काठमाडौं– नेपाली महिला राष्ट्रिय टिमकी स्टार फरवार्ड सावित्रा भण्डारी साम्बा फ्रान्स प्रस्थान गरेकी छिन् ।
साफ महिला च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाल आएकी साम्बा बिहीबार बिहान फ्रान्सको पेरिस प्रस्थान गरेकी हुन्। बुधबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको साफ फाइनलमा बंगलादेशसँग २-१ गोलअन्तरले पराजित हुँदै नेपाल उपविजेतामा सीमित भएको थियो ।
साफ च्याम्पियनसिपमा साम्बाले समूह चरणमा श्रीलंका र सेमिफाइनलमा भारतविरुद्ध १-१ गोल गरेकी थिइन् । फ्रेन्च महिला लिग खेलिरहेकी फरवार्ड सावित्रा भण्डारी साम्बाविनै भुटानविरुद्ध मैदान उत्रिएको नेपाल फिनिसिङमा चुक्दा जित निकाल्न असफल भएको थियो ।
साम्बा साफ च्याम्पियनसिपमा सहभागिता जनाउन ४ कात्तिकको राति नेपाल आइपुगेकी थिइन् । साम्बा फ्रेन्च क्लब अन आभान्ट ग्वेङगाम्पबाट व्यवसायिक फुटबल खेलिरहेकी छिन् । अन्तर्राष्ट्रिय ब्रेकका समयमा साम्बा साफ च्याम्पियनसिपमा देशको प्रतिनिधित्व गर्न स्वेदश आएकी थिइन् । साम्बाले नेपालका लागि ४८ खेलमा सर्वाधिक ५५ गोल गरेकी छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।