• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

शेखर बन्लान् त सभापति?

भुवन न्यौपाने आइतबार, मंसिर २६, २०७८  ०९:३६
1140x725

नेपाली कांग्रेसको जारी चौधौं महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु भएको छ। शनिबार उम्मेदवारहरुको मनोनयन भएको छ। सोमबार निर्वाचन हुनेछ।

अघिल्लो निर्वाचनमा पराजित भएपछि कांग्रेसमा दूरदर्शी र चलायमान नेतृत्वको खोजी भएको थियो। त्यसैले यस महाधिवेशनबाट आउने नेतृत्वले शाख ब्युँत्याउने अपेक्षा कार्यकर्ताको छ। राणा शासनको अन्त्यदेखि संविधानसभाबाट संविधान जारी गर्दासम्मका सबै प्रमुख परिवर्तनमा नेतृत्वदायी भूमिका खेलेको कांग्रेसबाट जनताले पनि विकास, सुशासन र समृद्धिको अपेक्षा राखेका छन्। 

तल्लो तहदेखि नै संस्थापन र इतर समूहबीच कडा प्रतिस्पर्धा भएकाले केन्द्रीय निर्वाचन पनि रोचक हुने अनुमान गर्न सकिन्छ। तेह्रौं महाधिवेशनदेखि नेतृत्व समालिरहेका सभापति देउवाले पाँचौं पटक प्रधानमन्त्रीका रुपमा देशको नेतृत्व गरिसकेका छन्। तर, आफ्ना दुवै भूमिकामा उनी खरो उत्रिन नसकेको अरोप लाग्दै आएको छ। त्यसैले कांग्रेसभित्र गुणात्मक परिवर्तनको अपेक्षा राख्नेहरुले उनको सम्मानजनक बिदाइको आवश्यकता व्यक्त गरेका छन्।

सभापति देउवा आफैंमा शक्तिशाली देखिन्छन्। तल्ला तहमा भएको अधिवेशनबाट त्यसको झल्को देख्न सकिन्छ। अर्कोतिर, उनी प्रधानमन्त्रीको कुर्सीमा पनि छ। त्यसको अनुकूलता पनि उनैलाई छ।

जे होस्, सभापतिका लागि देउवासँग प्रतिस्पर्धा गर्न केही नेता अघि सरेका छन्। तर मुख्य प्रतिस्पर्धा शेखर कोइरालासँगै हुने आकलन गर्न सकिन्छ। कांग्रेसलाई सुधार गर्न र यसप्रति कांग्रेस वृत्तभन्दा बाहिरको समुदायलाई पनि जोड्न कोइराला नै नेतृत्वमा आउनुपर्ने धेरैको चाहना देखिन्छ। के कोइराला कांग्रेस सभापति बन्लान्? के छन् उनका अनुकूलताहरु?

१. विधानको पालना र नेतृत्वको कार्यशैलीमा सुधार
महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीभित्र नीतिभन्दा पनि नेतृत्वको बहसले प्राथमिकता पाएको छ । कोइराला पनि स्वीकार गर्छन्, अन्य दलमा जस्तै कांग्रेसमा पनि गुट र उपगुटहरू छन्। यी समूह पार्टीको नीति, विधि र विचारभन्दा पनि नेतृत्वका विषयमा बढी केन्द्रित भएका देखिन्छन्। कोरोना महामारी पश्चात मुलुकले सामना गरेको स्वास्थ्य, मानवीय र आर्थिक संकट, राजनीतिक अस्थिरताले निम्त्याएको संवैधानिक संकट र वर्तमान संविधानको कार्यान्वयनसँगै जनअपेक्षालाई समयमै सम्बोधन गर्न पार्टीको नीति र नेतृत्व दुवै चलायमान हुनु पर्दछ भन्नेमा कोइरालाको मुख्य जोड रहेको छ। यसर्थ पनि कांग्रेसको भावी नेतृत्व सक्षम, प्रतिवद्ध र लोकप्रिय हुनु जरुरी छ।

भुवन न्यौपाने

कांग्रेसलाई समयानुकूल सुदृढीकरणमा मुख्य जोड दिँदै पार्टीका विधान र कार्यशैलीका बारेमा कोइरालाले पार्टीका आन्तरिक छलफल, सञ्चार माध्यममा प्रश्न उठाउँदै आएका छन्। विधि र विधानलाई शतप्रतिशत लागू गर्दै नेतृत्वदेखि आमकार्यकर्तासम्म सभ्य, सु–सस्कृत र सक्षम कार्यशैलीलाई अवलम्वनमा प्रतिबद्धता व्यक्त गर्दछन्। कानुनी राज्यको परिपालनाका लागि पार्टीको विधान र संविधानभन्दा बाहिर गएर गरिएका कुनै पनि कार्य वैध हुन सक्दैनन् भन्ने उनको दृढ संकल्प देखिन्छ। 

कोइरालाका अनुसार पार्टीलाई शुद्धीकरण र सुदृढीकरण गर्न केन्द्र, जिल्ला, र गाउँ तहसम्म विचार सिद्धान्त र एजेण्डामा आधारित वैचारिक जागरण अभियान सुरु गर्न जरुरी छ। पार्टीका तलदेखि केन्द्रसम्मका पदाधिकारीहरुलाई जिम्मेवार गराउन आमकार्यकर्ताको निरन्तर खवरदारी जरुरी रहेको कोइरालाले प्रष्ट पारेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

२. ७७ वटै जिल्लाका कार्यकर्ताबिच लोकप्रिय
नेपाली कांग्रेसको पोखरा महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएदेखि नै कोइराला पूर्व मेचिदेखि पश्चिम महाकाली र हिमाल, पहाड तराईसम्मका जिल्लाहरुमा कार्यकर्ताहरुमाझ सुख दुःखमा सक्रिय सहभागी रहेका तस्विरहरु प्रशस्तै देखिन्थे। उनी पछिल्लो समय चुनावमा पराजित कार्यकर्ताहरूको मनोबल बढाउन होस् या उनीहरुको सुख दुःखमा साथ दिन जिल्ला–जिल्ला पुगे । सरल र सहृदयी रुपमा प्रस्तुत हुने कोइरालालाई धेरै कांग्रेसीले भावी नेता र अभिभावकको रुपमा हेरिरहेका छन्।

तेह्रौं महाधिवेशनमा बीपी पुत्र डा शशांक कोइरालाले महामन्त्री बन्ने इच्छा राखेका कारण उनले त्याग गरे। उनलाई जिताउन पनि भूमिका खेले। त्यही त्यागका कारण परिवारभित्र इमान्दार सदस्यका रुपमा चिनिए। कोरोना महामारीको संकटपूर्ण समयमा होस या त मुलुकमा बाढी, पहिरो, आगलागी जस्ता मानवीय, भौतिक र वातावरणीय क्षतिका समयमा आम कार्यकर्ताका घरदैलोमै पुगेर उनीहरुका दुःख, गुनासा र समस्याहरुलाई सम्बोधन गर्न पार्टीका जिम्मेवार सदस्यहरुसँग पनि उनले पहल गरेका प्रशस्त उदाहरण छन्। 

कांग्रेसको चौधौं महाधिवेशबाट पार्टीको सभापतिमा सबैभन्दा उपयुक्त नेतृत्व को भन्ने विभिन्न सर्वेक्षण, सञ्चारमाध्यम, सामाजिक सञ्जाल, क्रियाशील कार्यकर्ता र आमवृतमा शेखरप्रतिको सहानुभूति गौरवपूर्ण छ। पार्टीका अन्तरक्रिया, छलफल कार्यक्रम र सभामा मुलुकका अधिकांश जिल्लामा पुगेर आमकार्यकर्ताबीच उनले लोकप्रिय छवि कायम गराएका छन्।

३. एक व्यक्ति एक पदमा प्रतिबद्धता 
कोइरालाले सभापतिको उम्मेदवावारी घोषणा गरेदेखि नै पार्टीमा एक व्यक्ति एक पदको सिद्धान्तप्रति प्रतिबद्ध रहने बताउँदै आएका छन्। उनले आफू एक कार्यकालका लागि मात्र सभापति हुने र  प्रधानमन्त्रीमा दाबी नगर्ने बताउँदै आएका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनको यो प्रतिबद्धताले पार्टीका सबै तहमा कृयाशील सदस्यहरुलाई जिम्मेवार गराउनका लागि महत्त्वपूर्ण भूमिका समेत खेल्ने देखिन्छ। पार्टी सभापति र प्रधानमन्त्री एउटै व्यक्ति हुदा नेपाली कांग्रेस र अरु पार्टीको इतिहासमा विग्रहका घटना भएको हाम्रो इतिहास साक्षी छ। नेतृत्वमा सन्तुलन र नियन्त्रण हुन नसक्दा निरंकुशता हाबी हुने प्रवृत्ति नेपाली राजनीतिका लागि नौलो होइन। त्यसैले गर्दा कोइरालाले सामूहिक नेतृत्वमा पार्टी चलाउने प्रतिबद्वता जनाएका छन्।

एक व्यक्ति एक पदको नीतिले पार्टी विधान अनुरुप नै सबै कार्यकर्ताहरुलाई कांग्रेसप्रति जिम्मेवार भएर कार्य गर्ने प्रेरणा दिने उनको विचार हो। विगतका विकृत परम्परालाई तोड्दै, समयानुकूल कांग्रेस नेतृत्वमा नयाँ प्रयोग गर्न शेखरले अदम्य साहस गरेका छन्। उनी अहिलेसम्म कुनै पनि उच्च तहको जिम्मेवार पदमा बसेर परीक्षण त भएका छैनन्। सरकार र पार्टीको नेतृत्व तहमा बसेर काम गरेको अनुभव उनमा छैन भन्ने आरोप लाग्ने गरेको छ। तर पनि उनको जस्तो सक्रियता र प्रतिबद्धता अन्य आकांक्षीमा देखिँदैन। पार्टी सभापतिका रुपमा कांग्रेसको साख बचाउने र पार्टीलाई पुनर्ताजकीकरण गराउने लक्ष्य राखेकाले नै उनले कहिल्यै कुनै पदसँग बार्गेनिङ गरेनन्। यस किसिमको स्पष्ट व्यवहार आम कार्यकर्ताहरुले रुचाएका पनि छन्।

४. नेतृत्वमा पुस्तान्तरण र पार्टीमा रुपान्तरण 
बीपी कोइरालाको विचार, गणेशमान सिंहको दृढता, किसुनजीको सादगी र त्याग, सुवर्ण शमशेरको त्याग र उदारता, गिरिजाप्रसाद कोइरालाको शाहस र सुशील कोइरालाको सरलताले जनतामा कांग्रेसको जग बलियो बनाएको हो, भन्ने वैचारिक दृष्टिकोण पनि कोइरालाले बारम्बार प्रस्तुत गरेका छन्। अग्रजहरुको सम्मान, समयानुकूल युवा पुस्तामा नेतृत्व, सबैको सहयोग र सक्रियताले मात्रले पार्टी बलियो हुन सक्ने उनको धारणा छ।

पार्टीमा युवा पुस्ताको आकर्षण ह्वातै बढेको छ। वडा, नगर, क्षेत्र र जिल्लालगायत अधिवेशनमा उल्लेख्य संख्यामा युवाहरु निर्वाचित भएको सन्दर्भमा पार्टीको पुस्तान्तरण पनि व्यापक रुपमा दबाब सृजना भएको छ। युवा उमेरले मात्र होइन युवा मानसिकताले काम गर्ने नेतृत्व कांग्रेसलाई अहिले चाहिएको छ। यसै महाधिवेशनबाट कांग्रेसमा पुस्तान्तरण सहितको रुपान्तरण हुने कुरामा उनी विश्वस्त देखिन्छन्।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्यका अनुसार कांग्रेसमा पछिल्लो युवा पुस्ताको चाहना पनि समयानुकूल पार्टी पुस्तान्तरण हुनुपर्दछ भन्ने छ। उनको सक्रियता र ऊर्जा देखेर नै होला कांग्रेसका युवा भविष्यका नेता शेखरसँग जोडिन पुगेका छन्। भावी सभापतिका रुपमा शेखरलाई समर्थन गर्दै पार्टीमा पुस्तान्तरण सहितको रुपान्तरणमा जोड पनि छ। शेखरले युवाहरुको जोश जागर, क्षमतालाई पार्टी रुपान्तरणमा उपयोग गर्न चाएका छन्।

५. कोइराला परिवारको सशक्त उत्तराधिकारी 
नेपाली कांग्रेसको स्थापना नै कोइराला परिवारका सदस्यहरुबाट भएका कारण यस पार्टीमा स्वाभाविक रुपमा नै कोइराला परिवारको योगदान, सहभागिता र आत्मियता थपिएको हो। 

नेपाललाई राणाहरुको निरंकुशताबाट मुक्त गर्नुपर्छ भन्ने शिक्षा बीपीले पिताजी कृष्णप्रसाद कोइरालाबाट पाए। भारतमा महात्मा गान्धीले स्वतन्त्रता संग्रामको नेतृत्व गरी रहँदा राणा सरकारले देश निकाला गरेका कृष्णप्रसाद कोइरालामा त्यसको गहिरो छाप परेको थियो। गान्धीबाट प्रभावित उनले आफ्ना सन्तानलाई राणा विरुद्ध लाग्न प्रेरणा दिइरहे। 

त्यसैको फलस्वरुप बीपीले नेपालमा राणा विरुद्ध लड्न नेपाली राष्ट्रिय कांग्रेस गठनको सपना देखे। जुन आजको नेपाली कांग्रेस स्थापनाको आधार थियो। 

राष्ट्रियता, लोकतन्त्र र समाजवादका प्रणेता बीपी, शान्ति प्रकृयाका निडर लिडर गिरिजाप्रसाद कोइराला साथै संविधानसभाबाट संविधान निर्माणको नेतृत्वकर्ता सुशील कोइरालासम्म आइपुग्दा देशको नेतृत्वमा कोइराला परिवारको महत्त्वपूर्ण भूमिका रहेको यथार्थ हो।

बीपीले गिरिजालाई र गिरिजाले शेखरलाई आफ्नो जिम्मेवारी सुम्पिएको संकेतहरु देखिन्छन्। माओवादीलाई शान्ति प्रकृयामा ल्याउने बेला गिरिजाबाबुले शेखरलाई महत्वपूर्ण जिम्मेवारी दिनुले पनि त्यसको संकेत गर्छ।

कांग्रेसभित्र नेतृत्वमा पुग्ने पुरानो परम्परालाई तोड्दै यतिखेर नयाँ ढंगबाट प्रस्तुत भएर सभापतिमा उठ्ने हैसियत बनाएका छन्। सभापतिमा शेखरको उम्मेदवारीले कोइराला परिवारको विरासतलाई तरंगित गर्ने शक्तिशाली कदमको रुपमा हेरिएको छ।

६. समन्वय, सहकार्य र नरम कार्यशैली 
शेखर पार्टीका हरेक गतिविधिहरु आपसी समन्वय र सहकार्यमा अघि बढाउनुपर्छ भन्ने पक्षमा उभिँदै आएका छन्। कोइरालाका अनुसार नेता र कार्यकर्ताबीच देखिएको अन्तर र बढेको दूरी घटाएर पार्टीभित्र कोही सानो र ठूलो भन्ने मान्यता हटाएर अघि बढ्न सक्न पर्छ भन्ने मान्यता छ।

आपसी भातृत्वको भावना विकास गरी तल जनतासम्म सुमधुर सम्बन्ध कायम गर्न सबै नेता कार्यकतामा नैतिकता, समानता र सरलतापूर्ण बोली व्यवहार हुन जरुरी छ। व्यक्तिवादी चरित्र र अनुशासनहीनताको अन्त्य हुन जरुरी छ।

चिकित्सा पेशामा हुँदा पनि उनको छवि सधै सरल र नरम रहेको नजिकबाट उनलाई चिन्नेहरु बताउछन्। कोइराला परिवारमा नोना कोइरालाका सन्तति भएर पनि राजनीतिक लाभका लागि पारिवारिक विरासतलाई उपयोग गर्न खोजेका छैनन्। बरु, नेतृत्वदायी भूमिका, सक्षमता र आम कार्यकर्ताको चाहाना अनुरुप नै सभापतिमा सशक्त भएर उभिएका छन्। 

७. न्याय, इमान र त्याग  
सभापतिका रुपमा आफूलाई उभ्याएपछि शेखरले देश विकासको खाका तयार पारेका पनि छन्। कांग्रेसका पुराना र निष्ठावान नेता तथा कार्यकर्ताहरुलाई समेत उनले आफूभित्र अटाएका छन्। युवा नेतृत्वलाई साथमा लिएर समावेशी र सबल कांग्रेस बनाउने अभियान थालेका छन्।  शेखरका अनुसार– देश विकासको महान अभियान कुनै अमुक पार्टीको घोषणापत्र र नीति तथा कार्यक्रमले मात्रै पूरा हुँदैन। जनताको प्रत्यक्ष सहभागिता बिना कुनै पनि विकास आयोजना पूरा हुँदैन। जनताका दुःखमा जुन नेताको मन रुँदैन, त्यस्ता दल र नेतालाई नेपाली जनताले सधै साथ दिइरहनु पर्छ भन्ने कुनै बाध्यता हुँदैन।

नेतृत्वमा रहने व्यक्तिहरुको एउटै मात्र सोच र चाहना हुनुपर्छ कि देशलाई कसरी छिटोभन्दा छिटो विकासको बाटोमा अगाडि बढाउने। हरेक नेपाली जनताको मुहारमा खुशी ल्याउने कार्यक्रम लागू गरेर कसरी देशबाट यथाशक्य चाँडो गरिबी र बेरोजगारी घटाउनु साथै समृद्ध मुलुक निमार्ण गर्ने भन्ने हो। शेखरका हरेक प्रतिवद्धता, आचरण र कार्यशैलीमा समतामूलक व्यवहार, इमान्दारीता देखिन्छन्। राष्ट्रिय हित, नेपाली जनता र पार्टीको उन्नतीका लागि आफूले जस्तोसुकै त्याग पनि गर्न तयार भएको घोषणा सार्वजनिक रुपमा नै उद्घोष समेत गरेका छन्। सभापतिको उम्मेदवारका रुपमा कुनै पनि लोभका कारण नभइ आमकार्यकर्ताहरुको चाहना, शुभेच्छा र अनुरोध अनुसार नै आफू अगाडि बढेको समेत बताउछन्।

८. स्पष्ट एजेण्डा सहितका कार्ययोजना
राष्ट्रिय राजनीतिका हरेक मुद्दाहरुमा कांग्रेस प्रष्ट हुन जरुरी छ। फरक पार्टीहरुसँगको सम्बन्ध, लोकतन्त्र संघीयता, धार्मिक स्वतन्त्रता, कम्युनिस्ट पार्टीसँगको सहकार्य, जातीय तथा सामाजिक विभेदका सवालहरु लगायतका विषयहरुमा नेपाली कांग्रेसको प्रस्ट विचार आउन जरुरी छ। संघीय लोकतान्त्रिक गणतन्त्र र त्यस प्रणालीको परिणाम तथा सुशासनको अनुभूति दिलाउन र देशको भौगोलिक विविधता, हिमाल, पहाड, तराई–मधेस, पश्चिमदेखि पूर्वका सबै जनताको भावनात्मक रुपमा जोड्ने कांग्रेस बनाउन उनको मुख्य जोड समेत छ। 

बीपी कोइरालाले दिएर गएको प्रजातान्त्रिक समाजवादको माटो सुहाउँदो व्याख्यासहितको विचार उन्नत गराउनु छ। यद्यपि, त्यसलाई अझ समुन्नत बनाउन भने हामीले अनवरत प्रयास जारी राख्नुपर्नेछ। कुनै पनि विचारको समयानुकूल परिमार्जन र व्याख्या गरिएन भने विस्तारै त्यसको सान्दर्भिकतामा प्रश्न उठ्छ। कांग्रेसलाई वैचारिक रूपमा तिखार्दै जाने, सांगठनिक रूपमा रहेका समस्या हल गर्दै चुस्तदुरूस्त संगठन निर्माण गर्ने र भावी पुस्ताले गर्व गर्न लायक कांग्रेस र देश बनाउने गरी काम गर्ने योजना रहेको उनका निकटस्थहरु बताउछन्।

शेखरका अनुसार– ‘हामीले पछिल्लो सन्दर्भमा हाम्रो विचारलाई अझ परिष्कृत गर्दै लैजानुपर्नेछ। प्रजातान्त्रिक समाजवादको व्याख्या गरी सामाजिक न्याय र समानताका लागि सुलभ सु–स्वास्थ्य र जीवन उपयोगी शिक्षाको राज्यले सम्पूर्ण जिम्मेवारी लिनुपर्छ र देशको आर्थिक विकास र उत्पादन बृद्धिको लागि उद्यमी र व्यवसायीहरुलाई उत्साहित र प्रोत्साहित बनाउनुपर्छ भन्ने विषयमा स्पष्ट छु।‘

नेपालमा देश र जनताका लागि कसैले केही गरेको छ भने त्यो नेपाली कांग्रेस नै हो। तर, आफूले गरेको कामको जस जनताको मतबाट आफैं लिन सकिरहेको छैन। आर्थिक रूपान्तरण होस् वा सामाजिक, सांस्कृतिक परिवर्तन कांग्रेसकै कारण सम्भव भएको इतिहास साक्षी छ। राणा, पञ्चायत र राजतन्त्र अन्त्य गर्न, पटक–पटक क्रान्तिको नेतृत्व गरेको सुनौलो विरासत छ। तर, समृद्ध भविष्यका लागि कांग्रेस आफैंले मार्गचित्र कोर्न जरूरी छ। यस्ता विषयमा शेखरका प्रस्ताव छलफलका लागि आफ्ना एजेण्डा सहितको प्रतिबद्धता र योजनासहितको घोषणा पत्र सार्वजनिक पनि गर्दैछन्।

नयाँ पुस्तालाई वर्तमान राजनीतिक प्रणाली र कांग्रेसप्रति आकर्षित गर्दै सक्रिय रूपमा सहभागी गराइ नेतृत्व विकास गर्न, राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, समावेशीता, मिश्रित निर्वाचन, धर्म निरपेक्षता, अहिंसा र शान्तिका मान्यतासहित बनेको संविधान र प्रणालीलाई जनताको हित एवं चाहनाअनुसार सफल कार्यान्वयन गर्न सबैको सहकार्य, समन्वय र सहमति अपरिहार्यता पनि छ।

जनतामा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको परिणाम तथा सुशासनको अनुभूति दिलाउन, जातीय, सांस्कृतिक र धार्मिक विविधतायुक्त समाजभित्रका महिला, दलित, आदिवासी–जनजाति, मधेशी, मुस्लिम, थारू, खस–आर्य, अल्पसंख्यक, अपांगता लगायत पिछडिएका क्षेत्र सबैलाई सम्मानका साथ नेपाली कांग्रेसमा सक्रिय गराउन र समुदायका बीच सद्भाव कायम गर्नका लागि पनि उनले भावी सभापतिको उम्मेदवारका रुपमा आफुलाई उभ्याएका छन्।

९. दलको मात्र होइन, देशका नेता 
शेखर कोइराला कांग्रेसमा मात्र होइन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दलका नेताहरुसँग पनि समन्वय र सहकार्य गर्न सक्ने क्षमता राख्दछन्। नेपाली जनताको आकाक्षांलाई पूरा गर्नका साथै रुपान्तरित राष्ट्रिय संरचनाहरुलाई संस्थागत गर्दै वर्तमान संविधानलाई कार्यन्वयनका लागि राष्ट्रिय दल लगायतका क्षेत्रीय दल तथा वैकल्पिक राजनीतिक दलसँग पनि स्पष्ट रुपमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने साझा र सक्षम नेताका रुपमा देखिन्छन्। नागरिक समाज, सञ्चार क्षेत्र, व्यवसायी, कर्मचारी लगायत कुटनीतिक क्षेत्रका विज्ञहरु पनि उनले कांग्रेसको नेतृत्व गरेको हेर्न चाएको बताउँछन्।

विगतका राजनीतिक उतार चढावका क्रममा समेत उनले देखाएको अन्तरपार्टी सहमतिको सक्रियताका बारेमा अन्य दलका नेताहरुले पनि प्रशंसा गरिरहेका हुन्छन्। सधैँ पर्दा अगाडि र नेतृत्वदायी भूमीकामा मात्र नभई ‘हिडन’ रुपमा समेत गरेका पहलकदमीहरुले राजनीतिलाई लयवद्ध रुपमा लैजान सहयोगसिद्ध गरेको छ। यसर्थ, अहिले नेपाली कांग्रेसका आम कार्यकर्ताहरु सहित अन्य पार्टीका कार्यकर्ता लगायत आम जनताले शेखर कोइरालालाई भावी सभापतिका रुपमा देख्न चाहन्छन्।
 

प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८  ०९:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न
सङ्गठित अपराधका मुद्दामा मिलापत्र!
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्