• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

रासायनिक मलको भर पर्दा हुन छाड्यो प्रांगारिक खेती

64x64
डुक्पा छिरिङ मोक्तान मंगलबार, माघ २५, २०७८  ०७:०५
1140x725

काठमाडौं– कुनै समय नेपालको कृषि प्रणाली प्रांगारिक मलमा अधारित थियो। तर, पछिल्लो समय वार्षिक अर्बौँ रुपैयाँ बराबरको रासायनिक मल भित्रिने गरेको छ। त्यैपनि नेपालमा हरेक वर्ष रासायनिक मल अभाव हुन्छ।

कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार नेपालमा हरेक वर्ष १५ देखि २० अर्ब रुपैयाँ बराबरको रासायनिक मल आयात हुन्छ। तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७३/७४ मा रासायनिक मलको कारखाना खोल्न पहिलो पटक बजेट पनि छुट्याएका थिए। रासायनिक मलको आयात घटाउन सरकारले स्वेदशमै कारखाना खोल्ने योजना बनाएको थियो।

तर, सरकारले रासायनिक मलको विकल्प मानिएको प्रांगारिक तथा कम्पोष्ट मललाई प्रवर्द्धन गर्न सकेको छैन। नेपालमा प्रांगारिक मलको प्रयोग न्यून हुँदा माटोमा हुनै पर्ने प्राङगारिक पदार्थको तहसमेत घट्दै गएको छ। प्राङगारिक मल प्रवर्द्धन प्रविधि प्रसार विशेषज्ञ डा. विष्णुकुमार धितालका अनुसार रासायनिक मलको साटो प्रांगारिक तथा कम्पोष्ट मल प्रयोग गरेर त्यस्तो तह फर्काउन सकिन्छ।

गाई, भैँसी, बाख्रा आदि घरपालुवा जनवारको विष्टालाई सदुपयोग गरेर प्रांगारिक मल बनाउन सकिन्छ। सुधारिएको गोठे मल नै प्रांगारिक मल भएको डा. धितालले बताए। प्राङ्गरिक मलले नपुगेमा कम्पोष्ट मल बनाएर रासायनिक मलको विकल्पमा प्रयोग गर्न सकिने उनको भनाइ छ। ‘कम्पोष्ट मल बनाउनका लागि खाल्डो बनाउनु पर्छ। यसमा गाईवस्तुको मल हुँदैन। कम्पोष्ट मलका लागि एक ठाउँमा कारखाना खोलेर हुँदैन। घरघरमा बनाउनुपर्छ,’ उनले भने।

प्रांगारिक मल प्रवद्र्धनका लागि सरकारी प्रयास नभएका भने होइनन्। सरकारले प्रांगारिक कारखाना र मल बनाउनका लागि मापदण्ड बनाएको थियो। २०७७ सालमा नै यस्तो मापदण्ड बनाए पनि ठूलो मात्रामा प्रांगारिक मल उत्पादन हुन सकेको छैन।

कसरी बनाउने प्रांगारिक तथा कम्पोष्ट मल?
प्रांगारिक मल गाईवस्तुको तथा जनावरको मलमूत्रबाट बनाइन्छ। गाउँघरमा गाई, भैसी, बाख्रालगायत जनावर पालिने हुँदा तिनीहरूको मलमूत्रबाट बनाइएको मललाई नै प्रांगारिक मल भनिन्छ। 

प्रांगारिक मल बनाउन गोबर वा वस्तुभाउको विष्टा र सोतर मिलाइन्छ। विष्टाको दुई गुणा सोतरको मात्रा राखेर मिश्रण गरी थुप्रो लगाइन्छ। थुप्रो लगाएको मललाई महिनाको एक पटक राम्रोसँग मिसिने गरी पल्टाउनुपर्छ। यसरी तीनदेखि चार पटक पल्टाएपछि प्रांगारिक मल तयार हुन्छ।

पराल, छ्वाली, उखुको पात, झारपात, स्याउला, रुखबाट झरेको पात, रुखको कलिलो डाँठ, तरकारी केलाएर फ्याँकिने बोक्रा खाल्डोमा कुहाएर कम्पोष्ट मल बनाउन सकिन्छ। कम्पोष्ट मल बनाउँदा सामग्रीहरू जति साना टुक्रा भए त्यति नै छिटो र सजिलोसँग कुहिन्छ। कम्पोष्ट मल बनाउन उपयुक्त चिस्यान हुनुपर्छ।

nimb
nimb

सुक्खायाममा कम्पोष्ट बनाउन सकिन्छ। कम्पोष्ट मल बनाउने खाल्डो दुई हात अर्थात् एक मिटरभन्दा बढी गहिरो बनाउनु हुँदैन। चौडाइ पनि दुई हातभन्दा बढी हुनु राम्रो हुँदैन। लम्बाइ भने आवश्यकताअनुसार बनाउन सकिन्छ। एक मिटर गहिरो, एक मिटर चौडा र एक मिटर लम्बाइ भएको खाडल वा थुप्रोमा करिब ४० डोको अर्थात् एक टन कम्पोष्ट मल बनाउन सकिन्छ। त्यसैअनुसार आवश्यकता अनुसार कम्पोष्ट मल बनाउन सकिन्छ।

‘प्रांगारिक र कम्पोष्ट मल बनाउने विधि सुधार्नु आवश्यक’
कृषिविज्ञ डा. कृष्ण पौडेल रासायनिक मलले बालीलाई विकृत गर्ने हुँदा प्रांगारिक खेतीतर्फ लाग्नुपर्ने बताउँछन्। रासायनिक मलबाट उत्पादन बढ्ने भ्रम त्याग्नुपर्ने उनको भनाइ छ। तर, समाज फेरिँदै जाँदा गाउँघरमा समेत प्रांगारिक मल बन्न छाडेको उनले बताए।

‘किसान झोला बोकेर विदेश जान थाले। काम गर्ने जनशक्ति छैन। त्यसैले रासायनिक मलको प्रयोग बढेको छ,’ उनले भने। गोठे मल, कम्पोष्ट मल बनाउने विधि सुधार गर्न सके यसको प्रयोग बढ्ने उनी बताउँछन्। 

प्रांगारिक मल कारखाना बनाएर यसको उत्पादन नबढ्ने उनको भनाइ छ। ‘प्राङगारिक मल गोठमा बन्ने हो। कारखानामा बन्दैन। कम्पोष्ट मल पनि माटोमा झारपात र स्याउला कुहाएर बनाउने हो। बरु मल बनाउने प्रक्रियालाई सुधार गर्नतिर लाग्नुपर्छ,’ डा. पौडेलले भने।

झारपात र घरबाट निस्किने कतिपय कुहिने फोहोर पनि डढाउने या फाल्ने चलन छ। त्यसरी जलाउँदा र फाल्दा प्रदूषण बढ्ने डा. धिताल बताउँछन्। उक्त फोहोरलाई कम्पोष्ट मल बनाउन सकिने उनको भनाइ छ। हरियो स्याउला कुहाएर पनि कम्पोष्ट मल बनाउन सकिन्छ।

कारखाना चलाउनेभन्दा पनि सरकारले प्रांगारिक मल उत्पादन गर्न विभिन्न अनुदान कार्यक्रम सञ्चालन गर्नु पर्ने डा. धितालले बताए। किसानले उत्पादन बढाउने सोचले जथाभावी रासायनिक मल बढाइरहँदा माटोको गुणस्तर खस्केको उनको भनाइ छ। ‘माटो बिग्रनुको धेरै कारणमध्ये रासायनिक मलको अत्यधिक प्रयोग पनि हो,’ उनले भने, ‘कतिपय किसानहरूले अहिले ठूला होटल, रेष्टुरेन्टहरुसँग समन्वय गरेर अर्गानिक उत्पादन बेचिरहेको उदाहरण पनि छन्। अर्गानिक खेतीका लागि सरकारले बजार सुनिश्चित गरे संभव हुने यसले देखाउँछ।’

रासायनिक मलको आयातमा हरेक वर्ष वृद्धि
प्रांगारिक तथा कम्पोष्ट मल बनाउनको लागि समय बढी खर्च हुने र प्रक्रिया लामो भएकाले रासायनिक मलको प्रयोग बढ्दै गएको डा. धिताल बताउँछन्। कतिपय किसानले धेरै गाईवस्तु पाल्न छाडिसकेको र प्राङगारिक मलको प्रयोग गर्न झन्झटिलो मान्ने हुँदा पनि रासायनिक मलको माग बढेको उनले बताए। 

केही स्थानीय तहहरुले प्राङगारिक मल उत्पादनमा जोड दिए पनि किसान भने रासायनिक मलतर्फ नै आकर्षित भएको उनको भनाइ छ। ‘खाल्डो खन्नु पर्‍यो। झारपात, स्याउला काटेर ल्याउनु पर्‍यो,’ उनले भने, ‘मिहिनेत बढी भएकाले रासायनिक मलको प्रयोग बढेको हो।’

नेपालमा वार्षिक चार लाख मेट्रिक टन रासायनिक मल आयात हुने गरेको छ। कृषि सामग्री कम्पनीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/७४ मा तीन लाख २८ हजार २१७ मेट्रिक टन मल आयात भएको थियो। त्यसपछि वर्षेनी आयात बढेको छ। गत आर्थिक वर्ष चार लाख दुई हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्रिएको छ।

प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डुक्पा छिरिङ मोक्तान
लेखकबाट थप
अपर तामाकोशी र एमसीसी परियोजनाले थातथलो छाड्नुपर्ने चिन्ता
हिमाल आरोहण दलको नेतृत्व गर्ने मायाको अबको रहर– गाउँपालिकाको नेतृत्व
एमसीसी परियोजनामा जग्गाप्राप्ति र वातावरणीय प्रभाव मूल्यांकनको काम सुरु, सडकमा नयाँ प्रविधि भित्रिँदै
सम्बन्धित सामग्री
देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ कृषि विभागले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार देशभरका कुल धानखेती योग्य जमिनमध्ये ९८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ। आइतबार, भदौ ७, २०८३
डीडीसीको घ्यू अब दुबईमा, पहिलो चरणमा ६ सय किलो निर्यात नेपाली दुग्धजन्य उत्पादनलाई विश्व बजारमा स्थापित गर्ने लक्ष्यसहित डीडीसीले पहिलो खेप घिउ संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पठाएको... शुक्रबार, भदौ ५, २०८३
अकबरे खुर्सानी खेतीबाट लाखौँ कमाउँदै मोतीबहादुर कुनै बेला गोलभेँडा खेतीबाट रामेछाप जिल्लामा स्थापित भएका मन्थली नगरपालिका–८ चिसापानीका कृषक मोतीबहादुर सारू मगर अहिले अकबरे खुर्सानी... शुक्रबार, भदौ ५, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी प्रभावितको आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार गरिने बिहीबार, भदौ ११, २०८३
रसुवाको बाढी प्रभावित क्षेत्रमा ८ टन राहत सामग्री पठाइयो बिहीबार, भदौ ११, २०८३
सिन्धुपाल्चोकसहित ५ जिल्लामा सतर्कता अपनाउन आग्रह बिहीबार, भदौ ११, २०८३
थप ठूलो बाढी आउने विश्वसनीय सूचना प्राप्त छैन : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरण बिहीबार, भदौ ११, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
नुवाकोटको विदुर ७ बाट पत्रकार निराजन पौडेलको परिवार सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्