काठमाडौं- नेपाल बार एसोसिएसनका अध्यक्षसहित तीन पदाधिकारीविरुद्ध गाली बेइज्जती मुद्दा दायर भएको छ।
बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ, महासचिव लिलामणी पौडेल र उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईविरुद्ध बब्लु गुप्ताले गाली बेइज्जती मुद्दा निवेदन दर्ता गराएका हुन्।
लकडाउनको समयमा हण्ड्रेड ग्रुपको नाममा चर्चित रहेको समूहका अध्यक्ष रहेका गुप्ता पछिल्लो समय प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पक्षमा सडक प्रदर्शन गर्दै आएको छन्।
द हण्ड्रेड ग्रुपले नेपाल बार एसोसिएसनका तीन पदाधिकारीविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दायर गरेको जिल्ला अदालतका एक कर्मचारीले बताए। गत शुक्रबार ०७८-सी४–१००७ नम्बरमा उक्त गाली बेइज्जती मुद्दा दर्ता भएको ती कर्मचारीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।