• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

शंखरापुरमा बस्तीबीचमै सबस्टेसन र प्रसारण लाइन, स्थानीयको आन्दोलनपछि रोकियो काम

64x64
डुक्पा छिरिङ मोक्तान बिहीबार, पुस २२, २०७८  ०९:०९
1140x725
सबस्टेसन बनाउने क्षेत्र। सबस्टेसन हुँदै जानेगरी प्रसारण लाइन बन्नेछन्।

काठमाडौं– राष्ट्रिय गौरवको आयोजना अपर तामाकोशीको सबस्टेसन तथा प्रसारण लाइनले आफूहरूलाई विस्थापन गर्ने भन्दै काठमाडौँको बोझेनीका स्थानीय दुई वर्षदेखि आन्दोलनमा छन्। ४५६ मेगावाटको उक्त आयोजनाबाट काठमाडौं ल्याइने विद्युतको सबस्टेसन शंखरापुर नगरपालिका वडा नं. ३, बोझेनीमा बनिरहेको छ।

सबस्टेसन र प्रसारण लाइनबाट प्रभावित हुने शंखरापुर नगरपालिका वडा नं १, २, ३ र ५ का स्थानीय आन्दोलनमा छन्। आन्दोलनकै कारण सबस्टेसन निर्माण रोकिएको छ। अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान सहयोग अन्तर्गत् विद्युत प्राधिकरणले सबस्टेसन र प्रसारण लाइन बनाइरहेको हो। (यद्यपि, एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने वा नगर्ने भन्ने बहसमा राष्ट्रिय राजनीति नै ध्रुबीकृत बनिरहेको छ, अहिले।)

उक्त परियोजनाबाट शंखरापुरका हजारौँ परिवार प्रभावित हुने स्थानीय बताउँछन्। बस्तीबीचमा सबस्टेसन निर्माण गर्दा र प्रसारण लाइन लैजाँदा धेरै जोखिम भएको अपर तामाकोशी जलविद्युत परियोजना पीडित संघर्ष समिति संयोजक सूर्य तामाङले बताए। सबस्टेसन र प्रसारण लाइन अन्यत्रबाटै लैजानुपर्ने उनको भनाइ छ।

‘स्थानीय तथा आदिवासी जनताहरूको सहमतिविना हाई भोल्टेजको विद्युत प्रसारण लाइन तथा सबस्टेसन निर्माण भइरहेको छ,’ उनले भने, ‘हाम्रो उर्बरभूमि बाँझो हुने भयो, गाउँ नै विस्थापित हुनुपर्ने जोखिम भयो।’ सरकारले आफूहरूका लागि विकासभन्दा विनासको परियोजना ल्याएको उनको आरोप छ। 

स्थानीयले आयोजनाको खारेजीको मागसहित उर्जामन्त्री पम्फा भुसाललाई पनि ज्ञापन-पत्र बुझाइसकेका छन्। तर, प्राधिकरणले स्थानीयलाई धम्क्याउँदै जबर्जस्ती काम गर्न खोजेको तामाङको भनाइ छ। ‘पुस ७ गते केही व्यक्ति आएर स्थानीयमाथि हातपात गर्दै धम्काएर जबर्जस्ती सबस्टेसन बनाउन थाले। पछि विरोध भएर गाउँले जम्मा भएपछि स्थगित भयो,’ उनले भने।

प्रसारण लाइनले छुने सबस्टेसन नजिकको बस्ती।

एमसीसी परियोजना संसदबाट पास हुने या नहुने अन्योल छ। यदि, एमसीसी पास भए सो क्षेत्रमा सबस्टेसन बन्ने पक्का छ। त्यहाँबाट हेटौँडा र बुटवल सबस्टेसनसम्मको प्रसारण लाइन बन्नेछ।

प्रसारण लाइन र सबस्टेसन बनाउन आदिवासी जनजातिको थातथलो नै मास्न खोजिएको अर्का स्थानीय फुर्वा लामाको आरोप छ। वर्षौँदेखि बसोबास गरेको र खेती गरिरहेको ठाउँबाट सरकारले उठाउन खोजेको उनले बताए। ‘सो क्षेत्रको जग्गा सरकारले चार वर्षदेखि रोक्का राखेको छ,’ लामाले भने, ‘यो आलु उत्पादनका लागि चिनिएको क्षेत्र हो। त्यसकै भरमा जिविका चलाउने धेरै परिवार छन्। वडा नं. ३ लाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरिँदैछ। यी विषयमा ध्यान नदिइ राज्यले विकासका नाममा विनास गर्दैछ।’

आदिवासीको पक्षमा काम गर्ने ‘समान नेपाल’का संयोजक चन्द्रनारायण थारुले आदिवासी क्षेत्रमा स्थानीयको स्वीकृति र समर्थनविना कुनै पनि परियोजना बनाउन नपाइने बताए। ‘आदिवासीलाई उठिबास लगाउने कुराले भविष्यमा देशलाई नै अप्ठ्यारो पर्छ,’ उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

शंखरापुर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष राधाकृष्ण श्रेष्ठले सबस्टेसन र प्रसारण लाइन बनाउनुअघि सुक्ष्म अध्ययन हुनुपर्ने बताए। परियोजना सुरु गर्नुअघि स्थानीयको समस्या सुन्नुपर्ने उनले बताए।

यसअघि प्राधिकरणले २२० केभी प्रसारण लाइनको सबस्टेसन बनाउन २०७४ सालमा जग्गा अधिग्रहण गरेको थियो। तर, एमसीसी परियोजना अन्तर्गत अहिले प्राधिकरणले ४०० केभी प्रसारण लाइनको लागि सबस्टेसन बनाउँदै छ। 

सबस्टेसन बनाउन सुरु गर्नुअघि।

बस्तीबीचबाट प्रसारण लाइनको तार तान्नु र सबस्टेसन बनाउनु विकास नभएर आदिवासीलाई उठिबास लगाउने काम मात्र भएको नागरिक आन्दोलनका अभियन्ता युग पाठकले बताए। स्थानीयले तार तान्न नदिने बताएपछि विकल्प खोज्नुपर्ने उनको भनाइ छ।

उता, विद्युत प्रधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले गाउँ बस्तीलाई कति असर गर्छ भन्ने पूरै सर्वेक्षण गरेर मात्रै सबस्टेन बनाउन थालेको दाबी गरे। प्रधिकरणले खाली ठाउँमा सबस्टेन बनाउन थालेको उनले बताए। ‘सबै जनतालाई बत्ती चाहिएको छ, तर जो कसैलाई पनि आफ्नो जग्गामा नपरोस्, अर्काको तिर परोस भन्ने लाग्छ,’ उनले भने, ‘कहिलेकाहीँ जनताको गुनासो आउँछ, हामी उनीहरूको माग सम्बोधन गरेर अगाडि बढ्छौँ।’ प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले जे निर्णय गर्छ त्यही हुने उनी बताउँछन्।

अपर तामाकोसीको ४०० केभी प्रसारण लाइन काठमाडौं उपत्यका ल्याउन त्यहाँ सबस्टेसन बनाएको निर्माण आयोजना प्रमुख रमण शर्माले बताए। यसअघि नै मुआब्जा वितरण गरिसकेको र अहिले किन विरोध भयो भन्ने आफूलाई थाहा नभएको उनको भनाइ छ। ‘आयोजनास्थलमा पर्ने १७० रोपनी जग्गामा ४२ रोपनी जग्गाको धनी भनिएकासँग लालपुर्जा नै छैन। उनीहरू नै आयोजना त्यहाँबाट हटाउन माग गरिरहेका छन्,’ शर्माले भने, ‘अहिले त्यस क्षेत्रमा छिर्न गाह्रो छ। केही दिनअघि सिडियोसँग जाँदा पनि धक्कामुक्का भएको थियो।’

उक्त ठाउँमा सबस्टेन निर्माण मात्र नभएर विकासका अन्य काम पनि हुने शर्माले बताए। त्यहाँ सबस्टेसनसँगै नौ किलोमिटर सडक बन्ने उनको भनाइ छ। ‘सबस्टेसन बनिसकेपछि विद्युत इन्जिनियरिङ पढ्ने विद्यार्थिको लागि पनि राम्रो हुन्छ। टावरमुनिको जग्गाको मूल्य नहुने भए पनि राज्यले क्षतिपूर्ति दिन्छ, आसपासका जग्गाको मूल्य बढ्छ,’ उनले भने, ‘तारले गर्दा गाउँ नै उठिबास हुन्छ भन्नु गलत हो।’

प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८  ०९:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डुक्पा छिरिङ मोक्तान
लेखकबाट थप
अपर तामाकोशी र एमसीसी परियोजनाले थातथलो छाड्नुपर्ने चिन्ता
हिमाल आरोहण दलको नेतृत्व गर्ने मायाको अबको रहर– गाउँपालिकाको नेतृत्व
एमसीसी परियोजनामा जग्गाप्राप्ति र वातावरणीय प्रभाव मूल्यांकनको काम सुरु, सडकमा नयाँ प्रविधि भित्रिँदै
सम्बन्धित सामग्री
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग भारत सरकारको सहयोगमा प्राप्त प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज शनिबार सडक डिभिजन कार्यालय हेटौंडालाई हस्तान्तरण गरिएको हो। भारतीय दूतावा... शनिबार, भदौ २७, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी खटाइएको छ। बिहीबार, भदौ २५, २०८३
भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सवा ७ खर्ब लाग्ने, ऊर्जामै ३ खर्ब ९० अर्ब राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्ष... बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
‘प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ, मुखमा माइक नघोच्नुस्’ :ओली आइतबार, असोज ४, २०८३
सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? आइतबार, असोज ४, २०८३
महेश बस्नेतको दाबी : ओलीको राजीनामा नमाग्ने र आलोचना नगर्ने सहमति आइतबार, असोज ४, २०८३
राष्ट्रिय परिषद् बैठक बोलाउने एमाले कार्यदल बैठकको निर्णय आइतबार, असोज ४, २०८३
रसुवा बाढी पहिरोबारे सरकारको काम समीक्षा गर्न नेकपाले बोलायो केन्द्रीय संयोजन समिति बैठक आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्