• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'चीनले कम्युनिस्ट एकता मात्र होइन नेपालको स्थायित्व समेत चाहेको हो'

64x64
नेपाल लाइभ बिहीबार, असोज १९, २०७४  १४:२९
1140x725

काठमाडौं- गणतन्त्र स्थापनापछि चार पटक गठबन्धन गर्दै फुट्दै गरेका नेकपा एमाले र माओवादी केन्द्रले मंगलबार एउटै कम्युनिस्ट पार्टी बनाउने उद्देश्यले पार्टी एकता गर्ने सहमति गरे। आकस्मिक रुपमा भएको वाम एकताले नेपाली राजनीतिमा नयाँ तरंग ल्याएको छ। विश्लेषकहरुले वाम एकतामा, सतहमा नेकपा एमाले र माओवादी केन्द्र देखिए पनि नेपथ्यमा चीनको भूमिका थियो समेत भनेका छन्। चीनले के वाम एकता चाहेको थियो र? एकतापछि चीनसहित अन्तर्राष्ट्रिय समुदायको के प्रतिक्रिया प्राप्त भयो? नेकपा एमालेका उपाध्यक्ष भीम रावलसँग शिशिर ढकालले यी प्रश्नको जवाफ खोजेका छन्।

आकस्मिक रुपमा वाम एकता किन भयो?

यो एकता आकस्मिक होइन, संविधानसभाको पहिलो निर्वाचन लगत्तै वाम एकताका लागि धैर लामो वार्ता र छलफल गरेका थियौँ। दस्तावेजहरु तयार गरेका थियौँ र एक भएर जाने टुंगो गरेका थियौँ। तर, कारणवश हुन सकेन। त्यसपछिका दिनमा पनि हामीले एकता र सहकार्यका लागि अनेकौँ चरणमा कुरा गरिरहेका थियौँ। कतिपय अवस्थामा सहकार्य समेत गर्दै आयौँ। अहिलेको सहकार्यका लागि पनि हामीले पटक-पटक कुराकानी गर्यौं। हाम्रो राष्ट्रिय आवश्यकता, नेपाली जनताको आकंक्षा र वामपन्थी आन्दोलनलाई एकीकरण गर्नैपर्ने युगको दायित्यवलाई ध्यानमा राखेर यो परिणाम आएको हो।

वाम एकताका सूत्रधार को-को हुन्?

नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत बनाएर हेर्न चाहने नेकपा एमाले र माओवादी केन्द्रका नेतृत्व र नेताहरुले वाम एकताका लागि योगदान गर्नुभएको छ।

माओवादी केन्द्रबाट अविश्वासको प्रस्ताव समेत सामना गरेको एमालेले उसलाई फेरि कसरी विश्वास गर्‍यो?

माओवादी केन्द्रले एमालेको सरकारमाथि अविश्वासको प्रस्ताव ल्याएको कुरा परिस्थितिले सिर्जना गरेको विषय भयो। अहिलेको विषय फरक छ। अहिले नेपालको संविधान कार्यान्वयन गरेर देशलाई राजनीतिक स्थायित्वको बाटोबाट अघि बढाउने, देशको स्वतन्त्रता, राष्ट्रिय अखण्डता, सामाजिक सद्भावका लागि सँगै अघि बढ्ने र नेपालको संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने साझा उद्देश्यका लागि दुई दल सँगै जानुपर्ने महसुस गर्‍यौं र यो सम्भव भयो।

जुट्दै फुट्दै गरेको एमाले-माओवादी गठबन्धन दीर्घकालीन हुने आधार के हो?

Ncell 2
Ncell 2
nimb
nimb

हाम्रो देशको राजनीतिक संस्कृतिमा नै विभाजन र मतभेदका अनेक शृंखला छन्। यो नेपालको राजनीतिको एउटा चरित्र बनेको छ। अहिले भने सर्वोपरी राष्ट्रिय हितलाई ध्यानमा राखेर कम्युनिस्ट आन्दोलनलाई बलियो बनाई नेपाली जनताको आकांक्षा पूरा गर्न समृद्धिको बाटोतर्फ अग्रसर हुने संकल्प गरेका छौं। यो एकतामा नेपाली जनताको व्यापक समर्थन समेत प्राप्त भएको छ। यो नै हाम्रो सहकार्य दीर्घकालीन हुन्छ भन्ने मुख्य आधार हो। फेरि लामो गृहकार्य र मन्थनपछिको परिणाम भएकाले अहिलेको एकतामा शंका गर्नुपर्ने आधार छैन।

नेपाली कांग्रेसका नेताहरुले एमाले समाप्त गर्ने चुनौति दिएपछि त्यसलाई 'काउन्टर' दिन वाम एकता भएको कुरा सत्य हो?

यो बहुदलीय प्रतिस्पर्धामा कसैलाई सिध्याउने, कसैलाई खत्तम पार्ने नकारात्मक उद्देश्यले हामीले एकता गरेका होइनौं। न त हामीलाई सिद्याउने भए भन्ने जगमा नै यो सहकार्य भएको हो। राष्ट्रिय आवश्यकता परिपूर्तिका लागि परिवर्तनमा कटिबद्ध, समाजिक न्यायमा अडिग, राष्ट्रिय स्वाधिनता र स्वाभिमानप्रति प्रतिबद्ध पार्टीहरुले चुनाव जित्नुपर्‍यो भन्ने हाम्रो आशय हो। अब आउने निर्वाचनमा अत्यधिक बहुमतका साथ राज्य सञ्चालनको अभिभारा लिन्छौं भन्ने हाम्रो उद्घोष हो। 

कम्युनिस्ट सिद्धान्त त्यागेका बाबुराम भट्टराईलाई वाम एकतामा कसरी समावेश गर्नुभयो?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

राष्ट्रको सर्वोपरी हितलाई ध्यानमा राखेर हाम्रो संविधानले कोरेका मार्गमा हिँड्न बाबुरामजी पनि तयार हुनुभयो। त्यसैले उहाँलाई समेत समावेश गराउनका लागि हामी तयार भएका हौँ।

वाम एकतापछि अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रिया के छ?

अन्तर्राष्ट्रिय समुदायले वाम एकतालाई राम्रै प्रतिक्रिया दिनेछन् भन्ने हाम्रो विश्वास छ। हालसम्म कसैले पनि सार्वजनिक रुपमा केही भनेको अवस्था छैन। कुनै पनि देशमा त्यहाँको राजनीतिक दल मिल्छन्, राजनीतिक स्थायित्व प्राप्ति हुन्छ भने त्यसले देशका लागि मात्रै होइन संसारकै लागि योगदान पुग्छ। त्यसकारण हामीलाई विश्वास छ, हाम्रा अन्तर्राष्ट्रिय मित्रहरु अवश्य पनि खुसी हुनेछन्।

कम्युनिस्ट एकता चाहने चीनको केही प्रतिक्रिया आएको छ?

चीनले कम्युनिस्टहरु एक हुन् मात्र भनेन। चीनले नेपाल राजनीतिक स्थायित्व, दीगो शान्ति र समृद्धिको बाटोमा अघि बढोस् भन्ने पनि चाहेको छ। उसले हामीले त्यही चाहेका हौं भन्दै आइरहेकै हो।

वाम एकतामा सतहमा दुई पार्टी देखिए पनि नेपथ्यमा चिनियाँ दबाब थियो भन्छन् नि?

चीनले राजनीतिक दलहरु मिलेर नेपाललाई स्थायित्वको बाटोतर्फ अघि बढाएको हेर्न चाहेको कुरा बारम्बार गर्दै आएको हो। कुनै पनि असल छिमेकीले भन्ने कुरा त्यही नै हो। तर, चीनले राजनीतिक दलहरु मिलेको हेर्न चाहेको भन्दैमा उसले भनेका आधारमा हामी जुट्ने र फुट्ने कुरा हुन सक्दैन। हामी नेपाली जनताले आफ्नो निर्णय आफैं गर्छौं। हामीले आफ्नै विवेकले निर्णय गरेका हौँ। हामी कुनै देशले भनेर होइन, नेपालको धर्तीले भनेर, नेपाली जनताको ढुकढुकीले भनेर यो निर्णयमा पुगेका हौँ।

एमाले अध्यक्ष केपी शर्मा ओली चीन जाँदा चिनियाँ पक्षले बृहत् वाम एकताको प्रस्ताव गरेको र त्यसैलाई अहिले मूर्त रुप दिइएको भन्ने तर्कबारे के भन्नु हुन्छ?

नेपालको पार्टी एकताका विषयमा कुनै कुरा भएको छैन। नेपालको आर्थिक समृद्धि र दुई पक्षीय सम्झौता कार्यान्वयनका विषयमा मात्रै छलफल भएको हो। अध्यक्षको चीन भ्रमणमा चिनियाँ पक्षले कम्युनिस्ट पार्टीहरुको एकताको प्रसंग निकालेको थिएन।

प्रकाशित मिति: बिहीबार, असोज १९, २०७४  १४:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्