• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

‘प्रचण्डले मैले नसक्ने भएँ भनेर नछाडिदिँदासम्म माओवादीमा नेतृत्व परिवर्तन हुँदैन’

64x64
नेपाल लाइभ शनिबार, पुस १०, २०७८  २०:०२
1140x725

तत्कालीन नेकपा माओवादी १० वर्षे ‘जनयुद्ध’ हुँदै शान्ति प्रक्रियामा आएको १५ वर्ष बितिसकेको छ। संसदीय अभ्यासमा लिप्त भइसकेको माओवादी पुनः क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माण गर्ने उद्घोष गरिरहेको छ।

त्यही क्रान्तिकारी विचार, क्रान्तिकारी पार्टी निर्माण गर्न भन्दै पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलनको आयोजना गरिएको छ। माओवादी केन्द्रका आरोह–अवरोहका विविध पक्षसँगै सांगठनिक सुदृढीकरण र वैचारिक रूपान्तरण हुन सक्छ वा सक्दैन भन्ने विषयमा राजनीतिक विश्लेषक कृष्ण पोखरेलसँग नेपाल लाइभका लागि वीरेन्द्र ओलीले गरेको कुराकानी :

माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनबाट क्रान्तिकारी विचारसहितको क्रान्तिकारी पार्टी बनाउने भनिरहेको छ। उसले भनेको जस्तो हुने सम्भावना देख्नुहुन्छ?
हाम्रो जस्तो विकासोन्मुख देशमा क्रान्तिकारी हुने भन्ने 'सेलेबल' विचार हो। माओवादी हिजो जनयुद्ध लडेर आएको पार्टी भयो। उसलाई के लाग्दैछ भने पहिलो संविधानसभा चुनावमा पहिलो पार्टी भइयो। अहिले तेस्रो दलमा सीमित भइयो। कहीँ न कहीँ क्रान्तिकारी विचार भुत्ते भएको, जनतामा आकर्षण नभएको, कार्यकर्तामा पनि विचलन आएको भन्ने कुरा सोचेर गर्न लागेको हुन सक्छ। 

संविधानका सबै प्रक्रियालाई मानेर पनि माओवादीले फेरि भन्छ- परम्परागत संसदीय व्यवस्थामा फर्किएका होइनौं। त्यो बारम्बार भनिरहेको देखिन्छ। अहिलेको संवैधानिक दायराभित्र बसेर सञ्चालन गर्ने पार्टीले जे नारा लगाएपनि त्यो नारामा मात्रै सीमित रहने देखिन्छ। अहिलेको परिस्थितिलाई उल्ट्याउने वा परिवर्तन गर्ने तहसम्मको क्रान्तिकारिता माओवादीको हो जस्तो लाग्दैन। क्रान्तिकारी भन्ने शब्द नेपाली राजनीतिमा सेलेबल टर्मोलोजी हो। कांग्रेसले पनि क्रान्ति गरेरै आयो। एमालेले झापा आन्दोलनबाट क्रान्ति नै गरेर आयौं भन्यो। माओवादीले पनि १० वर्षे जनयुद्धमा अझ ठूलो उथलपुथल ल्याएको हो। त्यसो हुँदा माओवादीमा ह्याङओभर छ। 

खास गरेर अन्य पार्टी जस्तै माओवादीमा अवसरको खोज, पदलोलुपता जस्ता प्रवृत्तिहरु विभिन्न तह र तप्काका नेताहरुमा देखिन्छन्। अवसरका लागि मरिहत्ते नगर भन्ने अर्थमा क्रान्तिकारी स्पिरिट राखेर जानुपर्छ भनेर भन्न खोजेको हो भने आफ्नो ठाउँमा छ। अहिलेको अवस्थामा क्रान्तिकारी भन्नु घरेलु खपत बाहेक अरु केही होइन।

तपाईंले भनेजस्तै प्रचण्डका पूर्वसहकर्मीहरुले माओवादी संसदीय अभ्यासमा लिप्त भइसक्यो भन्ने आरोप लगाइरहेका छन्। तर, माओवादीले भने विचारको विकास गर्दैछौं, समाजवादको लक्ष्यमा पुग्ने बाटो खोज्दैछौं भनिरहेको छ नि?
माओवादी एमाले–कांग्रेस भन्दा फरक होइन भने आफैं गरेर देखाउनु पर्‍यो। अहिलेको संवैधानिक दायराभित्र बसेर समाज रुपान्तरणका लागि अरु पार्टी भन्दा फरक तरिकाले माओवादी के भूमिका खेल्न सक्छ? त्यस विषयमा छलफल गरेर निष्कर्ष निकाल्न खोजेको हुन सक्छ। माओवादीहरुले अन्तरिम संविधानमा संसद् भन्न नमानेर व्यवस्थापिका संसद् भनेर राखे। व्यवस्थापिका संसद् भन्दा मान्छेलाई मानिस भने जस्तो लाग्छ। सारमा मान्छे र मानिस उस्तै हुन्। माओवादी पुरानो संसदमा पसेको होइन भन्न खोजेर यस्तो भनेका थिए। कांग्रेसलाई संसद् नभइ नहुने भयो। अहिले हामीले अपनाएको शासकीय स्वरुप एकखालको छ। परम्परागत संसदीय व्यवस्था जस्तो वास्तवमा छँदा पनि छैन। त्यस्तो नहुनुको पछाडि माओवादीकै अडानले काम गरेको हो। 

त्यसैले परम्परागत संसदीय जुन व्यवस्था छ, त्यो नभएर अलि परिमार्जित छ। यस्तो हुनुमा माओवादीको कहीँ न कहीँ योगदान छ। त्यसैले, माओवादीले त्यही संसदीय शासन होइन है भन्न खोजेको होला। संविधान जारी भए यतादेखि राजनीतिमा माओवादीको साथ नभएर कुनै सरकार चलेनन्। माओवादी जता गयो उतै सरकार बन्यो। संविधान जारी भएपछि केपी ओलीको सरकार पनि माओवादीकै कारण बन्यो। माओवादीसँग गरेको भद्र सहमति पालना नगरेकै कारण सरकार ढल्यो। फेरि कांग्रेस नेतृत्वको सरकार पनि माओवादीले साथ दिएकै कारण बन्यो।

ओलीको दोस्रो कार्यकाल माओवादीले साथ दिएकाले बन्यो। माओवादीले साथ छोड्यो, त्यो सरकार ढल्यो। अहिले शेरबहादुर देउवा सरकारमा माओवादीले साथ दिएकाले बनेको छ। राजनीतिमा माओवादी तेस्रो शक्ति भएपनि ‘किङ मेकर’को भूमिकामा आफ्नो हैसियत बचाएर राखेको छ। त्यो अगाडि बढ्न ‘किङ मेकर’ नभएर स्वयं ‘किङ’ बन्न धेरै गर्नुपर्ने छ। त्यसका लागि छरिएर रहेका माओवादीहरुलाई एक ठाउँमा ल्याउनका लागि त्यो पोस्चर अपनाएको हो कि जस्तो लाग्छ।

nimb
nimb
Ncell 2
Ncell 2

माओवादीले वडा, पालिका, प्रदेशमा कतै सर्वसम्मत कतै निर्वाचनबाट नेतृत्व चयन गरेको छ। यसले पनि माओवादी रुपान्तरण वा व्यवस्थित हुँदैछ भन्ने संकेत गरेको हो?
जुन मुलुकमा क्रान्ति गरेरै सरकार बन्यो नि, एउटा विन्दुमा आएर के रियलाइजेसन भएको हुन सक्छ भने पार्टीमा केन्द्रियता हाबी भयो भने त्यसले एक किसिमको ब्यूरोक्रेटिक जस्तो बनाउँछ। त्यसले कहीँ न कहीँ पार्टी नेतृत्वमा निरंकुशतन्त्रको विकास गर्छ भन्ने परेको हुन सक्छ। त्यसलाई रिफ्रेस गर्नका लागि लोकतान्त्रिक अभ्यास अपनाएको हुन सक्छ। उनीहरुको डेमोक्रेसीको सेन्ट्रलिजम (जनवादी केन्द्रियता) हो। त्यसलाई उचित सन्तुलन मिलाउन सक्यो भने त्यो संगठन अगाडि बढ्छ। केन्द्रियता बढ्ता भयो भने निरंकुशतातिर अघि बढ्छ। लोकतान्त्रिक अभ्यास बढ्ता भयो भने त्यसले भाँडभैलो र अराजकता ल्याउँछ भन्ने उनीहरुको मान्यता हो। त्यसलाई ब्रेक गर्न संगठनमा मिल्न सक्ने अवस्थामा मिलाएर जाँदा केन्द्रियताको अभ्यास भयो। त्यसमा निर्णय गर्दा जनवाद हुने भयो। 

महाधिवेशन भनेको नीति र नेतृत्वको छलफल गर्ने थलो हो। सबैभन्दा धेरै जनवादको अभ्यास गर्ने भनेकै महाधिवेशनमा हो।

माओवादी चाहिँ एमाले वा एकीकृत समाजवादीभन्दा फरक हुन सक्ने अवस्था छ?
माओवादीले भन्दै आएको २१औं शताब्दीको जनवाद, एमालेले भन्दै आएको जनताको बहुदलीय जनवादमा केही फरक छैन। हेर्दा त्यस्तो देख्छु। अहिले कम्युनिस्ट आन्दोलन ध्रुवीकरणको फेजमा गइरहेको देख्छु। संसदीय अभ्यास अंगाल्दै आएका कम्युनिस्ट पार्टीहरु वैचारिक रुपमा आङकाटाङ फरक छैनन्। आ–आफ्नो इतिहासले गर्दा फरक-फरक दल छन्। एमालेमा केपी ओली हुँदासम्म माओवादीको सहकार्यको सम्भानना देखिँदैन। एकीकृत समाजवादी र माओवादीबीच चुनावी तालमेल हुन सक्छ। नभए एकता हुने सम्भावना देखिँदैन। वैचारिक रुपमा तीन पार्टीमा फरक देखिँदैन। 

कांग्रेस, एमाले, राप्रपालगायत दलहरुमा नेतृत्व परिवर्तनका विषयमा बहस भयो। राप्रपामा अध्यक्ष नै परिवर्तन भए। एमाले–कांग्रेसमा नेतृत्व नै परिवर्तन नभएपनि युवाहरु महत्त्वपूर्ण जिम्मेवारीमा आए। तर, माओवादीमा त्यस्तो किन हुन नसकेको?
एमालेमा नेतृत्व परिवर्तनको विषय बन्यो र? एमालेमा भीम रावलले चुनौती दिए, त्यो आफ्नो ठाउँमा छ। एमालेमा नेतृत्व परिवर्तनको कुरा उठेन। भीम रावलले चुनौती दिएपनि त्यसको रेकर्ड राख्नका लागि मात्रै लडे। त्यो लडाईं समानतामा आधारित लडाईं थिएन। सर्वसम्मत लोकतन्त्रको उच्चतम अभ्यास भन्दै तलबाट ‘एसम्यान’हरुलाई छानेर आएकासँग रावल लड्ने भनेको दुस्साहस बाहेक केही थिएन। जे परिणाम आयो, त्यो भन्दा बेग्लै आउँछ भन्ने कसैले कल्पना समेत गरेको थिएन।

राप्रपाको नेतृत्व परिवर्तनको विषय मिडियाले धेरै उचाल्यो। राप्रपामा पूर्वराजाले हस्तक्षेप गरेर त्यस्तो भयो। राप्रपाको पुरै प्यानल कमल थापा आउने अनि कमल थापा मात्रै चुनाव हार्ने हुन्छ? त्यो संगठनभित्रकै डिमाण्डबाट परिवर्तन भएको हो जस्तो लाग्दैन। मिडियाले राप्रपामा युवा अध्यक्ष राजेन्द्र लिङदेन आए भनेर खुब खुराक बनायो। अन्तर्यमा अर्कै कुरा छ। 

कांग्रेसमा बरु सबैभन्दा धेरै उठ्यो। यो महाधिवेशनमा आधा पुस्तान्तरण भयो। अर्को महाधिवेशनमा पूरा पुस्तान्तरण हुन्छ कि जस्तो लाग्छ।

माओवादीलाई फरक कोणबाट हेर्नु पर्छ। माओवादी भनेको युद्धबाट आएको पार्टी हो। कांग्रेस–एमाले पनि संघर्ष गरेर आएका पार्टी त हुन् तर, माओवादीले जस्तो ठूलो क्रान्ति उनीहरुले गरेनन्। त्यसो हुँदा माओवादी एउटा कमाण्ड अर्गनाइजेसनबाट चलेको संगठन हो।

त्यतिबेला सैन्य कमाण्डको रुपबाट पार्टी चल्यो। माओवादी शान्ति प्रक्रयामा आउने राजनीतिक निर्णय थियो। उसको पार्टीमा कमाण्डर र कमिसारको संयोजनमा पार्टी चल्यो। कमाण्डर र कमाण्डोबाट हुँदै निर्वाचनबाट नेतृत्व चयन गर्ने अवस्थासम्म अहिले आइपुगेको छ। यो भनेको ठूलो रुपान्तरण हो। त्यसले गर्दा सैन्य संचरनामा चलेको पार्टीको ह्याङओभर तत्काल गइहाल्ने अवस्था छैन। 

नेतृत्वलाई चुनौती दिन सक्ने हैसियत भएकाहरु पलायन भएर गए। प्रचण्ड भन्दा अझ क्रान्तिकारी हुनुपर्छ भनेर वामपन्थी दुस्साहसतिर गए। यही सागरमा पौडी खेल्नुपर्छ भने किन बस्ने भनेर ओलीका पछाडि लागेर गए। प्रचण्डलाई चुनौती दिने राजनीतिक हैसियत र स्थान भएको नेताहरु नै छैनन्। यस्तो अवस्थामा कसरी नेतृत्व परिवर्तन हुन सक्छ? अब माओवादीमा कि प्रचण्डले मैले नसक्ने भएँ भनेर छोड्नु पर्‍यो। होइन भने माओवादीमा नेतृत्व परिवर्तन तत्काल हुने सम्भावना देखिँदैन।

प्रकाशित मिति: शनिबार, पुस १०, २०७८  २०:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ?
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश
सम्बन्धित सामग्री
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया उनले प्रतिस्पर्धात्मक विश्व बजारमा नेपाली युवाको क्षमता अभिवृद्धिका लागि प्राविधिक तथा व्यावसायिक सीपलाई विद्यालय तहदेखि नै प्राथमिक... बुधबार, साउन २७, २०८३
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ देशमा राजनीतिक परिवर्तनहरू आएपनि सीमान्तकृत समुदायका वास्तविक समस्याहरू अझै पनि सम्बोधन हुन नसकेको विज्ञ तथा अधिकारकर्मीहरु बताउँछन्... आइतबार, साउन २४, २०८३
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्