• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

बलिउडमा हिन्दुत्वको प्रभाव : कलामाथि धार्मिक अंकुश

64x64
युवराज भट्टराई शुक्रबार, पुस २३, २०७८  ०७:०३
1140x725

काठमाडौं– बलिउड अभिनेत्री सन्नी लियोनीले अभिनय गरेको ‘मधुवन में राधिका नाचे’ बोलको गीत केही समयअघि विवादमा आयो। मुख्यगरी भारतको मथुरा तथा वृन्दावन क्षेत्रका सन्तहरूले गीतको भिडियोमा राखिएका दृश्यमाथि आपत्ति जनाएका थिए। राधिका, मधुवन जस्ता ‘पवित्र’ शब्द प्रयोग भएको गीतमा सन्नीले ‘उच्छृङ्खल’ र ‘अश्लील’ अभिनय गरेको उनीहरूको भनाइ थियो। गीतबाट त्यस्ता दृश्य हटाउनु पर्ने उनीहरूको माग थियो।

कनिका कपुर र अरिन्दम चक्रवर्तीले गाएको उक्त गीतको ‘रिमेक’ गएको डिसेम्बर २२ मा सार्वजनिक गरिएको थियो। गीतको भिडियोमा सन्नीको ‘आइटम डान्स’ छ। यसलाई पहिलो पटक १९६० मा हिन्दी फिल्म ‘कोशिनुर’का लागि मोहम्मद रफीले गाएका थिए। 

सन्नीको नृत्यको विरोध गर्नेहरुले गीतको रिमेकलाई प्रतिबन्ध लगाउन माग गरेका थिए। यदि युट्युबलगायत सामाजिक सञ्जालबाट गीत नहटाए सन्नीलाई ‘भारतमै बस्न नदिने’सम्मका धम्की दिए। भारतीय सरकारसँग उक्त गीतविरुद्ध कारबाही गर्न माग गर्दै वृन्दावनका सन्त नवल गिरी महाराजले त्यस्तो धम्की दिएका थिए।

भारतका अतिवादी हिन्दू संगठनहरु सन्नीविरुद्ध सडकमै उत्रिए। गएको डिसेम्बर २८ मा अन्तराष्ट्रिय हिन्दू परिषद् र राष्ट्रिय बजरंग दलले बैङ्लोर एमजी रोडमा सन्नीविरुद्ध नाराबाजी गर्दै उनका पोस्टर जलाएका थिए।

गीतलाई धर्मसँग जोडेर सर्जक वा कलाकारलाई धम्की दिएको यो घटना भारतमा पहिलो पटक भएको होइन। धार्मिक अतिवादी संगठनहरूले यसरी धम्की दिने गर्छन्। सबैभन्दा धेरै धम्कीका घटना हिन्दू संगठनहरूबाटै भएका छन्।

२०२१ फेब्रुअरीमा ओटीटी माध्यम ‘अमेजोन प्राइम’मार्फत प्रदर्शनमा आएको वेब सिरिज ‘ताण्डव’ले पनि यस्तै धम्की खेप्नु परेको थियो। उक्त सिरिजमा दर्शकहरू एउटा पौराणिक नाटक हेरिरहेका हुन्छन्। नाटक खेलिरहेको शिव नाम गरेको एक विद्यार्थीले बढ्दै गएको भगवान रामको लोकप्रियताको प्रतिकार गर्न सामाजिक सञ्जालमार्फत रणनीति अपनाउन थाल्छ। यसबाट नाटकका दर्शक खुब हाँस्छन्। 

तर, वास्तविकतामा भने ठीक विपरीत हुन्छ। भारतका धार्मिक अतिवादीहरूले यो दृश्यलाई ‘हिन्दू विरोधी’ भएको आरोप लगाउँछन्। सामाजिक सञ्जालमा यो सिरिजविरुद्ध अभियान नै छेडिन्छ। चर्को विरोध धान्न नसकेपछि सिरिजका निर्देशकले सार्वजनिक रुपमै माफी मागेर यो दृश्य हटाएका थिए।

ताण्डवविरुद्ध पनि थुप्रै उजुरी परेका थिए। सिरिजमा अभिनय गरेका मोहम्मद जिशान अय्युबललाई व्यक्तिगत रूपमा पनि धम्की आएका थिए। उनी मुस्लिम भएकाले पर्दामा यस्तो अभिनय गरेको आरोप लगाइएको थियो। तर, वास्तवमा उनले सिरिजमा एक पात्रको भूमिका मात्र निभाएका हुन्। उनले यसअघि गरेका सिनेमा तथा सिरिजहरुमा पनि कुनै धर्मप्रति प्रशंसा वा विरोधी देखिने भूमिका निभाएका छैनन्।

Ncell 2
Ncell 2
nimb
nimb

भारतीय फिल्म र मनोरञ्जन क्षेत्रमा पौराणिक र धार्मिक कथा प्रस्तुत गर्ने परम्परा निकै लामो छ। राजा रवि बर्मा र दादासाहेब फाल्केका सिर्जनाहरु हिन्दूधर्मका पक्षघर हुन्थे। १९औं शताब्दीको अन्त्य र २०औं शताब्दीभरि नै हिन्दी सिनेमा र कलाका विभिन्न विधामा यो प्रभाव देखियो।

तर, त्यति बेला पनि फिल्ममा प्रस्तुत गरिने कथाका आधारमा मुस्लिम वा हिन्दू कलाकारमाथि भारतीय दर्शकहरूको आक्रोश उस्तै हुन्थ्यो। सन् १९३२ मा प्रदर्शनमा आएको फिल्म ‘बिल्वा मंगल’मा हिन्दूका ‘पवित्र’ देवता कृष्णको भूमिकामा मुस्लिम अभिनेतालाई प्रस्तुत गरिएको भन्दै हिन्दूवादीहरुले आक्रमण गरेका थिए। लाहोरमा फिल्म प्रदर्शनको क्रममा भिडले सिनेमा हलको पर्दालाई नै चक्कुले काटिदिएका थिए। 

तर, भारत स्वतन्त्र भएपछि भने फिल्मका कथावस्तु बदलिए। पौराणिक कथामा फिल्म बन्न कम भयो। यस्ता विषयमा बन्ने फिल्ममाथि जवाहरलाल नेहरुको सरकारले कडाइ गरेको थियो। त्यस बेला फिल्मइन्डियासँग आवद्ध बाबुराव पटेलले भनेका थिए– ‘भारतीय पर्दाले हाम्रा देवताको हत्या गरेको छ। यस्तो पनि डर छ कि, एक पटक पौराणिक कथाका देवताहरूलाई ध्वंस गरेपछि, त्यो ठाउँमा कांग्रेसका धर्मनिरपेक्ष देवताहरु स्थापित हुनेछन्।’

त्यस बेला फिल्ममा विविधता आउन सुरु भएको थियो। सत्यजीत राय, विमल रायजस्ता निर्देशकले देवीदेउताका कथा छाडेर जात व्यवस्थादेखि धर्मकै कारण हुने हिंसामाथि फिल्म बनाए। यसले कथामा फरकपन आयो। निर्माताले पनि फरक कथा खोज्न थाले। त्यसपछि सामाजिक र प्रेमकथा फिल्ममा बलियो भएर आए। तर, धर्मसँग जोडिएका दृश्यलाई लिएर हुने नयाँ विवादहरू शृंखलाबद्ध रूपमा आउन थाले। प्रायः पर्दामा हिन्दू पात्रको भूमिकामा अभिनय गर्ने मुस्लिम कलाकारमाथि हमला हुने गरेको छ।

Xtrem

Xtrem

सन् २००२ मा भारतको गुजरातमा भएको दंगाले भारतीय फिल्मको कथा नै बदलिदियो। भारतीय जनता पार्टी (भाजपा) आफ्नो बर्चश्व बढाउने ध्याउन्नमा थियो। गुजरात दंगामा भाजपाको माउ संगठन राष्ट्रिय स्वयसेवक संघ (आरएसएस) को हात भएको बताइन्छ। त्यतिबेला गुजरातमा भाजपाकै सरकार थियो र नरेन्द्र मोदी मुख्यमन्त्री थिए। उक्त दंगामा दुई हजारभन्दा धेरै मुस्लिमको हत्या भयो। सयौं महिलाको बलात्कार भयो। करिब एक लाख मानिस घरबारविहीन भए। मुस्लिमबाहेक पारसीजस्ता धार्मिक अल्पसंख्यकमाथि पनि हमला भयो। 

त्यस घटनापछि हिन्दूको पक्ष वा विपक्षका वा कुनै धार्मिक दृश्य नराखी फिल्म बन्न थाले। यस्ता फिल्म स्वैरकल्पनामा आधारित कथामाथि हुन्थे। यसरी राजनीतिमा एउटा धर्मको पक्षधर रहेको ‘अतिवादीहरू’को पार्टीको उदयले फिल्मको बाटो नै मोडियो। 

त्यसअघि पनि हिन्दूवादी समूहहरुले पर्दामा देखाइएका दृश्यहरुप्रति आपत्ति जनाउँदै दंगा गर्नेदेखि कलाकारलाई धम्की दिनेसम्मका घटना भएका थिए। तर, ती अपवाद थिए। जब, राजनीतिमा भाजपा शक्तिशाली हुँदै गयो, अपवाद निरन्तरतामा बदलिन पुग्यो। सन् २०१४ मा भाजपा सत्तामा आउँदासम्म बलिउडमा हिन्दूवादीहरुको त्रास व्याप्त थियो। मुख्यगरी हिन्दीभाषी चलचित्रहरुमा यसले प्रत्यक्ष असर गर्‍यो। 

प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपाको देवत्वकरण गर्ने कलाकार र फिल्मलाई सरकारले पनि साथ थियो। तर, सत्तासिनहरूमाथि प्रश्न उठाउने र सामाजिक समस्या उजागर गर्नेमाथि अंकुश लाग्न थाल्यो। कलात्मक फिल्ममाथि पनि कैँची चल्न थाले। 

फिल्म विश्वव्यापी भाषा हो। त्यो भाषा फिल्मको विधाले पनि निर्धारण गर्छ। भारतमा हिन्दू धर्मले फिल्मलाई अत्यधिक प्रभाव पारेको छ। जब फिल्ममा हिन्दू मूल्य र मान्यताभन्दा थोरै परका दृश्य राखिन्छ, विरोध सुरु भइहाल्छ।

पछिल्लो समय बलिउडमा ओटीटी माध्यमबाट फिल्म प्रसारण गर्ने क्रम बढेको छ। नेटफ्लिक्स, अमेजोन प्राइमलगायत ओटीटी माध्यम छन्, जसमा सर्जकले स्वतन्त्र रुपमा फिल्म र वेब सिरिज प्रसारण गरिरहेका छन्। तर, यसबीच पनि भिडबाट हुने ‘सेन्सरसिप’मा भने कमी आएको छैन। मुख्यगरी मुस्लिम र इण्डियन नेशनल कंग्रेस पार्टी विरोधी भावनाबाट भारतको कला र फिल्ममाथि हमला भइरहेको छ।

नेटफ्लिक्सकै सन् २०२१ को वेबसिरिज ‘अ स्विटेबल बोई’मा मन्दिर प्रांगणमा चुम्बन गरेको दृश्य विवादमा आएको थियो। मिरा नायरले निर्देशन गरेको सिरिजमाथि भिडकै सेन्सर चलेको थियो। २०२१ मा नेटफ्लिक्समार्फत रिलिज भएको ‘बम्बई बेगम्स’ वेब सिरिजमा परलैंगिक विषयलाई सामान्य रुपमा लिनुपर्ने सन्देश पनि विवादित बनाइयो। सिरिजले ‘युवा पुस्ताको दिमाग प्रदूषित गरेको’ भन्दै विरोध भएको थियो। यसरी विरोध हुने फिल्ममा ‘पिके’, ‘अतरंगी रे’, ‘हैदर’, ‘पद्मावत’, ‘भिरे दि वेडिङ’, ‘दंगल’जस्ता फिल्म छन्। 

सत्तामा हिन्दू पक्षधर पार्टी रहँदा भारतमा विगत तीन दशकभन्दा धेरै बलिउडमा राज गरेका ‘खानहरू’माथि पनि अंकुश लगाउने प्रयास भएको छ। आमिर खानको फिल्म दंगलको विरोध भएको थियो। शाहरुख खान, जसले विश्वभर नै मुस्लिम विरोधी भावना वृद्धि भइरहँदा ‘माइ नेम इज खान’ जस्तो प्रभावशाली फिल्ममा अभिनय गरेका थिए, उनका छोरालाई केही समयअघि लागुऔषधको मुद्दामा पक्राउ गरिएको थियो। भारतीय सञ्चारमाध्यमले यो घटनामा शाहरुखका छोरा आर्यनको गल्ती नभएको र उनी मुस्लिम भएकै कारण पक्राउ गरिएको तर्कहरु अघि सारेका छन्।

सलमान खान भने आफूले खेलेका फिल्ममा सत्ता रिझाउनमा माहिर छन्। मसालेदार फिल्मलाई बढी प्राथमिकता दिने उनले पछिल्ला केही वर्षयता विवादमा आउने दृश्य दिएका छैनन्। पछिल्ला अधिकांश फिल्ममा उनी एउटा देशभक्त वा देशको विपक्षमा नजाने पात्रको रुपमा प्रस्तुत छन्। तर, उनले अभिनय गरेको ‘ट्युबलाइट’ र ‘बजरंगी भाइजान’को प्रदर्शनताका भने विरोध भएको थियो।

सत्तामा मोदीको उदयसँगै बलिउडमा परेको असरले स्वतन्त्र बोल्नेहरुको मुख थुनेको स्पष्ट छ। सरकारले प्रत्यक्ष रुपमा नहोला, तर भिडले गर्ने सेन्सर आलोचनात्मक फिल्ममाथि प्रत्यक्ष नै भइरहेको देखिन्छ। यसले सत्ता, अतिवादी हिन्दूत्व र मोदीको पक्षधर फिल्मको विकास गराएको छ। फलस्वरुप अक्षय कुमारजस्ता कलाकार फिल्ममा हिन्दुत्वको नयाँ अनुहार बनेर छाएका छन्। उनका ‘खिलाडी’, ‘सूर्यवंशी’ जस्ता फिल्म यसैका उपज हुन्। 

फिल्म समाजको ऐना मात्र होइन। दृश्यमार्फत निर्देशकले आफ्नो समुदायको अवस्थाको चित्रण मात्रै गर्ने नभएर भइरहेभन्दा फरक ढंगले सोच्न पनि सिकाउँछ। तत्कालीन भियतनाम युद्धको समयमा ‘बोइज ब्याक होम’ जस्तो अभियान चलाउन सफल ‘एपोक्यालिप्सी नाउ’ (१९७९) देखि २०१९ मा प्रर्दशनमा आएको भारतका दोस्रो प्रधानमन्त्री लालबहादुर शास्त्रीको मृत्युमाथि प्रश्न गर्ने फिल्म ‘द तास्कन फाइल्स’ जस्ता फिल्म यसैका उदाहरण हुन्। तर, धार्मिक अतिवादी र हिन्दुत्वको पक्षधरताले सिर्जना गरेको वातावरणमा न निर्देशक खुलेर फिल्म बनाउन सक्छन्, न कलाकारले अभिनय नै। सत्ताले काखी च्यापेका समूहहरूका कारण दृश्य, शब्द र संगीतमाथि बन्देज लाग्छ, तब त्यहाँ उत्पादित कलाले ‘प्रपोगाण्डा’को काम मात्रै गर्छ।

प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको तेस्रो दिन आइतबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ। सोमबार, असोज ५, २०८३
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण... आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्