• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

काठमाडौंमा फेरि उठ्न छाड्यो फोहोर, पटकपटक किन दोहोरिइरहेछ समस्या?

64x64
डुक्पा छिरिङ मोक्तान शुक्रबार, फागुन ६, २०७८  १५:४६
1140x725

काठमाडौं– पासाङल्हामु राजमार्ग निर्माणमा भएको ढिलासुस्ती र लापरवाहीविरुद्ध स्थानीय नै आन्दोलित बनेपछि काठमाडौं उपत्यका फेरि फोहोरले दुर्गन्धित बन्न थालेको छ। आन्दोलनका कारण सिसडोल ल्याण्डफिल साइटमा फोहोर पुर्‍याउन नसकिएकाले उपत्यकाभित्रको फोहोर उठन सकेको छैन। राजमार्ग निर्माणमा भएको मनपरीले समयमै काम हुन नसक्दा त्यस क्षेत्रका बासिन्दा फागुन १ गतेदेखि आन्दोलित छन्।

काठमाडौंमा गत आइतबारयता फोहोर उठ्न सकेको छैन। उपत्यकाका धेरै ठाउँमा फोहोर थुप्रिएपछि पैदल हिँड्ने यात्रु र सार्वजनिक सवारीमा हिँड्ने यात्रु सबैमाथि सास्ती थपिएको छ। चोक, बाटा र गल्ली सबै दुर्गन्धित बनेका छन्। काठमाडौँ उपत्यकाभित्रको फोहोर लगेर व्यवस्थापन गरिँदै आएको नुवाकोटस्थित सिसडोल जाने सडक जीर्ण बनेकाले त्यो सडक मर्मत गर्नुपर्ने माग स्थानीयले लामो समयदेखि राख्दै आएका छन्। त्यही माग सम्बोधन नुहँदा फेरि फोहोर व्यवस्थापनमा समस्या भएको हो।

पासाङल्हामु राजमार्गको यो सडक खण्ड समयमै स्तरोन्नती नहुँदा स्थानीयमाथि ठूलो सास्ती थोपरिएको तारकेश्वर नगरपालिका–३ का वडाध्यक्ष मनोहरी तिवारी बताउँछन्। ठेकेदारले जिम्मा लिएको काम राम्रोसँग नगर्दा सडक भद्रगोल बनेको र अहिले फोहोरसमेत छरिएकाले ट्रक गुड्ने स्थिति नै नरहेको उनले बताए। पटकपटक ताकेता गर्दा पनि ठेकेदार कम्पनी सम्पर्कमा नआएको  र पटकपटक काठमाडौं माहानगरपालिका र अन्य नगरपालिकाहरुलाई भन्दापनि कुनै सुनुवाइ नभएपछि आन्दोलन सुरु गरिएको उनको भनाइ छ। ‘यो बाटो निमार्णमा लापरबाही र ढिलासुस्ती गरेकाले हामी बाध्य भएर आन्दोलनमा होमिएका हौं’, उनले भने।

माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने चेतावी पीडितहरुले दिएका छन्। 

२०७१ सालमा शैलुङ कन्स्ट्रक्सनले सो राजमार्ग निमार्णको जिम्मा पाएको थियो। तर, त्यसपछिका ७ वर्षमा पनि सडकको यो खण्ड स्तरोन्नती हुन सकेको छैन। 

अहिले काठमाडौं उपत्यकामा दैनिक एक हजार मेट्रिक टन फोहोर उत्पादन हुने गर्छ। फागुन १ गतेदेखि फोहोर बोकेर गएका ट्रक आवतजावतमा रोक लगाइएको छ।

यसअघि काठमाडौं माहानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नियमित रूपमा उपत्यकाको फोहोर विसर्जन गर्ने हो भने केन्द्र सरकारले छिटोभन्दा छिटो समाधन खोज्नुपर्ने याचना गरेका थिए। अहिले आन्दोलन सुरु भएपछि काठमाडौं महानगरपालिका मात्र होइन, सिंगो उपत्यकाकै फोहोर उठ्न नसकेको काठमाडौं माहानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए। स्थानीयले फोहोर बोकेका गाडी उक्त सडकखण्डमा गुड्न नदिनेगरी आन्दोलन गरेकाले फोहोर उठ्न छाडेको उनले बताए। 

किन बारम्बार उठ्दैन फोहोर?
काठमाडौं उपत्यकामा फोहोर नउठ्ने समस्या अहिले मात्र आएको होइन, यो समस्या पटकपटक आइरहन्छ। यस वर्ष मात्र यसअघि दुईपल्ट फोहोर फाल्न अवरोध भइसकेको छ। तर, महानगरपालिका नै यस्तो समस्या आउँदा विकल्पविहीन देखिन्छ। उपत्यकाभित्रै कुनै गल्ली, चोक, वा पुलमुनिको फोहोर हप्तौंसम्म उठ्न नसकिरहँदा महानगरपालिका भने फोहोर फाल्न मनाही छ, फोहोर फालेमा १० हजार जरिवाना आदि लेखिएका बोर्ड राख्नुमै आफ्नो जिम्मेवारी पूरा भएको ठान्छ। जबकि, तिनै बोर्डमुनि फोहोरको डंगुर जम्मा भएको हुन्छ। 

nimb
nimb

जस्तो कि, जोरपाटीको ओरालो छेउमा सधैँजसो फोहोर थुप्रिएको हुन्छ। त्यो बाटो हिँडिरहने रिता गौतम जति भने पनि कहिल्यै सुनुवाइ नभएको गुनासो गर्छिन्। उनले भनिन्, ‘सँधै यसरी नै चल्दै आएको छ।’

बौद्ध, नयाँबस्तीमा रहेको जम्बु डाँडाको वरिपरि फोहोर भरिइसक्दा पनि उठ्दैन। कहिलेकाहीँ त महिना दिनसम्म पनि फोहोर नउठेपछि स्थानीयले त्यहीँ जलाइदिन्छन्। यसो गर्दा वायु प्रदुषणको जोखिम थपिने गरेको स्थानीय सविना लामा बताउँछिन्। कहिलेकाहीँ पानी पर्‍यो भने त जम्बु डाँडाको छेउमा रहेको बागमती खोलामा त्यो फोहोर मिसिन्छ।

काठमाडौं महानगरपालिका, वातावरण विभागका निमित्त प्रमुख सरिता राई भने कतै कतै मात्र यस्तो समस्या रहेको दाबी गर्छिन्। सिसडोल जाने बाटोमा अवरोध भएकाले मात्र अहिले यस्तो समस्या उत्पन्न भएको उनको दाबी छ। स्थानीयको आन्दोलन हटेलगत्तै उपत्यकामा थुप्रेको फोहोर व्यवस्थापन गरिने उनले बताइन्। 

बिनाअवरोध फोहोर खसाल्न पाए उपत्यकाको फोहोर उठाउन धेरै समय नलाग्ने राईको दाबी छ। 

१६ वर्षमा ९५ प्रतिशत काम
काठमाडौंको फोहोर व्यवस्थापनका लागि सिसडोलको विकल्पका रुपमा हेरिएको नुवाकोट र धादिङको बञ्चरेडाँडामा निर्माण भइरहेको ल्याण्डफिल साडट निर्माणको काम सुस्त गतिमा छ। बञ्चरेडाँडामा ल्याण्डफिल्ड साइट निर्माण थालिएको १६ वर्षसम्म पनि निर्माण  सम्पन्न हुन सकेको छैन। 

२०७६ सालपछि मात्रै यो ठाउँमा शहरी विकास मन्त्रालयले ल्याण्डफिल साडट निर्माणको जिम्मा पाएको थियो। त्यसअनुसार पनि यही चैत महिनाभित्र सेल वान र सेल टुको काम सम्पन्न गरिसक्नु पर्ने छ। तर, मन्त्रालयकै भनाइमा चैतमा यो काम सकिने सम्भावना नै छैन।

अहिले काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकासँगै १८ वटा नगरपालिकाले सिसडोलमा फोहोर फाल्दै आएका छन्। सिसडोल भरिएपछि बञ्चरेडाँमा फोहोर फाल्न १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहर विसर्जनस्थल निर्माण भइरहेको शहरी विकास मन्त्रालयका सूचना अधिकारी रोशन श्रेष्ठले बताए।

बञ्चरेडाँडामा ल्याण्डफिल साइट निर्माण भएपछि उपत्यकाको फोहोर २० वर्षसम्म धान्न सक्ने क्षमता हुने उनले बताए। अहिले सेल वानको काम सम्पन्न भइसकेर फोहोर राख्न थालिएको र बाँकी सेल टु को काम भने अबको दुई/चार महिनासम्ममा सकिने उनले बताए।

यसअघि बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न मिल्ने आवश्यक संरचना नै नबनाई फोहोर फाल्न लागिएको भन्दै स्थानीयले आपत्ति जनाएका थिए। तीन वर्षमै निर्माण सम्पन्न गर्नेगरी सरकारले पहिलोपटक २०६२ सालमा बञ्चरेडाँडामा अत्याधुनिक ल्यान्डफिल साइट बनाउने निर्णय गरेको थियो।

जापान सहयोग नियोग (जाइका)को दुई अर्ब १० करोड सहयोगमा ल्यान्डफिल साइट बनाउने निर्णय भएपनि वातावरणीय प्रभाव मूल्यांकन (इआईए) गर्ने बेलामा तत्कालीन स्थानीय विकास मन्त्रालय र वन मन्त्रालयबीच विवाद हुँदा कामले गति लिन  सकेन। २०७६ सालमा मात्र शहरी विकास मन्त्रालयलाई निर्माणको जिम्मा दिइएको थियो। 

प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७८  १५:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डुक्पा छिरिङ मोक्तान
लेखकबाट थप
अपर तामाकोशी र एमसीसी परियोजनाले थातथलो छाड्नुपर्ने चिन्ता
हिमाल आरोहण दलको नेतृत्व गर्ने मायाको अबको रहर– गाउँपालिकाको नेतृत्व
एमसीसी परियोजनामा जग्गाप्राप्ति र वातावरणीय प्रभाव मूल्यांकनको काम सुरु, सडकमा नयाँ प्रविधि भित्रिँदै
सम्बन्धित सामग्री
आज श्रावण शुक्ल पूर्णिमा: रक्षाबन्धन तथा जनै पूर्णिमा मनाइँदै आजको दिन बिहानैदेखि श्रद्धालुहरूले नदी, तलाउ, पोखरी र जलाशयमा स्नान गरी सप्तऋषि तथा प्रजापति ऋषिहरूको पूजा–अर्चना गर्ने गर्दछन् । वश... शुक्रबार, भदौ १२, २०८३
पर्सामा ट्रयाक्टरले किच्दा १७ वर्षीय किशोरको मृत्यु पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित दुधेश्वरनाथ महादेव मन्दिरनजिक ट्रयाक्टरले किच्दा एक किशोरको मृत्यु भएको छ। बुधबार, भदौ १०, २०८३
बडीमालिका पूजाका लागि बाजुराबाट सरकारी टोली प्रस्थान सुदूरपश्चिमको प्रमुख धार्मिक आस्थाको धरोहर धर्तिको भू—स्वर्ग बडीमालिका पूजाको लागी बाजुराबाट सरकारी टोली प्रस्थान गरेको छ। सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा शुक्रबार, भदौ १२, २०८३
खोज तथा उद्धार प्रभावकारी बनाउन सरकारले माग्यो सामग्री सहयोग, यस्तो छ अत्यावश्यक सामग्रीको सूचि शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी नदीमा फेरि बाढी, त्रिशूली नदी तटिय क्षेत्रमा सतर्क रहन अनुरोध शुक्रबार, भदौ १२, २०८३
केरुङमा हिमपहिरोको ‘थ्री डी’ तस्बिर सार्वजनिक, सडक–पुल र भवनमा व्यापक क्षति शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्