Vianet Content Block Ad new Vianet Content Block Ad new
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, मंसिर ११, २०८२ Thu, Nov 27, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

ओलीलाई संसदीय प्रणालीबाट 'स्वीप' गर्न पनि गठबन्धन कायम राख्नुपर्छ : मेटमणि चौधरी [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ सोमबार, पुस २६, २०७८  ०९:१५
1140x725

माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी स्थापना भएको चार महिना बितेको छ। यो अवधिमा संघीय सरकार र प्रदेश सरकारमा सो पार्टी  सहभागी भएको छ। प्रदेश १ र बागमती प्रदेश सरकारको त नेतृत्व नै गरेको छ। अहिले उक्त पार्टी देशभर संगठन विस्तारमा व्यस्त देखिन्छ। सो पार्टीको संगठन विस्तार, पछिल्लो राजनीतिक घटनाक्रम र पाँच दलीय गठबन्धनको निरन्तरताको विषयमा पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीसँग नेपाल लाइभका बीपी अनमोलले गरेको संवादः

एमालेमा हुँदा तपाईंको खुबै चर्चा हुने गर्थ्यो। अहिले त तपाईंको पार्टी र तपाईं आफैं पनि गुमनाम हुनुभयो भनिँदैछ। त्यस्तै हो?
मलाइ त्यस्तो लाग्दैन। मैले प्रत्येक दिन जसो विभिन्न जिल्लाहरुमा पुगेर कार्यक्रम र बैठकहरु गरिरहेको छु। जुन जिल्लामा जान्छु, त्यहाँका सञ्चार माध्यमहरुले स्थान दिइरहेको अवस्था छ। फरक यति मात्रै हो, अहिले म लुम्बिनी प्रदेशमा छु। काठमाडौंमा बोलेको छैन। यहाँ बोल्दा देशैभर सुनिन्छ। बुटवल, दाङ, गुल्मी लगायतका ठाउँबाट बोल्दा काठमाडौंका मानिसलाई गुमनाम भएको जस्तो लाग्यो होला। तर, लुम्बिनी प्रदेशभित्र त्यस्तो महसुस भएको छैन।

तपाईंहरुको जुन उद्देश्य राखेर पार्टी गठन गर्नुभएको थियो, त्यसै हिसाबले अघि बढिरहनुभएको छ कि के छ?
हामीले धेरै ठूलो उपलब्धि हासिल गरेका छौं। हाम्रो जुन लक्ष्य थियो, यस बीचमा त्योभन्दा धेरै छलांग मारेका छौं। मनाङबाहेक सबै जिल्लाको जिल्ला कमिटी भेला र प्रशिक्षणहरु आयोजना गरेका छौं। करिब ७० प्रतिशत पालिकामा कमिटी निर्माण भइसकेको छ। केन्द्रीय र प्रदेश तहका जनवर्गीय संगठनहरु बनिसकेका छन्। १५ देखि १६ लाख जनतालाई हामीले आफ्नो पार्टीसँग आबद्ध गरिसकेका छौं। अझै ३०/३२ लाख मानिसलाई हाम्रो पार्टीको बारेमा जानकारी दिने अभियान छ। मानिसहरुले गरेको अपेक्षा र हाम्रो लक्ष्य भेट्टाएका छौं। मानिसहरुको यो पार्टी कमजोर हुन्छ, कमिटी र संगठन बन्दैन, अरु सांगठनिक काम हुँदैन भन्ने अनुमान गरेका थिए। त्यसलाई पनि चिर्न सकेका छौं। हामी हाम्रो लक्ष्यमा नै अघि बढिरहेका छौं।

लामो समय नेकपा एमालेको राजनीति गर्नुभयो। पछि विद्रोह गर्नुभयो। एमाले छोडेर राजनीतिक भविष्य सकियो भन्ने लागेको छैन?
छैन। पहिलेको भन्दा उन्नत र राम्रो पार्टी निर्माण गर्नका लागि हामीले पार्टी गठन गरेका हौं। विश्वका हरेक इतिहासमा विद्रोह भएको देखिन्छ। जस्तै कुनै बेला यही समाज आदिम साम्यवादी थियो। त्यसमा मानिस सन्तुष्ट हुन सकेनन्। त्यहीँभित्र थोरै मानिसले विद्रोह गरे र दासयुगको जन्म भयो। दासयुग त्योभन्दा त राम्रै समाज थियो। उन्नत प्रकारकै थियो। तर त्यो समाज पनि लामो समयसम्म टिकेन। त्यसपछि सामन्तवादी समाजको निर्माण गर्‍यो। अहिले पुँजीवादी युगमा हामी छौं। समाजवादी युगमा जान चाहिरहेका छौं। भनेपछि, पहिलेको भन्दा उन्नत समाज निर्माण गर्नका लागि विद्रोह भएको इतिहास छ।

नेकपा एमालेबाट अब मुलुकको समृद्धि प्राप्त गर्न सक्ने, नेपालको संविधानलाई कार्यान्वयन गर्ने, नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाउन सक्ने अवस्था नभएपछि त्यसभित्रका क्रान्तिकारी धारले विद्रोह गर्नुपर्ने आवश्यकता थियो। त्यही आवश्यकतालाई हामीले पूरा गरेका छौँ। नेपालको कम्युनिस्ट आन्दोलनलाई जे आवश्यकता थियो, माधवकुमार नेपालको नेतृत्वमा हामीले गरेका छौं। महत्त्वपूर्ण र ऐतिहासिक काम हामीले गरेका छौं। नेकपा एमालेभन्दा अझ असल, उन्नत र समृद्ध प्रकारको कम्युनिस्ट पार्टी निर्माण गर्नुपर्ने भएकाले हामीले एकीकृत समाजवादी गठन गरेका हौं। यसमा हामीले गौरव महसुस गरिरहेका छौं।

एकीकृत समाजवादीले मदन भण्डारीले उठाउँदै आएको जबज छोडेको हो कि बोकेको हो?
मदन भण्डारीलाई केपी ओलीले आफ्नो आदर्श व्यक्ति मान्छन्। उनी र उनको कम्पनीले छोडेको छ। संवैधानिक सर्वोच्चता, कानुनी राज्य, आवधिक निर्वाचन लगायतका जबजभित्रका महत्त्वपूर्ण १४ वटा विशेषता छन्, ती सबै छोडेको छ। केवल भनिदिनका लागि ओली समूहले मदन भण्डारीको नाम जपिरहेको छ। तर, हामीले साँचो अर्थमा जसले संविधानको सर्वोच्चताको कुरा गरेका छौं। त्यसको प्राप्तीका लागि चुनौती मोलेका छौं। आवधिक निर्वाचनको पक्षमा वकालत गरिरहेका छौं। कानुनी राज्यको कुरा गरिरहेका छौं। त्यसको खास हिमायती, आत्मा, मर्म, भावना बोक्ने एकीकृत समाजवादी पार्टी हो। ओलीहरुले त खालि बोल्नका लागि मात्रै मदन भण्डारीको नाम जपिरहेको अवस्था छ।

Ncell 2
Ncell 2

एकीकृत समाजवादीले अंगालेर हिँडेको छ भन्नुभएको हो?
खास अंगाल्ने हामी नै हो। बरु प्रचण्डले मान्नुभयो। किनकि, जनताको बहुदलीय जनवाद भित्रको संवैधानिक सर्वोच्चता र कानुनी राज्यको कुरा धेरै महत्त्वपूर्ण हो। आवधिक निर्वाचन धेरै महत्त्वपूर्ण हो। यो कुरा प्रचण्डले मान्नुभयो। नेपाली कांग्रेसले मान्यो। तर, केपी ओलीले त यसको खिल्ली उडाइदिए। त्यसैले माला जपेर मात्रै भएन। व्यवहार र कार्यान्वयनमा उत्रिनुपर्छ। मदन भण्डारीले अघि सारेको जबजलाई हामीले नै खासमा अंगालेका छौं। त्यसमा हामी गौरव गर्छौं।

आगामी निर्वाचनमा एक्लै लड्न नसकेर एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले गठबन्धन कायम राख्नुपर्छ भनेर कराइरहेका छन् भनेर एमाले अध्यक्ष ओलीले भनिरहेका छन्। त्यसबाहेक गठबन्धन बनाएर चुनाव लड्नुको औचित्य छ र?
केपी ओलीको तर्कमा कुनै दम छैन। २०७४ सालमा हामी निर्वाचन लड्यौं। करिब ३१ लाख भोट ल्याएर ८० ठाउँमा चुनाव जित्यौं। के ती सिटमा चुनाव जित्दै गर्दा एमालेको भोटले मात्रै चुनाव जितेका हौं र? होइनौं नि। १३ लाख नेकपा माओवादी केन्द्रको भोट ३१ लाख भोटमा थप्यौं। राप्रपाका भोट थपेका छौं। उम्मेदवार बनाएका छौं।

जनमोर्चाका मानिसलाई आफ्नो उम्मेदवार बनायौं। र, हामीले भोट प्राप्त गर्‍यौं। कांग्रेसलाई हराउनका लागि धेरै स्वतन्त्रलाई सूर्य चुनाव चिह्न दिएरै उम्मेदवार बनायौं। के एमालेको भोटको कारणले मात्रै त्यतिखेर ठूलो पार्टी बनेको थियो र? त्यो बेला नै ६/७ पार्टीसँग सम्झौता गरेका थियौं।

पाँचदलीय गठबन्धन रहेन भने पनि एकीकृत समाजवादी र माओवादी केन्द्र गठबन्धन गरेर नै जान्छन् हो?
हाम्रो समीकरण अंकगणितको हिसाबले हेर्नुपर्छ। हाम्रो तत्कालीन ३१ लाख भोटमध्ये तीन चार महिनामा आधाभन्दा बढी प्राप्त गर्ने हैसियतमा हामी पुग्छौं। १६/१७ लाख भोट हामीले होल्ड गरिसक्छौँ। माओवादीको १३ लाख भोट घटेको छैन जस्तो लाग्छ। त्यो जोड्दा २९ लाख भयो। जनमोर्चा र जसपाको ४ लाख भोट र अरु पनि पार्टीको पनि मिलाउदा करिब ३५ लाख भोट हुन्छ। सबै मिलेर बहुमत आउने जस्तो देखिने बितिक्कै भोट अरु पनि थपिन्छ। नेपाली कांग्रेसको भोट पनि जोड्यो भने हेर्नुस् त कस्तो हुन्छ। समानुपातिकतर्फ नेपाली कांग्रेसको धेरै आउन सक्ला। तर, प्रत्यक्षतर्फ र समानुपातिक तर्फ हामी, माओवादी र अरु पार्टीको मिलाउने बितिक्कै हामी धेरै माथि पुग्छौं। ६० प्रतिशत मत हामीले 'होल्ड' गर्न सक्छौं।

त्यसैले नेपाली कांग्रेस पनि मिल्यो भने अस्तित्व कायम राख्न सक्छ। एक्लै लड्दा थोरै ठाउँमा जित्ला तर गठबन्धनलाई कायम राखेर गयो भने अस्तित्व कायम रहन्छ। १६५ निर्वाचन क्षेत्रमध्ये कुनै पनि निर्वाचन क्षेत्रमा जित्न नसक्ने अवस्थामा पुग्छ। उसले ल्याउने भनेको समानुपातिकबाट मात्रै हो। त्यसैले यो कांग्रेसले बुझ्ने कुरा हो। कांग्रेसले गठबन्धनलाई टिकाइ राख्ने या गठबन्धनलाई छोडेर क्षणिक स्वार्थका लागि एक्लै चुनाव लड्ने भन्ने उसको कुरा भयो।

नेपाली समाजले अहिले एउटा चिजलाई अनुमोदन गरेको छ। नेकपा माओवादी केन्द्रभित्र प्रचण्डलाई अध्यक्ष बनाउने, कांग्रेसभित्र देउवा नै सभापति बन्ने, एकीकृत समाजवादीभित्र सर्वसम्मत रुपमा माधवकुमार नेपाललाई नेता मान्ने र जसपाभित्र उपेन्द्र यादवलाई नेता मान्ने कुराले नेपाली समाज र राजनीतिक व्यवस्थामा गठबन्धनलाई टिकाउनुपर्छ भन्ने विषयलाई समाज र राजनीतिक दलहरुले अनुमोदन गरेका छन्। त्यो अनुमोदन गरेको कारणले अब कुनै पनि राजनीतिक दलले गठबन्धनबाट भाग्न सक्दैनन्। गठबन्धन पछिको नतिजा के हुने भन्ने हामीले महसुस गरेका छौं।

कांग्रेसभित्र कसैले चर्चा कमाउनका लागि नारा र भाषण गरिरहेका छन्। समाजमा देखाउनका लागि बोलेका हुन्।नेपाली कांग्रेसका मानिसहरुले कांग्रेसभित्र आफूलाई चर्चित र स्थापित गराउनका लागि गठबन्धन हुँदैन भनेर भाषण गरिरहेका छन्।

आजको संसदीय प्रणालीभित्र हामी ठूलो पार्टीको कुरा गरिरहेका छौं। एक्लै ठूलो पार्टी हुन सम्भव छ त? यो प्रणालीमा हामीले आफूलाई शक्तिशाली देखाउन वा सत्ता लिनका लागि धेरै ठाउँमा चुनाव जित्नुपर्ने छ। पालिका, प्रदेश र संघमा चुनावमा एक्लै लडेर ठूलो पार्टी बन्न सम्भव छैन। यस्तो कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी वा एमालेले गर्दैनन्। तपाईं हेर्नुस्, हामीले पाँच दलीय गठबन्धन बनाइसकेपछि ओली र राप्रपा मिल्दैछन्। कम्तिमा हाम्रो गठबन्धन त लोकतन्त्र र गणतन्त्रका लागि लड्न हो नि। तर, ओली राप्रपासँग गठबन्धन गर्दैनन्। राप्रपाको सिद्धान्त र दृष्टिकोण सकिसकेको छ। आज त्यही पार्टीसँग गठबन्धनको कुरा गरिरहेका छन्। त्यसैले संसदीय प्रणालीमा कि आउनु नै हुँदैन, आइसकेपछि गठबन्धन गरेर जानुपर्छ। संसारभरको इतिहास हेर्नुस्। राजनीतिक दलले अंगाल्ने अभ्यासका कुरा गर्नुस्। भारतमै हेर्नुस्। बिजेपीको एउटा गठबन्धन छ, कांग्रेस आइको एउटा छ। युरोपभरि त्यस्तै छ। आफूलाई शक्तिशाली राख्नका लागि मिल्न सक्ने जति सबैसँग मिल्ने इतिहास छ। हामी पनि गठबन्धन गर्छौं। ठूलो पार्टीको रुपमा आफूलाई स्थापित गर्छौं।

कांग्रेसले त सत्ता गठबन्धन चुनावसम्म होइन भन्न थालेको छ। यो अवस्थामा तपाईंहरु कसरी अगाडि बढ्नुहुन्छ?
कांग्रेसभित्र कसैले चर्चा कमाउनका लागि नारा र भाषण गरिरहेका छन्। समाजमा देखाउनका लागि बोलेका हुन्। नेपाली कांग्रेस एक्लै चुनाव लडेर आफ्नो अस्तित्व कायम गर्न सक्छ त? गठबन्धन नगरे नेपाली कांग्रेस र नेकपा एमालेको भोटको अन्तर भनेको ४५ हजार मात्रै हो नि। समानुपातिक तर्फबाट ४१ सिट एमालेले र ४० सिट कांग्रेसले जितेको हो। तर, १३ लाख भोट हाम्रो, ३१ लाख भोट माओवादी र अन्य भोट पनि थपिएका कारणले हामीले ८० ठाउँमा चुनाव जित्यौं। कांग्रेसले जम्मा २३ ठाउँमा चुनाव जित्यो। तर माओवादीको भन्दा १८ लाख भोट बढी हुँदाहुँदै कांग्रेसले किन प्रत्यक्षमा माओवादीले भन्दा १३ सिट कम जित्यो? त्यसैले नमिलेर एक्लै लड्दा यस्तो नतिजा आउँछन नि त। जबकि, त्यो बेला विजयकुमार गच्छदारको पार्टी र नेपाली कांग्रेस एक ठाउँमा आएका थिए। यो कुरा अंकगणितीय हिसाबले उनीहरुले पनि मूल्यांकन गरेका होलान्। तर, पनि नेपाली कांग्रेसका मानिसहरुले कांग्रेसभित्र आफूलाई चर्चित र स्थापित गराउनका लागि गठबन्धन हुँदैन भनेर भाषण गरिरहेका छन्।

केपी ओली त संसदीय प्रणालीको दुश्मन नै हुन्। संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा भंग गर्छन्। प्रतिनिधि सभा संसदीय प्रणालीको महत्त्वपूर्ण आधार हो। हामीले बल्लबल्ल संसद् जोगाएका छौं।

गठबन्धन बनाउन नसकेको भए केपी ओलीको दादागिरी, गुण्डागर्दी भइरहन्थ्यो। उनलाई त भ्रष्टाचारको नाइके भन्दा पनि हुन्छ। मुलुकको जुन प्रणाली छ। संविधान र कानुनलाई सुरक्षा गर्नका लागि गठबन्धन कायम राख्ने या जेसुकै होस्, आ–आफ्नै तरिकाले चुनाव लडौं भनेर प्रणाली, संविधान र कानुनलाई बेवास्ता गर्ने? लोकतन्त्र र संविधानको लागि लड्ने हामी राजनीतिक दलहरुले संविधान र कानुनलाई बेवास्ता गरेर अगाडि जान मिल्दैन। त्यसै कारणले पनि अब करिब १० वर्षसम्म गठबन्धनलाई टिकाउनुपर्छ। भोलि राजनीतिक दलहरु मुलुक सञ्चालन गर्नका लागि सक्षम भए भने आफ्नो तरिकाले जाउँला तर आजको दिनसम्मको इतिहास हेर्दा एउटा मात्रै दलले सरकार चलाउने र चुनाव जित्ने कोर्स परिवर्तन भइसकेको छ। एक्लैले नहुने रहेछ भन्ने प्रमाणित भइसकेको छ। त्यसैले केही समयसम्मका लागि हामी सँगै जाऔं र त्यसका लागि गठबन्धन टिकाऔं।

केपी ओली त संसदीय प्रणालीको दुश्मन नै हुन्। संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा भंग गर्छन्। प्रतिनिधि सभा संसदीय प्रणालीको महत्त्वपूर्ण आधार हो। हामीले बल्लबल्ल संसद् जोगाएका छौं। तैपनि नाराजुलुस गरिरहेका छन्। हामीले केपी ओलीसँग लडाइँ गर्न नसकेर, भिड्न नसकेर होइन। केपी ओली जस्तो संसदीय प्रणालीको दुश्मन फेरि पनि संसदीय प्रणालीमा देखापरे भने संसदीय प्रणालीमा आघात पुग्छ। त्यस कारणले गठबन्धन बनाउनुपर्छ। केपी ओलीलाई संसदीय प्रणालीबाट 'स्वीप' गर्नुपर्छ। त्यो रणनीतिका साथ हामी अगाडि बढेका छौं।

नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतले महाधिवेशन गरे। तपाईंहरुले केही गर्नुहुन्न?
हाम्रो पार्टी बनेको भर्खरै चार महिना पुगेको छ। अब हामी सम्मेलन गर्छौं। तर, यसको लागि केही समय कुर्नुपर्छ। ६/७ महिनाभित्र हामी यो काम गर्छौं।
 

प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  ०९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रवि र छविको मुद्दामा आज पुनः पेशी
सुनको भाउ घट्यो
हङकङको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४ जनाको मृत्यु
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
आजदेखि एक सय रुपैयाँको नयाँ नोट चलनचल्तीमा, के के छन् विशेषता ? बिहीबार, मंसिर ११, २०८२
रवि र छविको मुद्दामा आज पुनः पेशी बिहीबार, मंसिर ११, २०८२
सुनको भाउ घट्यो बिहीबार, मंसिर ११, २०८२
हङकङको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४ जनाको मृत्यु बिहीबार, मंसिर ११, २०८२
कालोसूचीमा राख्नुअघि सरकारले सोध्यो १४ कम्पनीलाई सात दिने स्पष्टीकरण बिहीबार, मंसिर ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
आलोचनासँगै प्रधानमन्त्रीको सचिवालय २० बाट घटाएर अब जम्मा ६ जनामा सीमित बुधबार, मंसिर १०, २०८२
सर्वोच्च जलाएको आरोपमा ल क्याम्पसका पूर्वस्ववियू सभापति ढुंगेल पक्राउ बुधबार, मंसिर १०, २०८२
एनपीएल-२ : विराटनगरको पहिलो हार, रञ्जितले लिए पाँच विकेट बुधबार, मंसिर १०, २०८२
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएर साढे ९ हजार बनाइयो बुधबार, मंसिर १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
सुमनराज अर्याल मुख्यसचिव नियुक्त सोमबार, मंसिर ८, २०८२
आलोचनासँगै प्रधानमन्त्रीको सचिवालय २० बाट घटाएर अब जम्मा ६ जनामा सीमित बुधबार, मंसिर १०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्