काठमाडौं- तनहुँ निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका सभापतिमा चूडामणि खनाल विजयी भएका छन्।
सभापतिमा विजयी खनाल संस्थापन इतरपक्षका हुन्। त्यस्तै सचिवद्वयमा जीवन चन्द ठकुरी र सन्तोष घिमिरे निर्वाचित भएका छन्। सहसचिवद्वयमा चित्रबहादुर राना र यामबहादुर थापा सारू विजयी भएका छन्।
तनहुँकै क्षेत्र नम्बर १ को सभापतिमा श्याम मौरती विजयी भएका छन्। मौरतीले संस्थापनपक्षका विश्व बाँस्तोलालाई हराएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।