• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

सुनकोशीमा दुई ठूला आयोजना : थातथलो र संस्कृति नै मासिने माझी समुदायको चिन्ता

64x64
डुक्पा छिरिङ मोक्तान सोमबार, पुस १९, २०७८  ०९:०३
1140x725
तस्बिरहरु : संगम अधिकारी

काठमाडौं– रामेछाप र सिन्धुलीको सीमानामा राष्ट्रिय गौरवको सुनकोसी–मरिन डाइभर्सन र सुनकोसी–२ जलविद्युत आयोजना निर्माण हुँदैछन्। ती आयोजना भएको ठाउँ आदिवासी माझी समुदायको पुर्ख्यौली थातथलो पनि हो। यो समुदाय अहिले यिनै आयोजनाका कारण चिन्तित छ।

एकै ठाउँमा बन्न लागेका दुई आयोजनाका कारण आफ्नो थातथलो प्रभावित हुने र संस्कृति लोप हुनसक्ने माझी समुदायको चिन्ता छ। उनीहरूले पैतृक थातथलो र संस्कृति जोगाउन भन्दै आन्दोलनको घोषणा पनि गरेका छन्। माझीहरूको अस्तित्व समाप्त पार्ने भएकाले यी आयोजनाको विरोध गर्नु परेको सुनकोसी–२ जलविद्युत आयोजनाविरुद्धको संघर्ष समितिका संयोजक नवराज माझीले बताए।

सुनकोसी–२ जलविद्युत आयोजनाले रामेछापको मन्थली, कुनौरी, भटौली, मुइटारलगायत क्षेत्रमा बासोबास गर्दै आएको माझी समुदायको बस्ती नै विस्थापित हुने उनको भनाइ छ। ‘कोसी नदीसँग माझी समुदायकोे जन्मदेखि मृत्युसम्मको सम्बन्ध हुन्छ। त्यसैले माझीहरुको संस्कारलाई जोगाउन सरकारले यहाँ भइरहेको काम तत्काल रोक्नु पर्छ,’ उनले भने, ‘सुनकोसी–२ जलविद्युत आयोजनाले माझी समुदायलाई उठिबास लगाउने र संस्कृति सपाख बनाउने भएकोले हामी यसविरुद्ध उठेका हौँ।’

नदीमा माछा मार्नु र डुंगा चलाउनु माझी समुदायकाे मुख्य पेसा हो। यी आयोजनाका कारण आफूहरुकाे रोजीरोटी नै गुम्ने उनीहरुको चिन्ता छ। खेतीपाती पनि गर्ने यो समुदायले आफ्नो जग्गा जमिनसमेत गुम्दा जीविका चलाउन नसक्ने बताउँदै आएका छन्। त्यसैगरी, स्थानान्तरण गर्दा कोसीबाट टाढा जानुपर्ने कारण धार्मिक संस्कार र रीतिरिवाज प्रभावित हुने उनीहरु बताउँछन्।

सुनकोसी मरिन डाइभर्सनले भन्दा माझी समुदायलाई सुनकोसी–२ जलविद्युत आयोजनाले बढी क्षति पार्ने स्थानीय वृहस्पति माझीले बताए। यो आयोजनाका कारण पूरै माझी बस्तीले थातथलो छाड्नुपर्ने उनले बताए। ‘माझीहरुलाई अन्य ठाउँमा स्थानान्तरण गरे पनि कोसी नै चाहिन्छ। माझी र कोसीको सम्बन्ध भाषा, धर्म र संस्कृतिसँग जोडिएकाले कोशी छोडेर अन्य ठाउँमा जान उपयुक्त हुँदैन,’ उनले भने।

राज्यले विकास लिएर आउँदा पनि आफूहरू खुसी हुन नसकेको अर्की स्थानीय नानीमाया माझीले बताइन्। ‘यस्ता विकासले कस्ता मान्छे खुसी हुन्छन् र कस्ता हुँदैनन् राज्यले बुझ्नुपर्छ। हामी आदिवासीलाई उठिबास लगाएर कस्तो खालको विकास ल्याएको हो?’ उनले भनिन्। माझीहरु पुर्खादेखि नै कोसी आसपास संघर्ष गरेर बसेको जाति भएको उनको भनाइ छ।

राज्यले माझी जातिलाई हेर्ने दृष्टिकोण विभेदकारी भएको उनले बताइन्। ‘हामी विकास विरोधी होइन। हामीलाई पनि विकास चाहिन्छ,’ उनले भनिन्, ‘राज्यले आयोजना बनाउनुअघि स्थानीयको पनि कुरा बुझ्न आउनुपर्छ। हामीलाई अलपत्र पारेर कसलाई विकास देखाउन खोजेको?’ अर्की स्थानीय सुनित राई माझीले भने प्रभावित क्षेत्रका बासिन्दालाई समयमा नै मुआब्जा दिनुपर्ने र स्तरअनुसारको पनि पाउनुपर्ने बताइन्।

Ncell 2
Ncell 2
nimb
nimb

यसअघि सुनकोसी जलविद्युत् आयोजना–२ खारेजीको माग गर्दै यसअघि जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाल र विद्युत विकास विभागका महानिर्देशक सन्दिपकुमार देवलाई माझी समुदायले ज्ञापनपत्र बुझाएको थियो। सुनकोसी–२ जलविद्युत आयोजनाको जडित क्षमता ९५० मेगावाट छ। 

यसको बाँधस्थल सिन्धुली र रामेछापको सीमानामा पर्ने पुडुलेमा रहनेछ। बाँध जगबाट करिब १६० मिटर उचाइ ४५० मिटर लम्बाइको हुनेछ। यसबाट आयोजनाको जलाशय ५३ किलोमिटर लामो बन्छ। यसले सिन्धुलीको खुर्कोट र रामेछाप सदरमुकाम मन्थली पूर्णरुपमा डुबानमा पर्छ।

जलाशयको क्षेत्रफल हुनेछ। यो क्षेत्रमा घर, बस्ती र खोला बगर पर्छ। आयोजनाको विद्युत गृह च्याखुटारमा बन्नेछ र त्यहाँसम्म पानी पुर्‍याउन ११ सय मिटरको सुरुङ निर्माण हुनेछ।

डाइभर्सन आयोजनले अझै दिएन मुआब्जा
निर्माणाधीन सुनकोसी मरिन–डाइभर्सन आयोजनाबाट प्रभावित स्थानीयले अझै मुआब्जा पाएका छैनन्। सिन्धुलीतिरका स्थानीयलाई करिब ३० करोड रुपैयाँ मुआब्जा वितरण गरिसके पनि रामेछापतिरका बासिन्दाले नपाएका हुन्।

रामेछापका साबिक भालुवाजोर, खाँडादेवी, पकरबास, भिरपानीलगायत स्थानका बासिन्दाले मुआब्जा नपाएको गुनासो गरेका छन्। यसअघि जिल्ला प्रशासन कार्यालय रामेछापले कुल ३९२ घरपरिवारलाई मुआब्जा वितरणका लागि सार्वजनिक सूचना प्रकाशित गरे पनि वितरण गरेको छैन।

रामेछापका स्थानीय माझिहरुले मुआब्जा समयमा नै जग्गाको उच्च मूल्य हुने गरी दिनुपर्ने माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएका थिए। तर, आफूहरूको माग बेवास्ता गरिएको सुनकोसी–मरिन डाइभर्सन आयोजना संघर्ष समितिका प्रमुख लालबहादुर माझीले बताए।

सरकारले विकासको नाममा बर्षौं देखि बसोबास गर्दै आएको माझी र अन्य समुदायलाई विस्थापित गर्न नहुने पनि उनले बताए। करिब ९० प्रतिशत अति सीमान्तकृत माझी समुदाय भएको क्षेत्रमा सरकारलाई पटक–पटक ज्ञापनपत्र बुझाउँदा पनि माग सम्बोधन नभएको र मुआब्जा पनि नदिएको माझीले बताए। मुआब्जाको दररेट भने तोकिसकिएको उनको भनाइ छ।

परम्परादेखि भोगचलन गर्दै आएको, तर लालपुर्जा नभएको घरजग्गा, गोठ, जमिन र श्रोत साधनको पनि उचित मूल्य दिनुपर्ने स्थानीय माझी समुदायको माग छ। भोगचलन गर्दै आएको जग्गा, नदी खोला र बगरक्षेत्र, घाट सबै डुबानमा पर्ने भएकाले त्यसबाट माझी समुदायको कृषि, माछा मार्ने, डुंगा चलाउनेलगायत पेसा र धार्मिक, सांस्कृतिक र सामाजिक जीवनमा प्रतिकूल असर पर्ने स्थानीय बताउँछन्।

यो आयोजनाको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २० मा शिलान्यास गरेका थिए। शिलान्यास गरिएको १० महिना बितिसक्दा पनि मुआब्जा नपाएको स्थानीयको गुनासो छ। 

रामेछापतर्फ आयोजना प्रभावित ठाउँको वातावरण मूल्यांकनको काम भइरहेको र अब छिट्टै मुआब्जा वितरण गरिने आयोजनाका डिभिजनल इन्जिनियर अजयराज अधिकारीले बताए। प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मुआब्जा मूल्य निर्धारण समिति गठन गरेर त्यहाँ भएको रुख, बिरुवा, बाली, बाटो भएको वा नभएको जग्गा, कृषि उत्पादनजस्ता विषयको अध्ययन भइरहेको उनले बताए। उनले भने, ‘मूल्यांकन टुंगिएपछि रेट निर्धारण गर्ने हो। त्यसपछि मुआब्जा वितरण सुरु हुन्छ। रेट निर्धारण गरेर त्यहाँको चलनचल्तीको मूल्यमा मुआब्जा वितरण हुन्छ।’

साउनदेखि सुरुङ खनिने
सुनकोसी–मरिन भाइभर्सन आयोजनाको सुरुङ टनेल बोरिङ मेसिन (टीबीएम) प्रविधिबाट खनिने आयोजनाले जनाएको छ। यसअघि नेपालको पहिलो आयोजनाको रुपमा रहेको भेरी–बबई डाइभर्सन आयोजनमा पनि टीबीएम प्रविधिबाटै सुरुङ खनिएको थियो।

मुआब्जा वितरण सकिएलगत्तै आउदो साउनदेखि सुरङ खन्न थालिने इन्जिनियर अधिकारीले बताए। सुरुङ खन्नको लागि आवश्वयक पर्ने सामग्रीहरु व्यवस्थापन गरिरहेको उनको भनाइ छ। ‘मुआब्जाको काम सकिएको छैन। मुआब्जा वितरणपछि खरिद प्रक्रिया सुरु हुन्छ,’ उनले भने।

प्रकाशित मिति: सोमबार, पुस १९, २०७८  ०९:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डुक्पा छिरिङ मोक्तान
लेखकबाट थप
अपर तामाकोशी र एमसीसी परियोजनाले थातथलो छाड्नुपर्ने चिन्ता
हिमाल आरोहण दलको नेतृत्व गर्ने मायाको अबको रहर– गाउँपालिकाको नेतृत्व
एमसीसी परियोजनामा जग्गाप्राप्ति र वातावरणीय प्रभाव मूल्यांकनको काम सुरु, सडकमा नयाँ प्रविधि भित्रिँदै
सम्बन्धित सामग्री
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग भारत सरकारको सहयोगमा प्राप्त प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज शनिबार सडक डिभिजन कार्यालय हेटौंडालाई हस्तान्तरण गरिएको हो। भारतीय दूतावा... शनिबार, भदौ २७, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी खटाइएको छ। बिहीबार, भदौ २५, २०८३
भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सवा ७ खर्ब लाग्ने, ऊर्जामै ३ खर्ब ९० अर्ब राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्ष... बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) आइतबार, असोज ४, २०८३
एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन सचिवालयबाट स्वीकृत, अब केन्द्रीय कमिटीमा जाने आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपठक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
यूएन महासभामा सहभागी प्रधानमन्त्री शाह मंगलबार जाने, परराष्ट्रमन्त्री आजै न्यूयोर्क उडे, यस्तो छ कार्यतालिका आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपठक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्