• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

एमालेमा कोही प्राधिकार छैन : भीम रावल (भिडियो अन्तर्वार्ता)

64x64
नेपाल लाइभ बिहीबार, मंसिर ९, २०७८  २१:१२
1140x725

शुक्रबारदेखि चितवनमा सुरु हुने नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन मुलतः पार्टीको नेतृत्व र केन्द्रीय कमिटी चयनमा केन्द्रित हुँदै छ। यसपालि विभाजनबाट गुज्रिएको एमालेमा एकताको सन्देश दिन सर्वसम्मत नेतृत्व चयनमा जोडबल गरिए पनि अब अध्यक्षसहित धेरै पदमा र केन्द्रीय कमिटीमा पनि चुनावी प्रतिस्पर्धा हुने निश्चित भएको छ। प्रतिस्पर्धाको ढोका खोल्ने सुरुआत एमाले उपाध्यक्ष भीम रावलले गरेका थिए। गृहजिल्ला अछाम पुगेका बेला अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका रावलले केही दिनपछि काठमाडौंमा पत्रकार सम्मेलन गरेरै आफ्नो उम्मेदवारी घोषणा गरे। एमालेको दशौं महाधिवेशन र नेतृत्व चयनमा केन्द्रित रहेर रावलसँग नेपाल लाइभका लागि डिबी खड्काले गरेको कुराकानीको सारसंक्षेपः

नेकपा एमालेले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने तयारी गर्दैगर्दा तपाईंले अध्यक्षमा उम्मेदवारी दिएर त्यसलाई खण्डित गर्नुभयो भनिन्छ नि?
संस्थागत रुपमा सर्वसम्मत नेतृत्व चयन गर्ने विषयमा नेकपा एमालेमा छलफल भएको पनि गिएन। त्यस्तो कुनै निर्णय गरिएको पनि छैन। कतिपय साथीहरुको विचार वा चाहना थियो होला। हामीले जनताको बहुदलीय जनवादलाई पार्टीको मार्गदर्शक सिद्धान्तका रुपमा अनुसरण गरेका छौं। माक्र्सवाद र लेनिनबाद अंगालेका छौं। यी सबै सिद्धान्तले प्रतिस्पर्धालाई प्रोत्साहन गर्छन्। त्यसकारण यो सर्वसम्मत नेतृत्व चयन गर्ने कुरा कसैको मनमा थियो होला, त्यो औपचारिक छलफलमा आएको थिएन, छैन। 

अध्यक्ष केपी शर्मा ओलीलाई एमाले पंक्तिमा निर्विकल्प अध्यक्षका रुपमा ‘पोजिसनिङ’ गरिएको छ। कतिपयले ‘एमालेको आवश्यकता’, राजनीतिको ‘एउटा ध्रुवकै नेता’ आदिका रुपमा चित्रित गरिरहेका छन्। यस्तो माहोलमा उहाँविरुद्ध उम्मेदवारी घोषणा गर्ने आँट कसरी जुटाउनुभयो?
यस्तो कुरा सुन्दा म आश्चर्यमा पर्छु। म यो पार्टीको उपाध्यक्ष हुँ। पार्टीमा झन्डै ५० वर्ष काम गरिसकेँ। पार्टीका अनेकौं जिम्मेवारी पूरा गरेर यहाँ आइपुगेको छु। स्वतः अध्यक्षको उम्मेदवार हुनुपर्ने व्यक्ति हुँ म। मैले कुनै भयंकर अप्ठ्यारो कुरा छिचोलेर यो आँट गरेजस्तो लाग्दैन। यो स्वाभाविक रुपमा आएको छ। सैद्धान्तिक र संगठनात्मक दृष्टिकोणबाट हच्किनुपर्ने कारण नै छैन। जहाँसम्म हाम्रो पार्टी अध्यक्षलाई विभिन्न विशेषण लगाएर पुकार्ने कुरा छ, त्यो कुनै व्यक्ति विशेषले गरेको सम्बोधन होला। त्यसको कुनै अर्थ छैन। कसैका व्यक्तिगत मान्यताका विषयमा म कुनै चर्चा गर्न पनि चाहनन्।

अहिलेको एमाले ओली प्राधिकार एमाले जस्तो देखिन्छ। अध्यक्ष ओलीसँग फरक मत राख्ने एउटा पंक्ति पार्टीबाटै टाढा पुगिसक्यो। अर्को समूह ओलीमै विलयोन्मुख छ। यस्तो अवस्थामा तपाईंले ओलीविरुद्ध उम्मेदवारी दिएर कसरी जित्नुहोला?
नेकपा एमाले कसैलाई प्राधिकार मान्ने पार्टी होइन। हाम्रो नीतिले, हाम्रो विधिले सामूहिक नेतृत्व, व्यक्तिगत जिम्मेवारी भनेको छ। सबै नेता र कार्यकर्ताले पार्टीको विधि विधान मान्नुपर्छ, म पनि त्यसमा विश्वास गर्छु। त्यसकारण त्यो प्राधिकारको कुरा, त्यसबारे चर्चा गर्ने व्यक्तिहरुको मात्र कुरा हो।  

मैले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको छु। मेरो जित्ने आधार भनेको यो पार्टीमा ५० वर्षसम्म बगाएको पसिना हो। विभिन्न मोर्चामा आफूलाई प्रमाणित गरेको विगत हो। र, गएको महाधिवेशनमा सर्वाधिक मत दिएर कार्यकर्ताले ममाथि गरेको विश्वास हो। 

मैले यो देशको, जनताको र पार्टी हितको लागि आफूलाई समर्पित गरेँ। विधि, विधान र प्रणालीका लागि जहिले पनि लडेँ। कार्यकर्ता र जनताले संसदीय मोर्चा र पार्टीको मोर्चामा पनि मलाई निर्वाचित गरेका छन्। म यहाँसम्म पार्टीमा निर्वाचित भएर आएको हो। 

मैले जुन १२ वटा उद्देश्य र लक्ष्य अनि १५ वटा मान्यता सार्वजनिक गरेको छु, नेकपा एमालेको नेतृत्व प्राप्त गर्दा कसरी अगाडि लैजान्छु र विदेशी हस्तक्षेप तथा तानाबानाबाट देशलाई मुक्त गर्छु भनेर स्पष्ट उल्लेख गरेको छु, त्यसमै धेरै कुरा छन्। साँचो अर्थमा नेपाललाई स्वाधीन बनाउने, नेपालको परराष्ट्र नीतिलाई अघि बढाउँने, असमान सन्धि–सम्झौताहरुको पुनरावलोकन गर्ने र अरु कुनै असमान सन्धि–सम्झौताहरु हुन नदिने लक्ष्य लिएको छु।

nimb
nimb
Ncell 2
Ncell 2

नेपालको संविधानमा गरिएको उद्घोष कार्यान्वयन गर्ने भनेको छु। कतिपय विषयमा नेताहरु बोल्न हिच्किचाउँछन्। जस्तो कि अहिले न्यायपालिकाका कुरामा नेताहरु हिच्किचाइरहेका छन्। नेतृत्व त्यसरी चुप लाग्न मिल्दैन। व्यवस्थापिका अनिर्णयको बन्दी बनेको छ र कार्यपालिका अस्थिर छ। यस्तो खालको

अकर्मण्यताबाट, दुविधाग्रस्त अवस्था समाप्त पारेर नेकपा एमालेलाई स्पष्ट नेतृत्व दिने, अन्य राष्ट्रिय दलहरुसँग मिलेर अन्य देशजस्तै यसलाई पनि सार्वभौम सम्पन्न बनाएर अघि बढाउने मेरो जितका वैचारिक आधार हुन्। 

एमालेको विगत हेर्दा विभिन्न विचार समूहबीच प्रतिष्पर्धा भएको छ। यसपल्ट त्यो अवस्था त रहेन। तर, एमाले अन्तरसंघर्षमा बनेको ‘दश नेता’को समूहका सदस्यले अध्यक्षमा तपाईंलाई सघाउलान्? 
हाम्रो पार्टीले समूहगत रुपमा उम्मेदवारी नदिने निर्णय गर्‍यो। मैले एकल रुपमा अध्यक्षको उम्मेदवारी घोषणा गरेँ। मैले यस्तो घोषणा गर्दा अरुले किन समर्थन गरेनन् भनेर विभिन्न ठाउँमा चर्चा भएको पाएँ। पार्टीले नै समूहगत उम्मेदवारी नदिने भनेपछि म एक्लै उभिएको हुँ। हामीले गरेको १० बुँदे सहमतिका पक्षमा त उहाँहरु छँदै हुनुहुन्छ। त्यो दृष्टिकोणबाट हामी एकै ठाउँमा छौं।

उम्मेदवारी त उहाँहरुले पनि आ–आफ्नो ढंगले दिनुहुन्छ होला। पार्टीलाई कसरी अगाडि बढाउँने भन्ने कुरा १० बुँदेमा हामीले स्पष्ट उल्लेख गरेका छौं। त्यसैले हामी अहिले पनि एकै ठाउँमा छौं। मलाई लाग्छ, एमालेका अधिकांश नेता र कार्यकर्ता यही पक्षमा हुनुहुन्छ। 

नेकपा एमाले यतिबेला एक्लिएको छ। गठबन्धन बनाएर यसमाथि आक्रमण भइरहेकाले सर्वसम्मत नेतृत्व छानेर एकताको महाधिवेशन बनाउने भन्ने कुरामा एमालेका धेरै नेताहरु एकमत देखिन्छन्। यो कुरामा पनि तपाईंको विमति हो?
दशौं राष्ट्रिय महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ। त्यसका लागि राम्रो गर्नुपर्छ, समझदारी गर्नुपर्छ भन्ने कुराको त म विरोधी होइन नि। हाम्रो पार्टीको सैद्धान्तिक मान्यता र संगठनात्मक प्रणाली अनुसार यसका नेता र कार्यकर्ताले प्रतिस्पर्धा गर्दा यो कसरी अनेकताको महाधिवेशन हुन्छ? त्यस्तो अर्थ लगाउन मिल्दैन। 

बुझ्नुपर्ने के हो भने कि त हामीले प्रतिस्पर्धाको राजनीतिलाई परित्याग गर्नुपर्‍यो। टिका लगाउने राजनीतिमा जानुपर्‍यो। अनि माक्र्सवादको द्वन्द्वबादलाई पनि छाड्नुपर्‍यो। आँखामा पट्टी बाँध्ने, एउटाले जे भन्यो, त्यसैमा टाउको हल्लाउने विधितर्फ जानुपर्‍यो। त्यस्तो त कम्युनिष्ट पार्टी नै हुन सक्दैन। हाम्रो एमालेमा झन् हुँदैन। 

अहिलेसम्म त एमालेको अध्यक्षमा दाबी गर्ने घोषणा म एक्लैले गरेको छु। अरु कोही उठेमा त्यसलाई अन्यथा बुझिँदैन, बुझ्नु हुँदैन। हाम्रो पार्टीको सिद्धान्त र मान्यतालाई होच्याएर फलानोले किन उम्मेदवारी दियो? भनेको पनि मैले सुनेको छु। मलाई आश्चर्य लागेको छ– तिनले माक्र्सवाद बुझेका छैनन् कि? उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने दलको नीति भएपछि त्यो दलको सदस्यले उम्मेदवारी दिँदैन भन्ने पनि हुन्छ र? प्रतिस्पर्धाको बिरोध गर्नु बिडम्बना हो।

अरु कोही तीनजना थप अध्यक्षमा आए भने पनि म त आश्चर्य मान्दिनँ। किनकि हामीले समातेको प्रणाली नै यही हो। कुनै पनि व्यक्तिले निर्धक्क रुपमा चुनावमा प्रतिस्पर्धा गर्ने, स्वतन्त्र र निष्पक्ष निर्वाचन हुने र स्वतन्त्र रुपमा उम्मेदवार रोज्न पाउने वातावरण बन्दा नै पार्टीको एकता कायम रहन्छ। उम्मेदवारी दिँदैमा एकता खल्बलिने हो भने १०औं महाधिवेशनलाई नेतृत्व चयनको महाधिवेशन भन्न हुँदैनथ्यो। विगत हेर्दा जहाँ प्रतिस्पर्धा गर्ने वातावरण बन्यो, त्यहाँ कुनै समस्या आएन। जहाँ विधि मिचियो, स्वेच्छाचारिताले प्रश्रय पायो, त्यहाँ समस्या आयो। 
रावलसँगको विस्तृत अन्तर्वार्ता तलको भिडियोमाः


 

प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८  २१:१२
  • #एमाले_दशौं_राष्ट्रिय_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ?
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्