• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

भिक्षु जीवन त्यागेर यसरी बने विख्यात ‘मोटिभेसनल स्पिकर’

64x64
नेपाल लाइभ मंगलबार, पुस २०, २०७८  ०६:३६
1140x725

काठमाडौं– ‘योरस्टोरी’ले सन् २०२० मा डिजिटल माध्यमबाट मान्छेलाई प्रभाव पारिरहेका १०० जना इन्फ्लुएन्सरहरूको सूची प्रकाशन गरेको थियो। उक्त सूचीको ७७ नम्बरमा थिए, विवेक विन्द्रा।

विवेक विन्द्रा पेसाले युट्युबर, मोटिभेसनल स्पिकर र चर्चित ‘बिजनेस कोच’ हुन्। यी पछिका कुरा हुन्। त्यसअघि चार वर्षसम्म वृन्दावनमा भिक्षु बनेर बसेका थिए। एमबीए (मास्टर्स इन बिजनेस एड्मिनिस्ट्रेसन)को अध्ययन सकेपछि उनी वृन्दावन गए। चार वर्ष बिताएपछि आफूले अध्ययन गरेकै क्षेत्रमा फर्किए।

एमबीए गर्नुअघिको उनको संघर्ष कम थिएन। कहिले सडकमा शब्दकोषका पुस्तक बेचेर आफ्नो पढाइ खर्च निकाल्थे त कहिले अन्य सानातिना व्यापार गर्थे।

सन् १९८२ मा भारतको नयाँदिल्लीमा जन्मिएका विन्द्राको जीवन सरल रेखामा थिएन। उतारचढावहरू आइरहे। अढाई वर्षको हुँदा बुबाको मृत्यु भयो। आमाले अर्को विवाह गरेपछि उनी झन् एक्लिए। नयाँ परिवारमा उनीप्रति कसैको प्रेम थिएन। ‘म केही समय काकाको घरमा बसेँ, कहिले अरु आफन्तकोमा बसेँ,’ विन्द्रा भन्छन्, ‘मलाई थुप्रै विषयले बाउन्स ब्याक हुन प्रोत्साहन दिएका थिए।’

उनले केही समय ट्युसन पनि पढाए। अन्य काम पनि गरे। तर, यतिमा मात्र अडिएनन्। कामसँगै अनेक अनुभव संगाले। ‘मैले आफू बस्ने ठाउँमा पर्चा छापेर ट्युसन पढाउने जानकारी बाँडे, अनि केही समय त्यही काम गरेको थिएँ,’ उनी भन्छन्, ‘मसँग पैसा थिएन। त्यसैले सुरुमा होम ट्युसन गरें। त्यो बेला म १६ वर्षको मात्रै थिएँ। त्यसले मलाई अध्ययन गर्न सहयोग पुग्यो।’

उनी निकै अध्ययनशील थिए। बाल्यकालबाटै पढाइमा अब्बल। प्रायः आफ्नो कक्षामा उत्कृष्ट नतिजा ल्याउँथे।

सन् १९९९ मा उनले भारतको दिल्लीस्थित सेन्ट जेभियर्स स्कूलमा माध्यमिक तहको पढाइ सुरु गरे। २००१ मा एमबीए डिग्रीका लागि नोयडास्थित एमिटी बिजनेस कलेजमा भर्ना भए। त्यही बेला खर्च जुटाउन सडकमा शब्दकोष बेचे। झोलामा शब्दकोष बोक्थे र कक्षा सकिएपछि सडकमा आएर बिक्री गर्थे।

कलेजमा पढ्दै गर्दा उनलाई कसैले भागवत् गीता पढ्न सुझाव दिए। उनले गीताको निकै सूक्ष्म अध्ययन गरे। आज पनि उनी आफ्ना ‘मोटिभेसनल स्पिच’हरूमा गीताका हरफहरू भन्ने गर्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

एमबीए गरेपछि उनी कोलम्बोको ओआईयूएम विश्वविद्यालय पुगे। त्यहाँ उनले दर्शनशास्त्रमा विद्याविराधी गरे।

यही बेला उनी अन्योलमा परे। के काम गर्ने भन्ने निर्णय गर्न सकेनन्। सोच धेरै थियो। तर, बाटो पहिल्याउन कठिन भयो। ‘मैले पढाइ सकेको थिएँ, अन्योल थियो,’ उनी भन्छन्, ‘अनि म भिक्षु बनेँ। मातापिता छैनन्, दाजुभाइ पनि छैनन् भन्ने भएपछि मैले चार वर्षसम्म भिक्षु भएर ब्रह्मचारी जीवन बिताएँ।’

उनी विभिन्न कलेज र आश्रममा गएर भागवत गीतामाथि प्रचवन दिन्थे। भिक्षा माग्ने र बाँकी समय दुःखी बालबालिकासँग बिताउने गर्थे। आशाविहीन बनेको समयमा उनले जीवनमा उज्यालो किरण देखे। तर, धेरै समय भिक्षु भइरहन सकेनन्। 

एक दिन उनका विश्वविद्यालयका गुरुले उनलाई ‘सांसारिक जीवन’मा नै फर्किन आग्रह गरे। उनी भन्छन्, ‘मलाई गुरुले सांसारिक जीवनमा फर्किन प्रेरित गर्नुभयो। यसो गर्दा अझ बढी सेवा गर्न सक्ने उहाँको आग्रह थियो। गुरुको त्यही आग्रहका कारण मैले वृन्दावन छाडेँ।’

उनले सन् २००६ मा वृन्दावन छाड्दा उनीसँग कम्पनी खोल्ने ‘भिजन’ त थियो, तर सुरुआत गर्न पर्याप्त पैसा थिएन। त्यति बेला कतिपय ‘स्टार्टअप बिजनेस’ खुल्दै बन्द हुँदै थिए। ती किन टिकिरहेका छैनन् भन्ने उनले बुझेका थिए। त्यसैले स्टार्टअप बिजनेसमा केही गर्ने सोच थियो। उनले यस्ता व्यवसाय गर्न चाहनेलाई मार्गनिर्देश गर्ने योजना बनाए। तर, उनीसँग सल्लाह लिन मान्छे नै आएनन्। अरुको स्टार्टअपमा सहयोग गर्न खोलेको उनको स्टार्टअप नै असफल हुँदै थियो।

जसोतसो उनले आफ्नो लक्ष्यतर्फको कम्पनी सुरु गरेका थिए। तर, सोचेजस्तो भइरहेको थिएन। उनी भन्छन्, ‘कम्पनीमा कामदार छन्, काम भइरहेको छ भन्ने देखाउन मैले जस्तो मान्छेलाई पनि काममा ल्याएँ। अफिस सानो थियो। शौचालय थिएन, सार्वजनिक शौचालयमा जानुपर्ने अवस्था थियो। म आफ्ना कर्मचारी शौचालय जानुअघि आफैँ गएर शौचालय सफा गर्थें।’

अवस्था यस्तो पनि आयो, उनले कर्मचारीलाई तलब दिन आफ्नो घर बेच्नु परेको थियो। उनी भन्छन्, ‘हामीले विभिन्न ६ वटा कम्पनीको कर्पोरेट काम गरिरहेका थियौं। तीन महिनादेखि त्यसमा काम भइरहेको थियो। तर, अन्तिम समयमा काम दिएका कम्पनीले सम्झौताबाट पछि हट्ने निर्णय गरे। त्यो बेला हामी ७ तारिखमा तलब दिने गर्थ्यौं। तलब दिने पैसा नहुँदा मैले कर्मचारीलाई थाहै नदिई आफ्नो घर बेचेको थिएँ।’

यसरी सुरु भएको विन्द्राको कम्पनीले बिस्तारै स्वरुप बदल्यो। सन् २०१३ मा आइपुग्दा उनको कम्पनी ठूलो भइसकेको थियो। त्यतिबेला उनको प्रवेश डिजिटल माध्यममा पनि भयो। युट्युबमा उनको आगमन २०१३ डिसेम्बर ६ मा भएको थियो।

हाल उनको युट्युब च्यानलमा एक करोड ८२ लाखभन्दा धेरै ‘सब्स्क्राइबर’ छन्। अहिले उनको च्यानल विश्वमै सबैभन्दा धेरै सब्स्क्राइबर्स हुने बिजनेस च्यानलहरूमा पर्छ। अब उनले तलब खुवाउनका लागि चिन्ता गर्नुपर्दैन। त्यो त इतिहासको कुरा हो। बरु अरुका बिजनेस पनि सफल बनाउन 'आइडिया' दिन्छन्।

‘बडा विजनेस’ विन्द्राले पछिल्लो समय सुरु गरेको अर्को कम्पनी हो। बडा विजनेसले व्यापारिक क्षेत्रका विभिन्न पाटाहरूमा प्रशिक्षण दिन्छ। कुनै पनि कम्पनीले वर्षमा ३०० प्रतिशत फाइदा गर्नुपर्ने प्रशिक्षण आफूले दिने गरेको उनी बताउँछन्। विन्द्रा भन्छन्, ‘धेरैजसो व्यापारिक क्षेत्रका मान्छे अगाडिको अन्धकार मात्रै देख्छन्। उनीहरु टाढाको उज्यालो देख्दैनन्। अँध्यारो देखेरै उनीहरु पछि हट्छन् र असफल हुन्छन्।’

यिनै विन्द्रा आगामी २१–२२ जनवरीमा नेपाल आउँदैछन्। जिनियस इन्साइडर र ज्ञानपुञ्ज स्कूल अफ लिडरसिपको आयोजनामा उनले काठमाडौंमा  ‘विशेष नेतृत्व कार्यक्रम’ चलाउँदैछन्। दुई दिन चल्ने कार्यक्रममा विन्द्राले आफ्ना खारिएका अनुभव बताउने र प्रशिक्षण पनि दिने ज्ञानपुञ्ज स्कूल अफ लिडरसिपका कार्यकारी अध्यक्ष हरिप्रसाद डुम्रेले बताए।

प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८  ०६:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेको केन्द्रीय कमिटीको बैठक
पुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, आइतबार साँझदेखि यातायात सञ्चालनमा
तीन वटा संसदीय समितिको बैठक बस्दै
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
एमालेको केन्द्रीय कमिटीको बैठक सोमबार, असोज ५, २०८३
पुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, आइतबार साँझदेखि यातायात सञ्चालनमा सोमबार, असोज ५, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै सोमबार, असोज ५, २०८३
नक्कली ब्लुबुक बनाउने व्यक्ति ४ राउण्ड गोली लोड भएको पेस्तोलसहित पक्राउ सोमबार, असोज ५, २०८३
कास्कीमा एक महिनामै ५६ जना फरार प्रतिवादी पक्राउ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्