• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ ७, २०८२ Wed, Jan 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

कोरोनापछि खुलेको विदेशको रोजगार : उसैगरी बढ्दैछन् ठगिनेहरु

64x64
डुक्पा छिरिङ मोक्तान मंगलबार, पुस २०, २०७८  ०८:०६
1140x725

काठमाडौं– खोटाङ दिक्तेलकी चन्द्रकला राई गाउँतिरै खेतीकिसानी गर्थिन्। चिनजानकै आनन्दराज कार्कीले उनलाई साइप्रसमा राम्रो कमाइ हुने प्रलोभन देखाए। उनी पनि लोभिइन्।

उनले २०७४ भदौमा र त्यसपछि दुई चरणमा गरी आनन्द कार्की र यमराज थापालाई पाँच लाख रुपैयाँ बुझाइन्। यमराजले आफू ‘सलाम ओभरसिज सर्भिसेज प्रालि’को म्यानेजर भएको बताएका थिए। उनले पाँच महिनाभित्र साइप्रस पठाउने वचन दिएका थिए। 

तर, उनीहरूले टार्दै गए। त्यसपछि कोरोना महामारी सुरु भयो। अनि त फोन सम्पर्क पनि हुन छाड्यो। अहिले चन्द्रकलालाई दुवै जनाले फेसबुकमा समेत ब्लक गरिसकेका छन्। पहिलाको मोबाइल नम्बरमा सम्पर्कसमेत हुँदैन। वैदेशिक रोजगार विभागमा उजुरी दिन जाँदा प्रमाण नपुगेको भन्दै फर्काइयो। (विस्तृत बक्समा हेर्नुस्)

वैदेशिक रोजगारीमा जान चाहने युवा ठगिएको यो एउटा उदाहरण मात्र हो। महिनामा दर्जनौँ व्यक्ति ठगिने गरेका छन्। अधिकांश ठगी दलालमार्फत हुने गरेको छ। कतिपयमा मेनपावर व्यवसायी पनि संलग्न छन्। तर, प्रमाण अभावमा धेरैले उजुरी दर्ता नै गर्न सक्दैनन्।

वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउनमा ५३ र भदौमा ७६ वटा ठगीका उजुरी परेका छन्। त्यसैगरी असोजमा ३०, कात्तिकमा ३८ र मंसिरमा ४२ वटा गरी यो वर्ष मात्र २३९ उजुरी परिसकेका छन्। जसमा १३३ उजुरी मात्रै अदालतसम्म पुगेका छन्। गत आर्थिक वर्षमा ४३१ उजुरी परेका थिए। जसमध्ये १०५ उजुरीमा मात्र मुद्दा दायर गरिएको थियो।

चालु आर्थिक वर्षको पाँच महिनासमेत गरी पछिल्लो डेढ वर्षमा पीडितहरूले करिब ४५ करोड ३६ लाख २५ हजार दाबी गरेर विभागमा उजुरी दिएका छन्। अदालतमा भने २३ करोड ६ लाख २५ हजार रुपैयाँ विगो दाबी गरेर मुद्दा परेको छ। प्रमाणको अभावमा कतिपयले उजुरी दिन नसक्दा पीडितको संख्या यकिन हुन नसकेको विभागकै एक कर्मचारीले बताए। अहिले उजुरी परेकोभन्दा बढी संख्यामा पीडित भएको उनको भनाइ छ।

कोभिड–१९ का कारण विश्वका अधिकांश देशमा भएको लकडाउन खुलेसँगै ठगीको उजुरी बढ्न थालेको वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले बताए। ‘दैनिक रूपमा धेरै पीडितहरू उजुरी गर्न आउँछन्,’ उनले भने, ‘हामीले प्रमाण पुगेको व्यक्तिको मात्रै उजुरी दर्ता गर्छाैँ, प्रमाण नपुगेको व्यक्तिलाई भने हामी सक्ने सहयोग गर्छौँ।’

पछिल्लो समय यूरोपेली मुलुकहरूमा रोजगारीको लागि लैजाने प्रलोभन देखाएर दलालहरूले ठगी गरेको उजुरी बढिरहेका छन्। राम्रो रोजगारी र तलबको प्रलोभनमा पारेर श्रम सम्झौता भएका मात्र नभइ नभएका मुलुकका नाममा पनि ठगी भइरहेको महानिर्देशक काफ्लेले बताए।

Ncell 2
Ncell 2

नेपालबाट वैदेशिक रोजगारीको लागि व्यक्तिगत र संस्थागत दुई माध्यमबाट जाने प्रावधान छ। मेनपावर कम्पनीभन्दा व्यक्तिगत जाने बढी ठगिने गरेको काफ्लेले बताए। उनले भने, ‘कस्तो खालका व्यक्ति बढी ठगिने गरेका छन् भन्ने आधिकारिक अनुसन्धान भएको छैन। तर, उजुरीका आधारमा यूरोपेली र त्यही स्तरका देशमा राम्रो कमाइ हुने प्रलोभन देखाएर ठग्ने गरिएको छ। बढीजसो व्यक्तिगत रूपमा जान चाहनेहरू ठगीमा पर्छन्।’

पीडितले दिएको उजुरीकै आधारमा कतिपय दलाल पक्राउ पर्छन्। तर, प्रायः पीडितसँग मिलापत्र गरेर छुट्ने गरेका छन्। जसकारण धेरै उजुरी अदालतसम्म पुग्नै पाउँदैनन्।

अहिले नेपालबाट वैदेशिक रोजगारीमा श्रमिक पठाउन करिब ८०० मेनपावर कम्पनी सक्रिय छन्। लकडाउन खुलेसँगै वैदेशिक रोजगारीमा जानेको सख्ंया पनि बढ्दै गएको छ। विभागको तथ्याङ्कअनुसार दैनिक ३० हजार नेपाली रोजगारीको लागि विदेशिने गरेका छन्। करिब ३० लाख नेपाली अहिले वैदेशिक रोजगारमा छन्।

ठगी गर्नेलाई तीनदेखि सात वर्षसम्म कैद
वैदेशिक रोजगार ऐन, २०६३ को दफा ४३ अनुसार विभागसँग इजाजत पत्र नलिई कसैले विदेश पठाइदिने वा पठाइदिने आश्वासनमा रकम लिए वैदेशिक रोजगार कसुर लाग्छ। त्यस्ता मेनपावर कम्पनी र दलालले विदेश पठाएमा तीनदेखि पाँच लाखसम्म जरिवाना र तीनदेखि सात वर्षसम्म कैद सजायको व्यवस्था छ। विदेश नपठाएर ठगी मात्रै गरे त्यसको आधा सजाय हुन्छ। 

वैदेशिक रोजगारीमा ठगीमा परेका पीडितले सिधै विभागमा वा स्थानीय प्रहरी कार्यालयमार्फत पनि उजुरी दिन सक्ने व्यवस्था छ। उजुरीपछि दलाल र पीडितबीच छलफल गरी मिलापत्र भए मुद्दामा जानु नपर्ने व्यवस्था छ। यदि, पीडितले मिलापत्र नगरे वा उजुरी फिर्ता लिन नचाहे विभागले वैदेशिक रोजगार न्यायाधिकरणमा अभियोग पत्र दायर गर्छ। न्यायाधिकरणको पनि फैसला चित्त नबुझे सर्वोच्च अदालत जान सकिने व्यवस्था छ। 

'साइप्रस जान खोज्दा यसरी ठगिएँ'
चन्द्रकला राई
मेरो घर खोटाङको दिक्तेल हो। म गाउँघरमै खेतीकिसानी गर्थेँ। आनन्दराज कार्की भन्ने चिनजानकै मान्छे घरमा पनि आउँथ्यो। उसैले एक दिन साइप्रस गए राम्रो कमाइ हुने आश्वासन दियो। त्यता जान आठ लाख रुपैयाँ लाग्ने बतायो। अनि मलाई पनि जाउँ जाउँ लाग्यो।
पहिला ‘हाउस किपिङ’को लागि राम्रो छ भनी प्रलोभन देखाए। तर, मैले हाउस किपिङमा नजाने बताएँ। कम्पनीमा भए मात्र जाने भनेको थिएँ। आठ लाख पनि धेरै भएकोले भनेँ। उसले सात लाख ७५ हजारमा मिलाइदिने बतायो। ‘६ महिना समय दिनुस्, तर त्यसअघि चार वा पाँच महिनासम्ममा उडाइसक्छौँ’ भन्यो।
विदेश जान कसैलाई रहर हुँदैन। घरको परिस्थितिकै कारण विदेश जानु परेको हो। पैसा टन्न भए किन विदेश जानु र? मसँग पनि थिएन। छिमेकीसँग ब्याजमा पैसा खोजेँ। 
पछि मलाई काठमाडौं बोलाए। काठमाडौं आएपछि मेडिकल टेष्ट गर्न भने। मैले उसलाई मेडिकल रिपोर्ट र पासपोर्ट पनि दिएँ। ‘अफर लेटर आयो’ भनेर मलाई हस्ताक्षर गर्न बोलाए। हस्ताक्षर गरिसकेपछि मसँग पैसा मागे। 
सुरुमा पाँच लाख तिर्नुपर्ने बताए। मैले दुई चरण गरेर पाँच लाख बुझाएको हुँ। मैले सुरुमा पैसा दिन कि कागज गर्ने कि बैंकमा हालिदिने बताएँ। तर, उनीहरुले व्यक्तिको खाता मात्र भएको र चिनजानको साथी भएकाले विश्वासमा काम गर्ने हुनाले कागज गर्न नपर्ने बताए। 
मैले २०७४ भदौमा आन्दराज कार्कीलाई दुई लाख रुपैयाँ हातमा दिएँ। त्यसपछि अफर लेटर अनि भिसा आउने बताए। तिनीहरूले निकै ढिला गरे। मैले पैसा फिर्ता माग्न थालेँ। केही समय टारिरहे। अनि अब भिसा आउन लाग्यो अढाई लाख पनि दिनुपर्‍यो भने। मैले बैंक खातामा मात्रै दिने बताएँ।
मलाई यमराज थापा मगरको बैंक खाता दिए। मैले तीन लाख पठाइदिएँ। यमराज थापा मगरले आफू सामाखुसीमा रहेको सलाम ओभरसिरिज सर्भिसेज प्रालिको म्यानेजर भएको बताएको थियो। उनीहरूले लामो समय झुलाए।
त्यसपछि कोरोनाका कारण लकडाउन भयो। मेरो त उनीहरूलाई फोन गर्दा नै १५ हजारभन्दा बढी सकिइसक्यो। अहिले त फोन पनि लाग्दैन, फेसबुकमा पनि मलाई ब्लक गरेका छन्। 
वैदेशिक रोजगार विभागमा उजुरी दिँदा समाधान हुन्छ भनेर आएकी हुँ। तर, प्रमाण नपुगेको भनेर यहाँ उजुरी दर्ता नै भएन। मेरो पाँच लाख कसरी उठाउने मलाई नै थाहा छैन। कसले न्याय दिन्छ भन्ने पनि थाहा छैन।

प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८  ०८:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डुक्पा छिरिङ मोक्तान
लेखकबाट थप
अपर तामाकोशी र एमसीसी परियोजनाले थातथलो छाड्नुपर्ने चिन्ता
हिमाल आरोहण दलको नेतृत्व गर्ने मायाको अबको रहर– गाउँपालिकाको नेतृत्व
एमसीसी परियोजनामा जग्गाप्राप्ति र वातावरणीय प्रभाव मूल्यांकनको काम सुरु, सडकमा नयाँ प्रविधि भित्रिँदै
सम्बन्धित सामग्री
कोरियामा ई–७ भिसामा सीपयुक्त श्रमिक पठाउने कार्यविधि कार्यान्वयनमा रोक दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत अदक्ष श्रमिक पठाउँदै आएको छ । त्यसबाहेक म्यानपावर कम्पनीमार्फत ई–७ भिसाअन्तर्गत... मंगलबार, भदौ ३१, २०८२
पछिल्लो एक वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएका ११८० जना बाकसमा फर्किए बिहीबार बोर्डका कार्यकारी निर्देशक डा द्वारिका उप्रेतीले पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएका हुन् । उनले गत आवमा अघिल्लो वर्षको... बिहीबार, साउन १५, २०८२
श्रमिकको न्यूनतम ज्याला २२५० बढाउनुपर्ने, १९ हजार ५५० कायम गर्न सरकारलाई सिफारिस श्रम ऐन, २०७४ को दफा १०७ अनुसार प्रत्येक दुई वर्षमा श्रमिकको न्युन्तम पारिश्रमिक पुनः निर्धारण गर्नुपर्ने व्यवस्था छ । यसअघि श्रमिकक... बिहीबार, साउन १, २०८२
ताजा समाचारसबै
मोरङका ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवार, मुख्य दलका को-को छन् ? बुधबार, माघ ७, २०८२
विधायन व्यवस्थापन समितिको बैठक बस्दै बुधबार, माघ ७, २०८२
हातहतियार बुझाउन बैतडी प्रशासनको निर्देशन बुधबार, माघ ७, २०८२
स्वास्थ्यका पूर्व मन्त्रीहरुको चुनावी मैदानमा: को कहाँ? बुधबार, माघ ७, २०८२
४७ प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
शिक्षामन्त्री महावीर पुनले पनि दिए राजीनामा मंगलबार, माघ ६, २०८२
काँग्रेस विवाद : सर्वोच्च अदालतद्वारा निर्वाचन आयोगको निर्णय रोक्न अस्वीकार मंगलबार, माघ ६, २०८२
कांग्रेस मुद्दा : रिट निवेदकको तर्फबाट बहस जारी मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्