काठमाडौं– बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ४ अंकले बढेको छ।
मंगलबार ३२.३१ अंक बढेर २७३३.१२ विन्दुमा बन्द भएको नेप्से आज सो सेसनमा ३.९७ अंक बढेर २७३७.०९ विन्दुमा पुगेको छ।
सो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि १.१० अंक बढेको छ। बुधबार प्रि ओपन सेसनमा कारोबारमा आएका १३ मध्ये ९ कम्पनीको सेयरमूल्य बढेको छ भने २ कम्पनीको सेयरमूल्य घटेको छ।
आजको सो सेसनमा २ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ। आजको उक्त सेसनमा ४ लाख ८२ हजार ७३६ रुपैयाँ ५० पैसा बराबरको ६९५ कित्तामात्र सेयर खरिदबिक्री भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।