• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संसद् सचिवालयले ६ संस्थालाई पठायो महाभियोग दर्ताको जानकारी [पत्रसहित]

64x64
नेपाल लाइभ आइतबार, फागुन १, २०७८  १३:५२
1140x725

काठमाडौं- संघीय संसद् सचिवालयले विभिन्न ६ संस्थालाई महाभियोग प्रस्तावबारे जानकारी पठाएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा विरुद्ध आइतबार दर्ता भएको महाभियोग प्रस्तावबारे जानकारी पत्र पठाएको हो।

जानकारी पत्र पठाइएका संस्थाहरुमा राष्ट्रपतिको कार्यालय, शीतल निवास, काठमाडौं; प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौं;  संवैधानिक परिषद्को कार्यालय, सिहदरबार, काठमाडौं, सर्वोच्च अदालत, रामशाहपथ, काठमाडौं, न्याय परिषद, रामशाहपथ, काठमाडौं र प्रधान न्यायाधीश श्री चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालत, रामशाहपथ, काठमाडौं छन्।

आइतबार बिहान सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरुले आइतबार महाभियोग प्रस्ताव दर्ता गरेका हुन्।

श्री राष्ट्रपतिको कार्यालय, शीतल निवास, काठमाण्डौ ।
श्री प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबार, काठमाण्डौं ।

श्री संवैधानिक परिषद्को कार्यालय, सिहदरबार, काठमाण्डौं ।

Ncell 2
Ncell 2
nimb
nimb

श्री सर्वोच्च अदालत,
रामशाहपथ, काठमाण्डौ ।

श्री न्याय परिषद,
रामशाहपथ, काठमाण्डौ ।

सम्माननीय प्रधान न्यायाधीश श्री चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालत, रामशाहपथ, काठमाण्डौ ।

विषय जानकारी सम्बन्धमा ।

सम्माननीय प्रधान न्यायाधीश श्री चोलेन्द्र शम्शेर जबराले लोकतन्त्र, मानव अधिकार, जनताको न्याय, विधिको शासन संवैधानिक सर्वोच्चता एवं स्वतन्त्र, सक्षम र जिम्मेवार न्यायपालिकाको जर्गेना गर्न असक्षम रहेको उल्लेख गर्दै समग्र न्यायपालिका भित्र नै निजको हालसम्मको कार्यकालमा अतिशय विकृती विसंगती तथा भ्रष्टाचार भएको देखिएको, नेपालको संविधानको परिकल्पना वमोजिम स्वतन्त्र, सक्षम, निष्पक्ष र जवाफदेहि न्यायपालिकाको परिकल्पना एवं आदर्शलाई परिपालना गर्न, शक्ति पृथकीकरण तथा शक्ति सन्तुलनलाई आत्मसाथ गर्न तथा न्यायपालिका सञ्चालनको क्रममा आर्थिक पारदर्शिता एवं सदुपयोग गर्न तथा स्वतन्त्र सक्षम न्यायपालिकाको श्रीवृद्धी गर्न पूर्णत विफल हुन पुगेको प्रधान न्यायाधीशका कार्यहरु एकपछि अर्को विवादास्पद आपत्तीजनक, पदिय मर्यादा, आचरण विपरित एवं संविधान र कानून विपरित हुन गएको, न्यायालयको साख इज्जत, प्रतिष्ठा, प्रभावकारिता र जनआस्थालाई श्रीवृद्धी गर्ने संवैधानिक दायित्वबाट निज पूर्ण रुपमा विफल र विमुख भएको, संवैधानिकता परिक्षण गर्न दायर भएका रिट निवेदनहरुको समयमै निजले निरुपणको व्यवस्था गर्न पर्नेमा पादय जिम्मेवारी विपरितका कार्य गरी न्यायमा विचलन ल्याएको संवैधानिक परिषदको सदस्यको हैसियलमा निज समेत सलग्न भई विभिन्न संवैधानिक अगका पदाधिकारीको नियुक्ती सम्बन्धमा परेका रिट निवेदनहरुको एक वर्षसम्म पनि प्रारम्भिक सुनुवाईसम्म नगरी न्यायमा गभीर अवरोध र विचलनको अवस्था श्रृजना गरेको, निजले अध्यक्षता गर्नु पर्ने संवैधानिक इजलाशको कामकारवाहीलाई अवरुद्ध गरी संविधानको कार्यान्वयनमा नै गभिर अवरोध श्रृजना गरेको सशस्त्र प्रहरीका तत्कालिन वरिष्ठ अधिकृत रञ्जन कोईरालाको फैसला उल्टीगरी गैरकानूननी ढंगले केंद घटाएको प्रश्नमा उक्त मुद्दा पुनः सर्वोच्च अदालतमा विचाराधिन रहेकोमा त्यस्तो संगीन मुद्दा आफैले पटक पटक पेशी स्थगित गरेको, विशेष अदालतमा महिनौसम्म न्यायाधीश पद पूर्ति नगरेको, आफ्नो स्वार्थ सन्नीहित मुद्दाको सुनुवाईमा आफू संलग्न नहुने भनी संवैधानिक ईजलाशबाट निर्णय गरे पश्चात पनि त्यस्ता मुद्दामा संवैधानिक ईजलाशको मुद्दा रोकी पाउ भनी परेको रिट निवेदनलाई अस्वभाविक तरिकाले निजले अवरुद्ध गर्ने प्रबन्ध मिलाउने भूमिका खेलेको, निजको संसदीय सुनुवाईको बखत निजले व्यक्त गरेको प्रतिबद्धता निजका कामकारबाहीबाट झुटो ठहरेको, सवैधानिक परिषदको पदेन सदस्यको रुपमा कार्यपालिकासग हिस्सेदारी माग गरी संवैधानिक आयोग तथा अन्य आयोगहरुमा आधार र मापदण्ड समेत निर्धारण नगरी आफ्ना मानिस नियुक्तीको सिफारिस गरेको करा सार्वजनिक भएको, न्यायपालिकाको विकृती, विसंगती र भ्रष्टाचारको सम्बन्धमा आफैद्धारा गठित माननीय न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वको समितिको प्रतिवेदन प्राप्त भएपछि प्रतिवेदन लागू गर्न अनिच्छुक भएको साप्ताहिक तथा दैनिक पेशी सूची तोक्दा मनोमानी र अपारदर्शी ढंगले तोकेको, न्यायाधीशहरुको नियुक्ती गर्दा निश्पक्ष र पारदर्शी रुपमा नगरेको, परिवारका सदस्य र नातागोताका व्यक्ति तथा न्यायधिश र पदाधिकारीलाई विचौलीयाको रुपमा प्रयोग गरी भ्रष्टाचार गरेको मिति २०७८/०७/०८ पश्चात निज माथीको आशका र अविश्वासले इजलाशमा निज वस्न नसकी संविधानले परिकल्पना गरेको सक्रिय प्रधान न्यायाधीशको अवधारणा निष्कृय हुन पुगेको, अन्य सहकर्मी न्यायाधीशहरु इजलाशमा संगै बस निजसग न्याय सम्पादन गर्न तयार नभएको, न्याय सेवा आयोगको बैठक बस्न नसकेको, आम नागरिकबाट गभीर प्रश्न उठेका लगायतका उल्लेखित कारणहरुले गर्दा निजले पदअनुकूलको आचरण नगरेको एवं संविधान र कानूनको गम्भीर उलंघन गरेको कारण उल्लेख गरी प्रतिनिधि सभाका तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एक चौथाई भन्दा बढी सदस्यहरुले नेपालको संविधानको धारा १०१ र प्रतिनिधि सभा निययमावली, २०७५ को नियम १६१ बमोजिम आज मिति २०७८ ११/०१ गते निज विरुद्ध दिएको महाअभियोगको सूचना यस सचिवालयमा सम्माननीय सभामुखज्यूलाई महासचिव मार्फत प्राप्त हुन आएको छ । 
नेपालको संविधानको धारा १०१ को उपधारा (६) मा महाअभियोगको कारवाही प्रारम्भ भएपछि नेपालको प्रधान न्यायाधीशले त्यस्तो कारवाहीको टुगो नलागेसम्म आफ्नो पदको कार्यसम्पादन गर्न पाउने छैन भन्ने संवैधानिक व्यवस्था रहेको तथा प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (९) मा महाअभियोगको कार्य प्रारम्भ भएपछि आरोपित नेपालको प्रधान न्यायाधीशले त्यस्तो कारबाहीको टुंगो नलागेसम्म आफ्नो पदको कार्य सम्पादन गर्न पाउने छैन भन्ने व्यवस्था रहेको र सम्माननीय प्रधान न्यायाधीश श्री चोलेन्द्र शम्शेर जबरा विरुद्ध महाअभियोगको कारबाही प्रारम्भ भएको हुँदा नेपालको संविधानको धारा १०१ को उपधारा (६) तथा प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (९) बमोजिम उक्त महाअभियोगको कारबाहीको टुंगो नलागेसम्म निजले आफ्नो प्रदको कार्यसम्पादन गर्न नपाउने व्यहोरा जानकारी गराउँदछु ।

महाअभियोगको छायाँ प्रति यसैसाथ सलग्न छ ।

(डा. भरतराज गौतम) 
संघीय संसदको महासचिव

 

प्रकाशित मिति: आइतबार, फागुन १, २०७८  १३:५२
  • #प्रधानन्यायाधीश_राणाविरुद्ध_महाभियोग

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्