• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

विश्वमै कहलिएको नेपाली कफीको निर्यात घट्यो, स्वदेशी उपभोक्ता पनि सस्तो भारतीय कफीमा आकर्षित

64x64
डुक्पा छिरिङ मोक्तान बिहीबार, फागुन ५, २०७८  ०७:०१
1140x725
तस्बिर : कफी नेपाल

काठमाडौं– पछिल्लो समय कफीको उत्पादन र निर्यात दुवै घटेको छ। विश्व बजारमा अर्ग्यानिक नेपाली कफीलाई गुणस्तरीय मानिन्छ। तर, कफीको खेतीलाई प्रवर्द्धन गर्न नसक्दा उत्पादन र निर्यात ओरालो लागेको हो।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार पछिल्लो दुई वर्षमा कफी निर्यातभन्दा बढी आयात भएको छ। आर्थिक वर्ष २०७६/७७ मा ११ करोड ८८ लाख ४६ हजार रुपैयाँ बराबरको कफी आयात हुँदा पाँच करोड ७७ लाख २६ हजारको मात्रै निर्यात भएको थियो। त्यस्तै, गत आर्थिक वर्षमा १० करोड ६० लाख रुपैयाँ बराबरको आयात हुँदा नौ करोड ६० लाख बराबरको निर्यात भएको छ।

विगत सात वर्षको तथ्यांक अनुसार नेपालमा २८ सय हेक्टरभन्दा बढी जमिनमा कफी खेती भएको छैन। कफी उत्पादनमा नै कमी आएकाले निर्यात घटेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले बताए। पछिल्लो समय स्वदेशमै कफीको खपत बढेको कारण पनि निर्यात घटेको उनको भनाइ छ। ‘नेपालमा कफी पारखीको संख्या बढेसँगै आन्तरिक बजारमा खपत पनि बढेको छ,’ उनले भने, ‘यसले गर्दा निर्यात घटेको हो।’

नेपालमा हाल ४४ जिल्लामा कफी उत्पादन हुन्छ। यी जिल्लामा बोर्ड, तत्कालीन जिल्ला कृषि विकास कार्यालयहरु र विभिन्न गैह्रसरकारी संस्थाहरुमार्फत कफी खेती सञ्चालन हुँदै आएको छ। तीमध्ये सिन्धुपाल्चोक, ललितपुर, इलाम, स्याङजा, पर्वत र गुल्मी पकेट क्षेत्र मानिन्छ। यिनै जिल्लामा उत्पादन हुने अर्ग्यानिक कफी जापान, दक्षिण कोरिया, सिंगापुर, जर्मनी, स्विट्जरल्यान्ड, नर्बे, अमेरिका, क्यानडालगायत एक दर्जनभन्दा बढी देशमा निर्यात हुने गरेको छ। 

नेपालमा वार्षिक करिब ३० करोड रुपैयाँ बराबरको कफी उत्पादन हुन्छ। बोर्डका अनुसार यसमध्ये करिब ५० प्रतिशत निर्यात हुन्छ भने बाँकी स्वदेशमा नै उपभोग हुन्छ। आगामी आर्थिक वर्षदेखि युवालक्षित ‘कफी विस्तार कार्यक्रम’ संचालन गर्ने कार्यकारी निर्देशक डा. भट्टराईले जानकारी दिए। 

बढ्दो आयात
१३ वर्षअघि नेपालमा १ करोड रुपैयाँ बराबरको कफी आयात हुँदा १२ करोड बराबरको निर्यात भएको थियो। तर, त्यसपछि आयात क्रमशः उकालो लाग्दै गएको बोर्डको तथ्यांकले देखाउँछ। नेपालमा एकै वर्ष सबैभन्दा बढी १० करोड ६७ लाख रुपैयाँ बराबरसम्मको कफी आयात भएको छ। गत आर्थिक वर्ष पनि साढे १० करोडभन्दा बढीको कफी आयात भएको थियो।

आउने आर्थिक वर्षदेखि कफीको उत्पादनसँगै निर्यात बढाउने लक्ष्य रहेको बोर्डका प्रवक्ता डा. दीपक खनालले बताए। ‘शहरीकरण र अन्य विभिन्न कारणले कफी पिउनेको संख्या हरेक वर्ष बढ्दै गएको छ,’ उनले भने, ‘तर, आफैँले उत्पादन गरेको कफी पिउने बानी नहुँदा कफीको आयात बढेको हो। अब उत्पादन र निर्यात दुवै बढाउने गरी काम गर्ने योजना छ।’

सन् १९९० मा गुल्मीको आँपचौरबाट कफीको व्यवसायिक खेती थालनी भएको हो। त्यहाँ अर्ग्यानिक कफी उत्पादन भएकोले विदेशीहरुले मन पराए। त्यसपछि माग बढ्दै गयो। अहिले पनि नेपाली अर्ग्यानिक कफीको माग नघटेको बोर्डको दाबी छ। पर्याप्त उत्पादन नहुँदा र स्वदेशमै खपत हुँदा निर्यात घटेको बोर्डले जनाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

तर, निर्यात मात्र घटेको नभइ यहाँ उत्पादन हुने कफीभन्दा भारतीय कफी सस्तो पर्ने हुँदा आयात बढेको छ। नेपालमा आउनेमध्ये भारतीय कफी अत्यधिक छ।

आर्थिक वर्ष आयात (रुपैयाँमा) निर्यात (रुपैयाँमा)
२०६४/०६५ ३ लाख ३५ हजार २ करोड २१ लाख ७५ हजार 
२०६५/०६६ १ करोड १६ लाख ५१ हजार १२ करोड ५१ लाख ८ हजार 
२०६६/०६७ १ करोड ३८ लाख ६१ हजार २ करोड ४३ लाख ६३ हजार 
२०६७/०६८ १ करोड २५ लाख १३ हजार ९ करोड ३० लाख ८९ हजार 
२०६८/०६९ २ करोड ९ लाख ६ हजार ४ करोड ३० लाख ९५ हजार
२०६९/०७० ३ करोड १७ लाख २८ हजार ४ करोड ५६ लाख ७६ हजार
२०७०/०७१ ३ करोड ५९ लाख २१ हजार ५ करोड २२ लाख ७ हजार 
२०७१/०७२ ५ करोड ४७ लाख ४८ हजार ९ करोड ९१ लाख ७६ हजार
२०७२/०७३  ५ करोड ५६ लाख ४१ हजार १० करोड ७९ लाख १ हजार
२०७३/०७४ ५ करोड ४ लाख १ हजार ८ करोड ४५ लाख ४३ हजार
२०७४/०७५ ६ करोड ५८ लाख ९३ हजार ९ करोड ६७ लाख २२ हजार 
२०७५/०७६ ९ करोड ८० लाख १४ हजार ९ करोड ९७ लाख ३ हजार
२०७६/०७७ ११ करोड ८८ लाख ४६ हजार ५ करोड ७७ लाख २६ हजार
२०७७/०७८  १० करोड ६७ लाख ९ करोड ६० लाख 

बढेन उत्पादन
बोर्डको अध्ययनले नेपालमा वार्षिक करिब ११ लाख हेक्टर जमिनमा कफी उत्पादन हुन सक्ने देखाएको छ। तर, हाल करिब २८ सय हेक्टरमा मात्रै उत्पादन हुँदै आएको छ। लगभग तीन हजार कृषक खेतीमा संलग्न छन्।  

आर्थिक वर्ष २०७०/७१ मा एक हजार ९११ हेक्टर जमिनमा ४२९ मेट्रिक टन कफी उत्पादन गरिएको थियो। आर्थिक वर्ष २०७१/७२ मा २ हजार ३८१ हेक्टरमा ४६३ मेट्रिक टन, २०७२/७३ मा २ हजार ६१८ हेक्टरमा ४३४ मेट्रिक टन र २०७४/७५ मा २ हजार ६४६ हेक्टरमा ४४६ मेट्रिक टन कफी उत्पादन गरिएको थियो।

त्यसैगरी आर्थिक वर्ष २०७५/७६ मा २ हजार ६५० हेक्टरमा ५१३ मेट्रिक टन, २०७६/७७ मा २ हजार ७६१ हेक्टरमा ५३० मेट्रिक टन र आर्थिक वर्ष २०७६/७७ मा २ हजार ३६० हेक्टरमा २९६ मेट्रिक टन कफी उत्पादन गरिएको थियो।

Xtrem

Xtrem

कफीको न्यूनतम मुल्य कति?
कफीको मूल्य राष्ट्रिय चिया तथा कफी विकास बोर्डले नै निर्धारण गर्ने गरेको छ। जसअनुसार यो वर्ष ताजा चेरी ‘ए’ कफीको प्रतिकेजी ९० रुपैयाँ मूल्य निर्धारण गरिएको छ। गत वर्ष पनि यो कफीको मुल्य प्रतिकिलो ९० रुपैयाँ नै थियो। ग्रेड ‘बी’ को सो कफीको प्रतिकेजी ८० रुपैयाँ मूल्य तोकिएको छ।

ताजा चेरीबाट उत्पादन भएको पार्चमेन्ट ग्रेड ‘ए’ कच्चा कफीको मुल्य प्रतिकेजी ४५० रुपैयाँ र ग्रेड ‘बी’को ३९७ रुपैयाँ निर्धारण गरिएको छ। ११ प्रतिशत चिस्यान भएको कफीलाई पार्चमेन्ट गे्रड ‘ए’ कफी भनिन्छ। 

ड्राईचेरी ग्रेड ‘ए’ कच्चा कफीको मुल्य प्रतिकेजी १४८ रुपैयाँ तोकिएको छ। त्यसैगरी ग्रेड ‘बी’को मुल्य प्रतिकेजी ९५ रुपैयाँ निर्धारण भएको छ। ताजा चेरीबाट उत्पादन भएको ड्राई कफीलाई ‘ए’ ग्रेड भनिन्छ। 

यी कफीको मुल्य गत वर्ष नै कायम गरिएको हो। यो वर्ष त्यही मुल्यलाई यथावत् राखिएको छ। गत वर्ष नै लागतमा २० प्रतिशत मुनाफा राखेर मुल्य घोषणा गरेका कारण यस वर्ष मुल्य नबढाइएको बोेर्डले जनाएको छ। 

प्रांगारिक पद्दति अपनाएर उत्पादन गरिएको, पानीमा राख्दा डुब्ने, ठिक्क पाकेको केलाएर छानिएको कफीलाई ‘ए’ ग्रेड भनिन्छ। ‘ए’ ग्रेडमा नपरेको कफी ‘बी’ ग्रेडको हो। नेपालमा सबैभन्दा महंगो कफी पार्चमेन्ट हो। सबैभन्दा सस्तो चाहिँ ताजा चेरी हो।

प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  ०७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डुक्पा छिरिङ मोक्तान
लेखकबाट थप
अपर तामाकोशी र एमसीसी परियोजनाले थातथलो छाड्नुपर्ने चिन्ता
हिमाल आरोहण दलको नेतृत्व गर्ने मायाको अबको रहर– गाउँपालिकाको नेतृत्व
एमसीसी परियोजनामा जग्गाप्राप्ति र वातावरणीय प्रभाव मूल्यांकनको काम सुरु, सडकमा नयाँ प्रविधि भित्रिँदै
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्