० प्रतिशत क्षेत्रमा पहरोमा ब्रेस्ट वाल (भित्तातर्फको पर्खाल) लगाएको बताउँदै घिमिरेले खण्ड १ र २ को हकमा भने भू–सतह हेरीकन करिब ९० प्रतिशतभन्दा बढी क्षेत्रमा सुरक्षाका संयन्त्र परिचालन गरिएको दाबी गरे।

दुर्घटनाको दर बढ्दो

इन्जिनियर घिमिरेको दाबी विपरीत सडक दुर्घटना दर भने आयोजना सुरु भएको पछिल्लो ३ वर्षमा बढ्दो क्रममा छ। सडक विस्तार सुरु भएदेखि सो सडकखण्डमा हालसम्म १ सय २४ सडक दुर्घटना भएका छन्। जसमा ९४ जनाले ज्यान गुमाएका छन् भने ३ सय जना घाइते भएका छन्। पछिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको ११ महिनाको मात्र तथ्यांकलाई दाँज्ने हो भने १२ वटा दुर्घटना बढी भएका छन्। आर्थिक वर्ष २०७३/०७४ मा ३५ वटा दुर्घटना भएकोमा पछिल्लो ११ महिनामा ४७ वटा दुर्घटना भएका छन्। 

चौबीसै घन्टा सडक सुचारु भएको दिन जेठ २२ गतेदेखि आजसम्म ९ वटा दुर्घटनामा ४ जनाले ज्यान गुमाइसकेका छन्। ती घटनामा ११ जना घाइते भएका छन्। असार ३ र ४ मा करिब २४ घन्टाभित्र मात्रै ३ वटा दुर्घटना भएको, जसमा ३ जनाको मृत्यु र एक जना गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। 

दुर्घटना भएका स्थानलाई दृष्टिगत गर्ने हो भने सबैभन्दा बढी ३ नम्बर खण्डमा भएका छन्। जहाँ अधिकांश स्थानमा पहरो काटिएको छ र पहिरोको जोखिम उच्च छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार पानी ट्यांकी ओरालो, भतेरी जंगल, सत्र किलो, गाईघाट, घुमाउने, पाँच किलो, काली खोला, चार किलो, टोपेखोला, जलविरेलगायतका स्थान बढी दुर्घटना हुने क्षेत्रमा पर्छन्। 

‘दुर्घटनाको मुख्य कारण पहिरो’

पहिरोका कारण नै दुर्घटनामा परी बढी मानिसको ज्यान गएको बताउँछन् चितवन जिल्लाका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतम।

‘पछिल्लो समय पहिरो जाने र ढुंगा खस्ने क्रम बढ्दो छ। यसले मुख्यगरी दुर्घटना बढाइरहेको छ,’ उनले थपे, ‘यसका अलावा पहिलो चरणको पिच सकिएलगत्तै बाटो फराकिलो भएको र चलाउन सजिलो भएका कारण पनि चालकहरुले तीव्र गतिमा सवारी हाँक्दा दुर्घटना भइरहेको छ।’ प्रहरी निरीक्षक गौतम सडकमा पर्याप्त मात्रामा ट्राफिक चिह्न, डिभाइडर, रेखांकन गर्ने काम नहुँदा पनि दुर्घटना बढेको मान्छन्।

प्रहरी निरीक्षक गौतमले यसमा निर्माण व्यवसायीहरुको ढिलासुस्तीले पनि भूमिका खेलेको आरोप लगाए। ‘घुमाउने, पाँच किलो, काली खोला, चार किलो, टोपेखोला, जलविरेलगायतका स्थानमा बढी पहिरो गइरहेको छ। यस क्षेत्रमा काम त भइरहेको छ तर पनि अलि ढिलासुस्ती भएकोझैं लाग्छ,’ गौतम भन्छन्, ‘सबैभन्दा बढी प्रेसर दिएको त पहिरोले नै हो।’ उनले दुर्घटना न्यूनीकरणका लागि आवश्यक सुरक्षा संयन्त्र अपनाउन बाँकी रहेको बताए।

पहिरो नियन्त्रणका लागि के गरिँदैछ? 

गत आर्थिक वर्षमा २९ वटा स्थानलाई पहिरोग्रस्त क्षेत्र घोषणा गरेको आयोजनाले यस आर्थिक वर्षमा भने ४ स्थानलाई थप गरेको छ। जसमध्ये अधिकांश क्षेत्र तेस्रो खण्डमै पर्छन्। जसले गर्दा यस खण्डलाई पनि दुई भागमा विभाजन गरी पहिरो नियन्त्रणका कामहरु भइरहेको आयोजनाका वरिष्ठ इन्जिनियर गोविन्द खनालले बताए।

वरिष्ठ इन्जिनियर खनालका अनुसार पहिलो भाग सेतीदोभानबाट चोर खोलासम्म ९७ प्रतिशत तथा चोरखोलादेखि मुग्लिनसम्मको दोस्रो भागमा ८७ प्रतिशत काम सकिएको छ। समग्रमा ९२ प्रतिशत काम सकिएको भए पनि तोकिएको क्षेत्रभन्दा नयाँ स्थानमा समेत पहिरो खसिरहेकाले सुरक्षा जोखिम थपिएको उनी स्विकार्छन्। 

‘पहिले तोकिएका २ स्थान प्राकृतिक रुपमै स्थायी रहेको भन्दै विज्ञहरुको सुझावका आधारमा हामीले पहिरोग्रस्त क्षेत्रबाट हटाएका छौं। पहिले डिजाइनमा नपरेका थप २ क्षेत्रमा पछिल्लो अवस्था हेरीकन पहिरो नियन्त्रण गर्ने काम अगाडि बढाएका छौं,’ खनालले भने, ‘जम्माजम्मी २८ स्थानमा काम भइरहेकोमा २४ स्थानमा सकिसकेका छौं।’ उनका अनुसार ती स्थानमा पहिरो नियन्त्रणका लागि जुट नेटिङ, रक बोल्टिङ, रक नेटिक, बायो इन्जिनियरिङ लगायतका कार्यहरु भइरहेका छन्।

पहिरो नियन्त्रणका लागि काम भइरहे पनि थप नयाँ स्थानमा पहिरो जाने क्रम बढेको छ। गत सोमबार इच्छाकामना गाउँपालिका–५ स्थित चारकिलो क्षेत्र तथा मंगलबार टोपेखोलामा गएको पहिरो आयोजनाको पहिरोग्रस्त क्षेत्रभन्दा बाहिरका क्षेत्र हुन्। यसका अलावा विभिन्न स्थानमा गइरहेनेस–साना पहिरोलाई पनि सम्भाव्य जोखिम निम्त्याउनसक्ने सूचीमा राखिएको छैन।

वर्षात्‌को समय सुरु भएकाले लगातार सडक जामको अवस्था सिर्जना भइरहेको छ भने अर्कोतर्फ सुरक्षा जोखिम निम्तिन सक्ने सम्भावना देखिन्छ।

भीरमा काम, सडकमा सवारी

गत सोमबार सो सडक अवलोकन गर्दा ३ नम्बर खण्ड अन्तर्गत सडकको बायाँपट्टिको भागमा पहिरोको जोखिम उच्च भएका स्थानमा पहिरो नियन्त्रणका काम भइरहेको थियो। भित्तामा फलामका पाइपहरु गाँसेर संरचना बनाइएको थियो। त्यसमै टेकेर कामदारहरु भित्तामा फलामका किला ठोकिरहेका थिए, जाली टाँगिरहेका थिए। सोही समयमा सडकमा गाडीहरु जाम छिचोल्दै गुडिरहेका देखिन्थे।

तर, त्यहाँ न त सुरक्षाका संयन्त्र अपनाइएको थियो, न त निर्माण स्थल वरिपरि सूचना दिने पर्याप्त चिह्न नै थिए। सवारी आवागमन भइरहँदा छेउमै पहिरो नियन्त्रणको काम हुनुलाई सुरक्षित मान्न सकिँदैन। उक्त सडकखण्ड अवलोकन गर्दा सुरक्षा जोखिम रहँदा–रहँदै पनि कतै जनदबाव थेग्नका लागि मात्रै हतारमा सडक खोलिएको त होइन? भन्ने प्रश्न उब्जिनु स्वभाविक छ।

सुप्रिम रौताहा जेभीका डेपुटी कन्ट्र्याक्ट म्यानेजर रञ्जन चौधरीले निर्माणका लागि भन्दै सडक दिनको समयमा ६ घन्टा बन्द गरिँदै आएको व्यवस्थालाई हटाउँदै गत जेठ २२ गते सवारी आवागमन सुचारु गर्दा आफूहरुसँग छलफल नै नगरेको आरोप लगाए। चौधरीले भने, ‘२१ गते बेलुका पहिलो चरणको पिच गर्ने काम सकियो तर २२ गते हामीसँग सल्लाह नै नगरी बाटो खुलाउने निर्णय भएछ।’

‘सडक नखोल्दा यात्रुलाई अन्याय’

चौधरीको भनाइमा विमती राख्छन् चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत। ‘तीन वटै खण्डमा पहिलो चरणको कालोपत्रे सकिए लगत्तै जिल्ला प्रशासन, सडक आयोजना, निर्माण कम्पनी, ट्राफिक प्रहरी तथा अन्य सबै सरोकारवाला निकायबीचमा छलफल गरेरै सडक सुचारु गर्ने निष्कर्षमा पुगेका हौं र सवारी आवागमन चौबीसै घन्टा खोलेका हौं।’ 

उनले काम चलिरहेको अवस्थामा बाटो खोल्दा सुरक्षा जोखिम बढ्ने कुराको हकमा भने आवश्यक सुरक्षा सावधानी अपनाएर काम गर्ने सहमति भएको बताए। ‘त्यसैअनुसार नै हाल काम चलिरहेको छ,’ बस्नेतले दाबी गरे। 

उनले बाटो बन्द गरेरै काम गर्दा यात्रुलाई झनै सास्ती हुने देखेर सडक खोल्ने निचोडमा पुगेको तर्क गरे। प्रजिअ बस्नेत भन्छन्, ‘यसमा तपाईंहरुले भनेजस्तो बाटो हतारमा खोलियो भन्ने अर्थ लगाइयो भने गलत हुन्छ। बाटो नखोलिएको भए झनै बिजोग हुन्थ्यो। पहिरो नझरेको अवस्थामा त बाटो खाली बसिरहन्थ्यो नि त। तयार भएको बाटो बन्द गरेर बस्नु यात्रुका लागि पनि अन्याय हुन्थ्यो।’

भीरमा पहिरो नियन्त्रणको काम चलिरहँदा सडकमा यात्रुलाई जोखिम हुँदैन र? भन्ने प्रश्नमा उनले त्यसका लागि सुरक्षा सावधानी अपनाइएको दाबी गरे।

यस सडक खण्डमा लामो समयदेखि बाटो बन्द गरेर काम हुँदै आएको सर्वविदितै छ। यस्तो अवस्थामा अझै त्यसलाई केही दिन लम्बाएर निर्माण कम्पनीहरुलाई आवश्यक जनशक्ति तथा संयन्त्र  परिचालन गर्न लगाई काम चाँडै सक्न दबाव दिनुको सट्टा जोखिमको काम चलिरहँदा नै सवारी सुचारु गर्नु त्यति व्यावहारिक देखिँदैन। त्यसमाथि सुरक्षा संवेदनशिलताका हिसाबले पनि निर्माण कम्पनीहरुले अपनाइरहेका उपाय पनि ‘हात्तीको देखाउने दाँत’जस्तै भएको छ।
 

प्रकाशित मिति: सोमबार, असार १८, २०७५  ००:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित जिल्ला प्रशासन कार्यालय, मोरङले २०८३ असोज २३ गते अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभागमा उपस्थित गराएको थियो।  २४ जना दक्षिण क... बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति मन्त्रालयको ६ महिनाको उपलब्धी जानकारी दिन बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रलाई मुलुकको आर्... बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! कार्यालयले यससम्बन्धी परिपत्र मातहतका कार्यालयमा पठाउँदै सङ्गठित अपराधको आरोप स्थापित नभएको अवस्थामा मिलापत्र हुन सक्ने अन्य कसुरमा... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्