काठमाडौं– नेपाल राष्ट्र बैंकले शंकास्पद कारोबार गर्नेलाई निगरानी गर्न थालेको छ। राष्ट्र बैंकले सात लाख रुपैयाँभन्दा माथिको नगद कारोबारको अनुसन्धान थालेको जनाएको छ।
अहिलेको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाबाट १० लाखदेखि माथि नगद निकाल्न पाइँदैन। पछिल्लो दिन नगदसहित मान्छे पक्राउ पर्ने, नगदको शंकास्पद कारोबार बढ्नुका साथै हुन्डी, क्रिप्टोको आन्तरिक भुक्तानीलगायतमा पनि नगद प्रयोग बढेको भन्ने विश्लेषणका आधारमा राष्ट्र बैंकले कडाइ गरेको हो।
राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभाग अन्तर्गतको सम्पति शुद्धीकरण अनुगमन इकाइले सबै वाणिज्य बैंकका प्रमुख कार्यकारीहरुलाई पत्र लेख्दै माघ २४ गतेभित्र प्रतिकारोबार सात लाख र त्योभन्दा बढीको नगद कारोबारको विवरण बुझाउन आग्रह गरेको छ।
राष्ट्र बैंकले गएको साउन १ देखि पुस ३० गतेसम्मको विवरण माग गरेको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।