• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

कोरोनापछि खुलेको विदेशको रोजगार : उसैगरी बढ्दैछन् ठगिनेहरु

64x64
डुक्पा छिरिङ मोक्तान मंगलबार, पुस २०, २०७८  ०८:०६
1140x725

काठमाडौं– खोटाङ दिक्तेलकी चन्द्रकला राई गाउँतिरै खेतीकिसानी गर्थिन्। चिनजानकै आनन्दराज कार्कीले उनलाई साइप्रसमा राम्रो कमाइ हुने प्रलोभन देखाए। उनी पनि लोभिइन्।

उनले २०७४ भदौमा र त्यसपछि दुई चरणमा गरी आनन्द कार्की र यमराज थापालाई पाँच लाख रुपैयाँ बुझाइन्। यमराजले आफू ‘सलाम ओभरसिज सर्भिसेज प्रालि’को म्यानेजर भएको बताएका थिए। उनले पाँच महिनाभित्र साइप्रस पठाउने वचन दिएका थिए। 

तर, उनीहरूले टार्दै गए। त्यसपछि कोरोना महामारी सुरु भयो। अनि त फोन सम्पर्क पनि हुन छाड्यो। अहिले चन्द्रकलालाई दुवै जनाले फेसबुकमा समेत ब्लक गरिसकेका छन्। पहिलाको मोबाइल नम्बरमा सम्पर्कसमेत हुँदैन। वैदेशिक रोजगार विभागमा उजुरी दिन जाँदा प्रमाण नपुगेको भन्दै फर्काइयो। (विस्तृत बक्समा हेर्नुस्)

वैदेशिक रोजगारीमा जान चाहने युवा ठगिएको यो एउटा उदाहरण मात्र हो। महिनामा दर्जनौँ व्यक्ति ठगिने गरेका छन्। अधिकांश ठगी दलालमार्फत हुने गरेको छ। कतिपयमा मेनपावर व्यवसायी पनि संलग्न छन्। तर, प्रमाण अभावमा धेरैले उजुरी दर्ता नै गर्न सक्दैनन्।

वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउनमा ५३ र भदौमा ७६ वटा ठगीका उजुरी परेका छन्। त्यसैगरी असोजमा ३०, कात्तिकमा ३८ र मंसिरमा ४२ वटा गरी यो वर्ष मात्र २३९ उजुरी परिसकेका छन्। जसमा १३३ उजुरी मात्रै अदालतसम्म पुगेका छन्। गत आर्थिक वर्षमा ४३१ उजुरी परेका थिए। जसमध्ये १०५ उजुरीमा मात्र मुद्दा दायर गरिएको थियो।

चालु आर्थिक वर्षको पाँच महिनासमेत गरी पछिल्लो डेढ वर्षमा पीडितहरूले करिब ४५ करोड ३६ लाख २५ हजार दाबी गरेर विभागमा उजुरी दिएका छन्। अदालतमा भने २३ करोड ६ लाख २५ हजार रुपैयाँ विगो दाबी गरेर मुद्दा परेको छ। प्रमाणको अभावमा कतिपयले उजुरी दिन नसक्दा पीडितको संख्या यकिन हुन नसकेको विभागकै एक कर्मचारीले बताए। अहिले उजुरी परेकोभन्दा बढी संख्यामा पीडित भएको उनको भनाइ छ।

कोभिड–१९ का कारण विश्वका अधिकांश देशमा भएको लकडाउन खुलेसँगै ठगीको उजुरी बढ्न थालेको वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले बताए। ‘दैनिक रूपमा धेरै पीडितहरू उजुरी गर्न आउँछन्,’ उनले भने, ‘हामीले प्रमाण पुगेको व्यक्तिको मात्रै उजुरी दर्ता गर्छाैँ, प्रमाण नपुगेको व्यक्तिलाई भने हामी सक्ने सहयोग गर्छौँ।’

पछिल्लो समय यूरोपेली मुलुकहरूमा रोजगारीको लागि लैजाने प्रलोभन देखाएर दलालहरूले ठगी गरेको उजुरी बढिरहेका छन्। राम्रो रोजगारी र तलबको प्रलोभनमा पारेर श्रम सम्झौता भएका मात्र नभइ नभएका मुलुकका नाममा पनि ठगी भइरहेको महानिर्देशक काफ्लेले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

नेपालबाट वैदेशिक रोजगारीको लागि व्यक्तिगत र संस्थागत दुई माध्यमबाट जाने प्रावधान छ। मेनपावर कम्पनीभन्दा व्यक्तिगत जाने बढी ठगिने गरेको काफ्लेले बताए। उनले भने, ‘कस्तो खालका व्यक्ति बढी ठगिने गरेका छन् भन्ने आधिकारिक अनुसन्धान भएको छैन। तर, उजुरीका आधारमा यूरोपेली र त्यही स्तरका देशमा राम्रो कमाइ हुने प्रलोभन देखाएर ठग्ने गरिएको छ। बढीजसो व्यक्तिगत रूपमा जान चाहनेहरू ठगीमा पर्छन्।’

पीडितले दिएको उजुरीकै आधारमा कतिपय दलाल पक्राउ पर्छन्। तर, प्रायः पीडितसँग मिलापत्र गरेर छुट्ने गरेका छन्। जसकारण धेरै उजुरी अदालतसम्म पुग्नै पाउँदैनन्।

अहिले नेपालबाट वैदेशिक रोजगारीमा श्रमिक पठाउन करिब ८०० मेनपावर कम्पनी सक्रिय छन्। लकडाउन खुलेसँगै वैदेशिक रोजगारीमा जानेको सख्ंया पनि बढ्दै गएको छ। विभागको तथ्याङ्कअनुसार दैनिक ३० हजार नेपाली रोजगारीको लागि विदेशिने गरेका छन्। करिब ३० लाख नेपाली अहिले वैदेशिक रोजगारमा छन्।

ठगी गर्नेलाई तीनदेखि सात वर्षसम्म कैद
वैदेशिक रोजगार ऐन, २०६३ को दफा ४३ अनुसार विभागसँग इजाजत पत्र नलिई कसैले विदेश पठाइदिने वा पठाइदिने आश्वासनमा रकम लिए वैदेशिक रोजगार कसुर लाग्छ। त्यस्ता मेनपावर कम्पनी र दलालले विदेश पठाएमा तीनदेखि पाँच लाखसम्म जरिवाना र तीनदेखि सात वर्षसम्म कैद सजायको व्यवस्था छ। विदेश नपठाएर ठगी मात्रै गरे त्यसको आधा सजाय हुन्छ। 

वैदेशिक रोजगारीमा ठगीमा परेका पीडितले सिधै विभागमा वा स्थानीय प्रहरी कार्यालयमार्फत पनि उजुरी दिन सक्ने व्यवस्था छ। उजुरीपछि दलाल र पीडितबीच छलफल गरी मिलापत्र भए मुद्दामा जानु नपर्ने व्यवस्था छ। यदि, पीडितले मिलापत्र नगरे वा उजुरी फिर्ता लिन नचाहे विभागले वैदेशिक रोजगार न्यायाधिकरणमा अभियोग पत्र दायर गर्छ। न्यायाधिकरणको पनि फैसला चित्त नबुझे सर्वोच्च अदालत जान सकिने व्यवस्था छ। 

'साइप्रस जान खोज्दा यसरी ठगिएँ'
चन्द्रकला राई
मेरो घर खोटाङको दिक्तेल हो। म गाउँघरमै खेतीकिसानी गर्थेँ। आनन्दराज कार्की भन्ने चिनजानकै मान्छे घरमा पनि आउँथ्यो। उसैले एक दिन साइप्रस गए राम्रो कमाइ हुने आश्वासन दियो। त्यता जान आठ लाख रुपैयाँ लाग्ने बतायो। अनि मलाई पनि जाउँ जाउँ लाग्यो।
पहिला ‘हाउस किपिङ’को लागि राम्रो छ भनी प्रलोभन देखाए। तर, मैले हाउस किपिङमा नजाने बताएँ। कम्पनीमा भए मात्र जाने भनेको थिएँ। आठ लाख पनि धेरै भएकोले भनेँ। उसले सात लाख ७५ हजारमा मिलाइदिने बतायो। ‘६ महिना समय दिनुस्, तर त्यसअघि चार वा पाँच महिनासम्ममा उडाइसक्छौँ’ भन्यो।
विदेश जान कसैलाई रहर हुँदैन। घरको परिस्थितिकै कारण विदेश जानु परेको हो। पैसा टन्न भए किन विदेश जानु र? मसँग पनि थिएन। छिमेकीसँग ब्याजमा पैसा खोजेँ। 
पछि मलाई काठमाडौं बोलाए। काठमाडौं आएपछि मेडिकल टेष्ट गर्न भने। मैले उसलाई मेडिकल रिपोर्ट र पासपोर्ट पनि दिएँ। ‘अफर लेटर आयो’ भनेर मलाई हस्ताक्षर गर्न बोलाए। हस्ताक्षर गरिसकेपछि मसँग पैसा मागे। 
सुरुमा पाँच लाख तिर्नुपर्ने बताए। मैले दुई चरण गरेर पाँच लाख बुझाएको हुँ। मैले सुरुमा पैसा दिन कि कागज गर्ने कि बैंकमा हालिदिने बताएँ। तर, उनीहरुले व्यक्तिको खाता मात्र भएको र चिनजानको साथी भएकाले विश्वासमा काम गर्ने हुनाले कागज गर्न नपर्ने बताए। 
मैले २०७४ भदौमा आन्दराज कार्कीलाई दुई लाख रुपैयाँ हातमा दिएँ। त्यसपछि अफर लेटर अनि भिसा आउने बताए। तिनीहरूले निकै ढिला गरे। मैले पैसा फिर्ता माग्न थालेँ। केही समय टारिरहे। अनि अब भिसा आउन लाग्यो अढाई लाख पनि दिनुपर्‍यो भने। मैले बैंक खातामा मात्रै दिने बताएँ।
मलाई यमराज थापा मगरको बैंक खाता दिए। मैले तीन लाख पठाइदिएँ। यमराज थापा मगरले आफू सामाखुसीमा रहेको सलाम ओभरसिरिज सर्भिसेज प्रालिको म्यानेजर भएको बताएको थियो। उनीहरूले लामो समय झुलाए।
त्यसपछि कोरोनाका कारण लकडाउन भयो। मेरो त उनीहरूलाई फोन गर्दा नै १५ हजारभन्दा बढी सकिइसक्यो। अहिले त फोन पनि लाग्दैन, फेसबुकमा पनि मलाई ब्लक गरेका छन्। 
वैदेशिक रोजगार विभागमा उजुरी दिँदा समाधान हुन्छ भनेर आएकी हुँ। तर, प्रमाण नपुगेको भनेर यहाँ उजुरी दर्ता नै भएन। मेरो पाँच लाख कसरी उठाउने मलाई नै थाहा छैन। कसले न्याय दिन्छ भन्ने पनि थाहा छैन।

प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८  ०८:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डुक्पा छिरिङ मोक्तान
लेखकबाट थप
अपर तामाकोशी र एमसीसी परियोजनाले थातथलो छाड्नुपर्ने चिन्ता
हिमाल आरोहण दलको नेतृत्व गर्ने मायाको अबको रहर– गाउँपालिकाको नेतृत्व
एमसीसी परियोजनामा जग्गाप्राप्ति र वातावरणीय प्रभाव मूल्यांकनको काम सुरु, सडकमा नयाँ प्रविधि भित्रिँदै
सम्बन्धित सामग्री
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पूर्वनिर्धारित कार्यक्रमअनुसार कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने काम र... आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाटमा सहभागी हुँने शुक्रबार, असोज २, २०८३
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ सम्पन्न, २२ प्रतिस्पर्धी अन्तिम चरणमा शुक्रबार, असोज २, २०८३
भोटेकोशी बाढीको भयावह क्षति : ६७७ मजदुर बेपत्ता, ५१५ ट्रक–कन्टेनर हराए शुक्रबार, असोज २, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, असोज २, २०८३
भन्सार छलेर ल्याइएका १० वटा स्कुटर नियन्त्रणमा शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
‘मिसिल अघि बढाइदिन्छु’ भन्दै ९ लाख, रेस्टुरेन्टबाट समातिए नापी अधिकृत बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्