विकास गिरी, अधिवक्ता
काठमाडौं– अधिवक्ता विकास गिरीले आफू सर्वोच्च अदालतमा दायर गरिएको रिट निवेदनको वास्तविक निवेदक भएको जिकिर गर्दै ‘डमी निवेदक’ नभएको दाबी गरेका छन्।
मंसिर ३ गते नेपाल लाइभमा प्रकाशित ‘सर्वोच्चमा अर्को डरलाग्दो ‘सेटिङ’, यसरी तयार पारिन्छन् ‘डमी’ रिट निवेदक’ शीर्षकको रिपोर्टप्रति ध्यानाकर्षण भएको भन्दै उनले यस्तो दाबी गरेका हुन्।
नेपाल लाइभले सर्वोच्चमा दायर हुने सार्वजनिक सरोकारका रिटमध्ये कतिपय रिट निहित स्वार्थका लागि दायर गरिने र त्यसका लागि डमी निवेदकहरु अगाडि सार्ने गरिएको तथ्य उजागर गरेको थियो। रिपोर्टमा तत्कालीन वरिष्ठतम न्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सहज पार्ने काम गिरीको रिटले गरेको उल्लेख थियो।
आफ्नो ध्यानाकर्षण पत्रमा गिरीले दाबी गरेका छन्, ‘बिनाआधार र प्रमाण ‘डमी’ रिट निवेदकका रुपमा चित्रित गरिनु भनेको मेरो पेसा, योग्यता र क्षमतामाथि उठाइएको प्रश्न हो, त्यसैले यसप्रति पनि दुःख प्रकट गर्दै मेरा हकमा उक्त शीर्षक अमिल्दो भएको ब्यहोरा अवगत गराउन चाहन्छु।’
पढ्नुहोस् रिपोर्ट :
सर्वोच्चमा अर्को डरलाग्दो ‘सेटिङ’, यसरी तयार पारिन्छन् ‘डमी’ रिट निवेदक
अधिवक्ता गिरीको ध्यानाकर्षण–पत्र :

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।