काठमाडौं- नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आयोजना हुने सौराहास्थित होटल सेभेन स्टार परिसरको भित्तामा विभिन्न चित्रहरु कोरिने भएको छ।
होटल परिसमा चित्रकला प्रस्तुतिमा ५७ जना आर्टिष्ट किशोर किशोरी सहभागी भएका छन्। श्रृजनशील ललितकला संघले कलाकार व्यवस्था गरेको छ।
एमाले महाधिवेशन मूल आयोजक कमिटीको आयोजनामा हुने उक्त चित्रकला प्रतिस्पर्धामा सहभागीले 'समृद्ध नेपाल, सुखी नेपाली' थिममा विभिन्न चित्रहरु कोर्ने छन्।
सहभागीमध्येबाट प्रथम, द्वितीय र तृतीय एवं शान्तवना पुरस्कारको व्यवस्था गरिएको एमालेले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।