काठमाडौं– काठमाडौं महानगरपालिकाका पहिलो मेयर पीएल सिंहको निधन भएको छ।
पूर्वजनसंख्यामन्त्री समेत रहेका सिंहको सोमबार निधन भएको पारिवारि स्रोतले जनाएको छ।
२०४९ सालको स्थानीय तह निर्वाचन जितेर सिंह तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए ।
८५ वर्षीय सिंह लामो समयदेखि अस्वस्थ थिए । गत वर्ष उनको पेटको शल्यक्रिया गरिएको थियो ।
उनी गणेशमान सिंहका धर्मपुत्र हुन् ,उनले लौहपुरुष गणेशमान सिंहका प्रमुख सहयोगी भएर पनि काम गरेका थिए । तर कांग्रेसको राजनीतिबाट वितृष्णा जागेपछि उनी निष्कृय भएर बसेका थिए ।
उनी पछिल्लो समय गणेशमान सिंहका छोरा एवम् वर्तमान उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको निवासमा बस्दै आएका थिए । उनको निधन पनि प्रकाशमान निवासमै भएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।