काठमाडौं- होटल ह्यात प्लेसले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। यसका लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
गत कात्तिक १५ गतेबाट काठमाडौंको सोल्टीमोडमा सञ्चालनमा आएको होटलले मंगलबार आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकका लागि सम्झौता गरेको हो। ह्यात प्लेस सञ्चालन गरिरहेको सिटी होटल लिमिटेडले जारी पुँजीको १० प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो।
यो होटल अमेरिकी होटल ब्राण्ड ह्यातको चेनको रुपमा सञ्चालनमा आएको हो। होटलमा १५३ वटा कोठाहरु रहेका छन्। गोल्यान समूहले यो होटलको निर्माण सुरु गरेको थियो। यसमा अहिले अर्का उद्योगी कमलेश अग्रवाल लगायतका लगानीकर्ताहरु जोडिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।